शिक्षकका निम्ति विशेष उपयोगी कृति
पुस्तक: हे
कृष्ण ! लेखक: भूचन्द्र
बैद्य
प्रकाशक: एडुकेशनल
पब्लिशिङ्ग हाउस, काठमाडौं, २०७४
पृष्ठ: ६२२+ मूल्य: रु.
५९५÷–
समीक्षक: कृष्ण
खनाल
सामान्यतः सांसारिक जीवन भोगमा
रहेका मानिसमा आध्यात्मिक
कृति पढ्ने चलन
पाइन्न । धेरैले
यसलाई ‘पोस्ट–रिटायरमेन्ट’ बसिबियाँलोका
रूपमा लिने गरेका
छन् । तर
सांसारिक जीवन भोग
र कर्मकै क्रममा
यस्तो अध्ययन र
चिन्तन अझ् बढी
उपयोगी हुन्छ । भगवद्गीता
यस्तो एउटा विषय
हो, जसको अध्ययन–मनन कुनै
उमेर र पेशा
वा व्यवसायसँग सीमित
छैन । शिक्षक
र राजनीति गर्नेका
लागि यो अझ
महत्वको छ ।
यस्ता कृतिको अध्ययनले
मानिसमा अनावश्यक लोभलालच, द्वेष,
हिंसाबाट मुक्त रहँदै सबै
अवस्थामा समभाव राख्ने स्वभाव
र चिन्तनको विकास
गर्छ । यस
सम्बन्धमा प्राध्यापक भूचन्द्र बैद्यका
कृतिहरू अध्ययनीय र मननीय
छन् ।
अर्थशास्त्रमा
विद्यावारिधि गरेका भूचन्द्र बैद्य
तीन दशकभन्दा लामो
समय त्रिभुवन विश्वविद्यालयमा
प्राध्यापक थिए ।
आफ्नो विषयमा उनले
राष्ट्रिय÷अन्तर्राष्ट्रिय ख्याति पनि पाएका
छन् । प्राध्यापनका
अतिरिक्त उनी योजना,
विकास, शिक्षा नीति लगायतका
विषयमा अन्तर्राष्ट्रिय विज्ञका रूपमा चिनिन्छन्
। व्यावसायिक व्यस्तता
र भौतिक सुविधा—सम्पन्नताको एउटा उँचाइपूर्ण
जीवन थियो उनको
। तर एक
दशक यता उनले
एउटा छुट्टै पहिचान
बनाएका छन्— अध्यात्म
शोध, साधना र
निष्काम कर्म एवं
सादगी जीवनको ।
घरमै छन् तर
वानप्रस्थी जस्तो लाग्छ उनको
जीवन ।
भूचन्द्रको
पछिल्लो पुस्तक ‘हे कृष्ण
!’ मा केन्द्रित भएर
मैले यहाँ केही
चर्चा गर्न खोज्दैछु
। यसअघि उनका
गीताका बारेमा अनुवादसहित व्याख्या
र विश्लेषणात्मक पुस्तकहरू
प्रकाशित भइसकेका छन् ।
२०६७ सालमा ‘भगवान्
भन्नुहुन्छ... श्रीभगवद्गीता’, २०६९ मा
अंग्रेजी भाषामा ‘एसेन्स अफ
द गीता’, २०७१
मा संस्कृतको मूलपाठ
सहित नेपाली र
अंग्रेजीमा अनुवाद र व्याख्यात्मक
टिप्पणी भएको ‘भगवद्गीता द
सङ्ग सुप्रिम’ प्रकाशित
भएका छन् ।
खास गरेर प्राज्ञिक
पृष्ठभूमिका जिज्ञासु पाठकबीच यी
पुस्तकले विशेष चर्चा पाएका
छन् । यसरी
एउटा अलि बेग्लै
तर महत्वपूर्ण पाठक
वर्गमा गीता र
अध्यात्मको सन्देश पु¥याउन
सफल भएका छन्
भूचन्द्रका यी पुस्तक
। एसेन्स अफ
द गीता कलेज÷विश्वविद्यालयमा पढ्ने युवा पाठक
लक्षित हो भनेर
लेखक आफैंले भनेका
छन् ।
कृष्ण कथा सनातनदेखि
सुन्दै, जान्दै आएको हो
। यसबारेमा लेखिएका
तमाम पुस्तकहरूको आदि
स्रोत श्रीमद्भागवत हो
। तर ‘हे
कृष्ण !’ मा केवल
कृष्णलीलाको वृत्तान्त मात्र छैन
। कृष्णलीला र
दर्शनमाथि लेखक बैद्यको
थप चिन्तन र
व्याख्या पनि छ
। यो कृति
अनुसन्धानमूलक पनि छ
। लेखकले यहाँ
कृष्ण लीला व्याख्यानको
सन्दर्भमा वर्णित कतिपय चमत्कारिता
र व्यावहारिक संभावनाका
पक्षबीच सन्तुलित विवेचना दिन
खोजेका छन् ।
परिघटनाको मायावीकरण भन्दा मान्छे
आफैंभित्र निर्माण हुने मनोदशा
र भ्रमलाई लेखकले
छुट्याउने प्रयास गरेका छन्
। कृष्णका बारेमा
लेखिएका दुर्लभ पुस्तक÷सामग्रीहरूको
समेत खोजी गर्दै
त्यसबाट प्राप्त थप जानकारी
पनि यसमा समेटिएका
छन् । त्यसैले
पढ्दै जाँदा पहिले
कहिल्यै नसुनेका कृष्ण सम्बन्धी
कुरा कसरी आए
भन्ने पनि पाठकलाई
लाग्न सक्छ ।
ती नयाँ जानकारीको
आधार र स्रोतका
निम्ति लेखकले सन्दर्भ सूची
दिएका छन् ।
महाभारतको समय आजभन्दा
करीब पाँच हजार
वर्ष पहिलेको मानिन्छ
। यो मात्र
पौराणिक कथा हो
वा यथार्थ घटना,
बहस र विवाद
गर्न सकिन्छ ।
कृष्णका कतिपय लीला मायावी
प्रकृतिका छन् ।
भक्ति र आस्था
निरपेक्ष भएर हेर्नेले
समग्र भागवतलाई पौराणिक
आख्यान भनेर पनि
लिन सक्छन् ।
तथापि त्यसमा खासगरी
महाभारतमा वर्णित समाज र
भूगोललाई कसैले नकार्न सक्तैन
। मानिसको आवादी
नभई समाज बन्दैन
। कृष्णको समय
जटिल र पेचिलो
छ । अहिलेका
मानव प्रवृत्ति र
व्यवहार सबै झल्किने
गरी प्रकट भएका
छन् ।
दश खण्ड र
अनेकौं उपखण्डमा संगठित हे
कृष्ण ! पुस्तकले कृष्णगाथाको बृहत्
पक्षलाई समेटेको छ । आवश्यक ठाउँमा लेखकले
आफ्नो बुझइ र
व्याख्या राख्न भ्याएका छन्
। अत्यन्तै सरल
र प्रष्ट नेपालीमा
लेखिएको हुनाले पाठकले यसको
सरस आनन्द लिनुका
साथै यसमा अन्तर्निहित
दर्शन, मूल्य, जीवन पद्धति
र संस्कारप्रति सचेतना
बोध समेत गर्न
सक्छन् । पढ्दै
जाँदा आफ्नै जीवन,
प्रवृत्ति, कर्म र
व्यवहारका भित्री पाटाहरू खुल्छन्
। आत्मसमीक्षा हुन्छ
।
कृष्णलीलामा
निष्ठा र भक्तिले
निमग्न हुने पाठकको
रुचि हुने नै
भयो । अध्यात्म
ज्ञान र शिक्षाबाट
टाढा रहेका पाठकका
लागि यो अरु
पठनीय छ । धर्म र
भक्तिका चलनचल्तीका कुराबाट अलि
फरक भएर हेर्ने
हो भने समाजको
अग्रपङ्तिमा रहेका नीतिनिर्माता, विचार–मत निर्माता
र त्यसको व्यवस्थापनमा
लागिपरेका नेता, प्रशासक, बौद्धिक
वर्ग सबैले मनन
गर्नैपर्ने विषय हो
यो । पुस्तकले
त्यो अवसरलाई अरु
सहज र फराकिलो
बनाएको छ ।
बलपूर्वक सत्ता कब्जा गर्नेहरू
क्रूर र निरंकुश
हुन्छन् । कंस,
जरासन्ध त्यो प्रवृत्तिका
प्रतिनिधि पात्र हुन् ।
उनीहरूको शासनलाई अहिलेको भाषामा
फासिस्ट राज भनिन्छ
। तथापि, कृष्ण,
बलरामको लोकप्रियता बुझेर कंस
जस्तो फासिस्ट शासक
पनि गोकुल वृन्दावनमा
सैनिक कारबाही गर्न
र मथुरामा पुगेपछि
उनीहरूलाई गोप्य रूपमा मार्ने
षडयन्त्र गर्न हच्किन्छन्
। जनताको डर
जस्तोसुकै क्रूर शासकलाई पनि
हुँदोरहेछ ।
द्वाराका र इन्द्रप्रस्थको
निर्माणले राजनीति र विकासको
सम्बन्ध देखाउँछ । मथुरा
र गोकुल, वृन्दावनले
शहर र गाउँको
प्रतिनिधत्व मात्र गरेका छैनन्,
शहरमा हुने जालझेलपूर्ण
अभिजात्य स्वार्थ र गोकुल÷वृन्दावनका गाउँलेहरुमा छलकपटबाट
टाढा, अबोध तर
अगाध ममत्व र
प्रेमभावको वर्णन उत्तिकै मार्मिक
छ । गोकुल÷वृन्दावनले राज्यविहीन प्राकृतिक
समाजको परिचय दिन्छ ।
यो कृष्णको प्रेम
र रासलीला केन्द्र
हो । मथुरा
र हस्तिनापुर राजलीला
अर्थात् राजनीतिको केन्द्रमा छन्
जहाँ सत्ता, शक्ति
वैभवको चक्करले सबैलाई घुमाउँछ
। द्वारकाले कृष्णको
कल्पनाको एउटा आदर्श
नमूना गणराज्य प्रस्तुत
गर्छ ।
महाभारतको युद्ध मानसिकता बडो
विडम्बनापूर्ण छ ।
कौरव पक्षकै कतिपय
हस्तीहरू पनि पाण्डवको
विजय चाहन्छन् ।
विदुर केही मात्रामा
निरपेक्ष रहे पनि
भीष्म र द्रोणमा
सत्तानिष्ठाको बन्धन र विवेक
एवं नैतिक विरोधाभासको
चरमोत्कर्ष भेटिन्छ । पाण्डवको
चुनौतीमा उभिनेको निरपराध नै
भए पनि औंलादखि
गर्धनसम्म छिनिएका छन् ।
महाभारतको युद्ध धर्मयुद्ध मात्रै
थिएन । अभिमन्यु,
भीष्म, कर्ण, दुर्योधन लगायतका
महावीरहरू प्रायः सबै धर्मयुद्धको
मान्यता विपरीत मारिएका छन्
। युद्धरत पाण्डव
वा कौरव कसैको
विरुद्ध हतियार उठाउँदिन भन्ने
स्वयं कृष्ण पनि
चोखा छैनन् ।
त्यतिबेला धर्म, न्याय र
आदर्शको खोजी हुन्थ्यो
तर समाज अधर्म,
अन्याय, लोभलालचबाट मुक्त पनि
थिएन ।
महाभारत आफैंमा बृहत् राजनीतिशास्त्र
हो, व्यापक भण्डार
नै होे ।
यसमा राजनीति र
शासन÷प्रशासनका सिद्धान्त,
दर्शन, मूल्य, मान्यता र
व्यवहार सबै कुरा
छन् । भीष्म,
विदुर र युधिष्ठिरका
मुखबाट राजनीतिशास्त्र बर्सिएको छ । यसका कतिपय
निचोडहरू अहिले पनि उत्तिकै
सान्दर्भिक छन् ।
कुरक्षेत्रको
युद्ध राजनीतिक द्वन्द्वको
चरमोत्कर्ष हो ।
द्वन्द्व एकपक्षीय हुँदैन ।
यसका विविध पक्ष
र कारण हुन्छन्
। समयमै त्यसको
विवेकपूर्ण निदान र उपचार
भएन भने बल
प्रयोग अर्थात् युद्धको अवस्था
आउन नदिन कृष्णले
गरेको प्रयत्न हिजोआज
क्रान्ति, आन्दोलन वा विद्रोहको
सस्तो कुरा गर्नेहरुले
एक पटक मनन
गरे हुन्थ्यो ।
यो पुस्तक पढ्दै
गर्दा आफनै मुलुक
नेपाल लगायत विश्वका
कैयौं देशहरूले भोगेका
आन्तरिक द्वन्द्वको ताजा स्मरण
गराउँछ ।
अन्त्य समयमा कर्ण र
भीष्मले भनेका कुराहरू अहिलेको
राजनीतिमा अझ बढी
अर्थ लाग्छन् ।
कर्ण दुर्योधनलाई भन्छन्,
‘मित्र, यो पनि
मेरो, त्यो पनि
मेरो भनी सधैं
सबै कुरा ओगटेर
बस्न खोज्नु निरर्थक
हुँदोरहेछ ।’ भीष्म
अर्जुनलाई सम्झाउँछन्, ‘वृद्ध पुस्ता आफैं
पाखा लाग्न जान्नुपर्छ
। सत्ता नयाँमा
पुस्तान्तर हुनुपर्छ ।’ आजीवन
राजकीय सुविधाको चाहना राख्ने
र त्यसैमा लिप्त
रहने अहिलेका धेरै
नेताहरूका लागि यो
मार्मिक सन्देश पनि हो
।
महाभारत भित्री बाहिरी दुवैथरी
द्वन्द्वको प्रयोगशाला नै हो
। यसका प्रमुख
पात्रहरू अर्जुन, भीष्म, युधिष्ठिर,
द्रोण आफैंमा भित्री
र बाहिरी युद्धको
व्यथा अर्थात् धर्मसंकटबाट
ग्रसित थिए ।
अत्यन्त सटिक भाषामा
लेखक थप स्पष्ट
पार्छन्, ‘सत्कर्मी र सदाचारीहरू
नै धर्मसंकटमा पर्छन्
।’ धृतराष्ट्र, दुर्योधन,
शकुनि सत्कर्मी थिएनन्,
न धार्मिक र
ज्ञानी नै थिए
। त्यसैले उनीहरूमा
यो समस्या थिएन
। कर्म साधनाका
लागि सबैभन्दा पहिले
आफैंभित्रको युद्ध जित्नु जरूरी
छ । कृष्ण
र अर्जुनको गीता
संवाद यसको दृष्टान्त
हो ।
खनाल राजनीतिशास्त्री
हुन् ।

No comments:
Post a Comment