Sunday, August 26, 2018

२०७५ भदौ अङ्क, शिक्षकका निम्ति विशेष उपयोगी कृति, समीक्षक: कृष्ण खनाल


शिक्षकका निम्ति विशेष उपयोगी कृति


पुस्तकहे कृष्ण !                                                                                                लेखकभूचन्द्र बैद्य
प्रकाशकएडुकेशनल पब्लिशिङ्ग हाउस, काठमाडौं, २०७४
पृष्ठ६२२+            मूल्यरु. ५९५÷–

समीक्षककृष्ण खनाल
सामान्यतः सांसारिक जीवन भोगमा रहेका मानिसमा आध्यात्मिक कृति पढ्ने चलन पाइन्न धेरैले यसलाईपोस्टरिटायरमेन्टबसिबियाँलोका रूपमा लिने गरेका छन् तर सांसारिक जीवन भोग कर्मकै क्रममा यस्तो अध्ययन चिन्तन अझ् बढी उपयोगी हुन्छ भगवद्गीता यस्तो एउटा विषय हो, जसको अध्ययनमनन कुनै उमेर पेशा वा व्यवसायसँग सीमित छैन शिक्षक राजनीति गर्नेका लागि यो अझ महत्वको यस्ता कृतिको अध्ययनले मानिसमा अनावश्यक लोभलालच, द्वेष, हिंसाबाट मुक्त रहँदै सबै अवस्थामा समभाव राख्ने स्वभाव चिन्तनको विकास गर्छ यस सम्बन्धमा प्राध्यापक भूचन्द्र बैद्यका कृतिहरू अध्ययनीय मननीय छन्

अर्थशास्त्रमा विद्यावारिधि गरेका भूचन्द्र बैद्य तीन दशकभन्दा लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक थिए आफ्नो विषयमा उनले राष्ट्रिय÷अन्तर्राष्ट्रिय ख्याति पनि पाएका छन् प्राध्यापनका अतिरिक्त उनी योजना, विकास, शिक्षा नीति लगायतका विषयमा अन्तर्राष्ट्रिय विज्ञका रूपमा चिनिन्छन् व्यावसायिक व्यस्तता भौतिक सुविधासम्पन्नताको एउटा उँचाइपूर्ण जीवन थियो उनको तर एक दशक यता उनले एउटा छुट्टै पहिचान बनाएका छन्अध्यात्म शोध, साधना निष्काम कर्म एवं सादगी जीवनको घरमै छन् तर वानप्रस्थी जस्तो लाग्छ उनको जीवन

भूचन्द्रको पछिल्लो पुस्तकहे कृष्ण !’ मा केन्द्रित भएर मैले यहाँ केही चर्चा गर्न खोज्दैछु यसअघि उनका गीताका बारेमा अनुवादसहित व्याख्या विश्लेषणात्मक पुस्तकहरू प्रकाशित भइसकेका छन् २०६७ सालमाभगवान् भन्नुहुन्छ... श्रीभगवद्गीता’, २०६९ मा अंग्रेजी भाषामाएसेन्स अफ गीता’, २०७१ मा संस्कृतको मूलपाठ सहित नेपाली अंग्रेजीमा अनुवाद व्याख्यात्मक टिप्पणी भएकोभगवद्गीता सङ्ग सुप्रिमप्रकाशित भएका छन् खास गरेर प्राज्ञिक पृष्ठभूमिका जिज्ञासु पाठकबीच यी पुस्तकले विशेष चर्चा पाएका छन् यसरी एउटा अलि बेग्लै तर महत्वपूर्ण पाठक वर्गमा गीता अध्यात्मको सन्देश पु¥याउन सफल भएका छन् भूचन्द्रका यी पुस्तक एसेन्स अफ गीता कलेज÷विश्वविद्यालयमा पढ्ने युवा पाठक लक्षित हो भनेर लेखक आफैंले भनेका छन्

कृष्ण कथा सनातनदेखि सुन्दै, जान्दै आएको हो यसबारेमा लेखिएका तमाम पुस्तकहरूको आदि स्रोत श्रीमद्भागवत हो तरहे कृष्ण !’ मा केवल कृष्णलीलाको वृत्तान्त मात्र छैन कृष्णलीला दर्शनमाथि लेखक बैद्यको थप चिन्तन व्याख्या पनि यो कृति अनुसन्धानमूलक पनि लेखकले यहाँ कृष्ण लीला व्याख्यानको सन्दर्भमा वर्णित कतिपय चमत्कारिता व्यावहारिक संभावनाका पक्षबीच सन्तुलित विवेचना दिन खोजेका छन् परिघटनाको मायावीकरण भन्दा मान्छे आफैंभित्र निर्माण हुने मनोदशा भ्रमलाई लेखकले छुट्याउने प्रयास गरेका छन् कृष्णका बारेमा लेखिएका दुर्लभ पुस्तक÷सामग्रीहरूको समेत खोजी गर्दै त्यसबाट प्राप्त थप जानकारी पनि यसमा समेटिएका छन् त्यसैले पढ्दै जाँदा पहिले कहिल्यै नसुनेका कृष्ण सम्बन्धी कुरा कसरी आए भन्ने पनि पाठकलाई लाग्न सक्छ ती नयाँ जानकारीको आधार स्रोतका निम्ति लेखकले सन्दर्भ सूची दिएका छन्

महाभारतको समय आजभन्दा करीब पाँच हजार वर्ष पहिलेको मानिन्छ यो मात्र पौराणिक कथा हो वा यथार्थ घटना, बहस विवाद गर्न सकिन्छ कृष्णका कतिपय लीला मायावी प्रकृतिका छन् भक्ति आस्था निरपेक्ष भएर हेर्नेले समग्र भागवतलाई पौराणिक आख्यान भनेर पनि लिन सक्छन् तथापि त्यसमा खासगरी महाभारतमा वर्णित समाज भूगोललाई कसैले नकार्न सक्तैन मानिसको आवादी नभई समाज बन्दैन कृष्णको समय जटिल पेचिलो अहिलेका मानव प्रवृत्ति व्यवहार सबै झल्किने गरी प्रकट भएका छन्

दश खण्ड अनेकौं उपखण्डमा संगठित हे कृष्ण ! पुस्तकले कृष्णगाथाको बृहत् पक्षलाई समेटेको आवश्यक ठाउँमा लेखकले आफ्नो बुझइ व्याख्या राख्न भ्याएका छन् अत्यन्तै सरल प्रष्ट नेपालीमा लेखिएको हुनाले पाठकले यसको सरस आनन्द लिनुका साथै यसमा अन्तर्निहित दर्शन, मूल्य, जीवन पद्धति संस्कारप्रति सचेतना बोध समेत गर्न सक्छन् पढ्दै जाँदा आफ्नै जीवन, प्रवृत्ति, कर्म व्यवहारका भित्री पाटाहरू खुल्छन् आत्मसमीक्षा हुन्छ

कृष्णलीलामा निष्ठा भक्तिले निमग्न हुने पाठकको रुचि हुने नै भयो अध्यात्म ज्ञान शिक्षाबाट टाढा रहेका पाठकका लागि यो अरु पठनीय धर्म भक्तिका चलनचल्तीका कुराबाट अलि फरक भएर हेर्ने हो भने समाजको अग्रपङ्तिमा रहेका नीतिनिर्माता, विचारमत निर्माता त्यसको व्यवस्थापनमा लागिपरेका नेता, प्रशासक, बौद्धिक वर्ग सबैले मनन गर्नैपर्ने विषय हो यो पुस्तकले त्यो अवसरलाई अरु सहज फराकिलो बनाएको

बलपूर्वक सत्ता कब्जा गर्नेहरू क्रूर निरंकुश हुन्छन् कंस, जरासन्ध त्यो प्रवृत्तिका प्रतिनिधि पात्र हुन् उनीहरूको शासनलाई अहिलेको भाषामा फासिस्ट राज भनिन्छ तथापि, कृष्ण, बलरामको लोकप्रियता बुझेर कंस जस्तो फासिस्ट शासक पनि गोकुल वृन्दावनमा सैनिक कारबाही गर्न मथुरामा पुगेपछि उनीहरूलाई गोप्य रूपमा मार्ने षडयन्त्र गर्न हच्किन्छन् जनताको डर जस्तोसुकै क्रूर शासकलाई पनि हुँदोरहेछ

द्वाराका इन्द्रप्रस्थको निर्माणले राजनीति विकासको सम्बन्ध देखाउँछ मथुरा गोकुल, वृन्दावनले शहर गाउँको प्रतिनिधत्व मात्र गरेका छैनन्, शहरमा हुने जालझेलपूर्ण अभिजात्य स्वार्थ गोकुल÷वृन्दावनका गाउँलेहरुमा छलकपटबाट टाढा, अबोध तर अगाध ममत्व प्रेमभावको वर्णन उत्तिकै मार्मिक गोकुल÷वृन्दावनले राज्यविहीन प्राकृतिक समाजको परिचय दिन्छ यो कृष्णको प्रेम रासलीला केन्द्र हो मथुरा हस्तिनापुर राजलीला अर्थात् राजनीतिको केन्द्रमा छन् जहाँ सत्ता, शक्ति वैभवको चक्करले सबैलाई घुमाउँछ द्वारकाले कृष्णको कल्पनाको एउटा आदर्श नमूना गणराज्य प्रस्तुत गर्छ

महाभारतको युद्ध मानसिकता बडो विडम्बनापूर्ण कौरव पक्षकै कतिपय हस्तीहरू पनि पाण्डवको विजय चाहन्छन् विदुर केही मात्रामा निरपेक्ष रहे पनि भीष्म द्रोणमा सत्तानिष्ठाको बन्धन विवेक एवं नैतिक विरोधाभासको चरमोत्कर्ष भेटिन्छ पाण्डवको चुनौतीमा उभिनेको निरपराध नै भए पनि औंलादखि गर्धनसम्म छिनिएका छन् महाभारतको युद्ध धर्मयुद्ध मात्रै थिएन अभिमन्यु, भीष्म, कर्ण, दुर्योधन लगायतका महावीरहरू प्रायः सबै धर्मयुद्धको मान्यता विपरीत मारिएका छन् युद्धरत पाण्डव वा कौरव कसैको विरुद्ध हतियार उठाउँदिन भन्ने स्वयं कृष्ण पनि चोखा छैनन् त्यतिबेला धर्म, न्याय आदर्शको खोजी हुन्थ्यो तर समाज अधर्म, अन्याय, लोभलालचबाट मुक्त पनि थिएन

महाभारत आफैंमा बृहत् राजनीतिशास्त्र हो, व्यापक भण्डार नै होे यसमा राजनीति शासन÷प्रशासनका सिद्धान्त, दर्शन, मूल्य, मान्यता व्यवहार सबै कुरा छन् भीष्म, विदुर युधिष्ठिरका मुखबाट राजनीतिशास्त्र बर्सिएको यसका कतिपय निचोडहरू अहिले पनि उत्तिकै सान्दर्भिक छन्

कुरक्षेत्रको युद्ध राजनीतिक द्वन्द्वको चरमोत्कर्ष हो द्वन्द्व एकपक्षीय हुँदैन यसका विविध पक्ष कारण हुन्छन् समयमै त्यसको विवेकपूर्ण निदान उपचार भएन भने बल प्रयोग अर्थात् युद्धको अवस्था आउन नदिन कृष्णले गरेको प्रयत्न हिजोआज क्रान्ति, आन्दोलन वा विद्रोहको सस्तो कुरा गर्नेहरुले एक पटक मनन गरे हुन्थ्यो यो पुस्तक पढ्दै गर्दा आफनै मुलुक नेपाल लगायत विश्वका कैयौं देशहरूले भोगेका आन्तरिक द्वन्द्वको ताजा स्मरण गराउँछ

अन्त्य समयमा कर्ण भीष्मले भनेका कुराहरू अहिलेको राजनीतिमा अझ बढी अर्थ लाग्छन् कर्ण दुर्योधनलाई भन्छन्, ‘मित्र, यो पनि मेरो, त्यो पनि मेरो भनी सधैं सबै कुरा ओगटेर बस्न खोज्नु निरर्थक हुँदोरहेछ भीष्म अर्जुनलाई सम्झाउँछन्, ‘वृद्ध पुस्ता आफैं पाखा लाग्न जान्नुपर्छ सत्ता नयाँमा पुस्तान्तर हुनुपर्छ आजीवन राजकीय सुविधाको चाहना राख्ने त्यसैमा लिप्त रहने अहिलेका धेरै नेताहरूका लागि यो मार्मिक सन्देश पनि हो

महाभारत भित्री बाहिरी दुवैथरी द्वन्द्वको प्रयोगशाला नै हो यसका प्रमुख पात्रहरू अर्जुन, भीष्म, युधिष्ठिर, द्रोण आफैंमा भित्री बाहिरी युद्धको व्यथा अर्थात् धर्मसंकटबाट ग्रसित थिए अत्यन्त सटिक भाषामा लेखक थप स्पष्ट पार्छन्, ‘सत्कर्मी सदाचारीहरू नै धर्मसंकटमा पर्छन् धृतराष्ट्र, दुर्योधन, शकुनि सत्कर्मी थिएनन्, धार्मिक ज्ञानी नै थिए त्यसैले उनीहरूमा यो समस्या थिएन कर्म साधनाका लागि सबैभन्दा पहिले आफैंभित्रको युद्ध जित्नु जरूरी कृष्ण अर्जुनको गीता संवाद यसको दृष्टान्त हो

खनाल राजनीतिशास्त्री हुन्

No comments:

Post a Comment