Thursday, December 20, 2018

२०७५ पुस अङ्क, सामाजिक–प्राविधिक सञ्जाल : अनभिज्ञताको निरन्तरता, समीक्षक: प्रविन जोशी

सामाजिक–प्राविधिक सञ्जाल : अनभिज्ञताको निरन्तरता  


प्रविण जोशी


पुस्तक: साइबर युचरः कल्चरल एण्ड पोलिटिक्स अन द इन्फोरमेशन सुपरहाइवे
सम्पादक: जियाउद्दीन सर्दार र जेरोम राभेट्स
प्रकाशक : प्लुटो प्रेस, १९९६                                        पृष्ठ: १६१+  


कम्प्युटरमा आधारित इन्टरनेट प्रणाली, वल्र्डवाइड वेब ९धधध० र केही वर्षयता भएको सामाजिक सञ्जालको व्यापकता वर्तमान मानव जीवनको वास्तविकता बनेको छ । ह्वाट्सएप, ट्वीटर, फेसबुक, युट्युव, इन्स्टाग्राम– यसरी प्रयोग हुने केही प्रमुख विधि हुन् । यी माध्यमहरू सूचना आदानप्रदान, शिक्षा, स्वास्थ्य र व्यापार क्षेत्रको हिस्सा बनेका छन् । विश्वका हरेक भागका घटना निमेषभरमै प्रेषित हुन्छन्, हामीकहाँ आइपुगिहाल्छन् । एकै समयमा ५० करोडभन्दा बढीले प्रयोग गर्ने यो माध्यमले मानवजातिको सबैभन्दा ठूलो जमात अथवा समूह सिर्जना गरेको छ । कम्प्युटर र स्मार्ट फोनमा आधारित यी प्रविधिले हाम्रो जीवनपद्धतिमा अकल्पनीय परिवर्तन गरेको छ ।

तर परिवर्तनसँगै हामीले नसोचेका चुनौती पनि अगाडि आएका छन् । सामाजिक सञ्जालका कारण सिर्जित यस्ता अनपेक्षित प्रभावका बारे पुस्तक, लेख र विवेचनाहरू प्रकाशित भई पनि रहेका छन् । त्यस्ता अनपेक्षित प्रभावलाई संस्कृति, मानव विज्ञान र सञ्चारमाध्यम अध्ययनको दृष्टिकोणबाट १९९६ मै प्लुटो पे्रसले प्रकाशन गरेको साइबर फ्युचर ः कल्चर एन्ड पोलिटिक्स अन द इन्फरमेसन सुपरहाइवे नामक पुस्तकले सम्भवतः पहिलो पटक विवेचना गरेको थियो । जियाउद्दीन सर्दार र जेरोम राभेट्सद्वारा सम्पादित यो पुस्तकमा जियाउद्दीन सर्दार, जेरोम राभेट्स, जर्ज स्पेन्सर, भिभियन सोप्चाक, निगेल क्लर्क, आर्तुरो इस्कोबार र जे किन्नी जस्ता विश्लेषकका निबन्ध समेटिएका छन् ।

घट्दो सामुदायिक आदानप्रदान
उक्त पुस्तकमा सङ्ग्रहित निबन्धहरूको एउटा निचोड छ, ‘इन्टरनेट प्रविधिमा आधारित सूचना आदानप्रदान गर्ने व्यवस्थाले हामीलाई एकलकाँटे बनाउँदैछ । हामी आमनेसामने बसेर कुराकानी गर्ने तौरतरिकाबाट टाढा पुग्दैछौं । नयाँ प्रविधिको फाइदा लिन तल्लीन हामीहरू यो प्रविधिले शक्ति सन्तुलन एवं गलत सूचना प्रवाहमा कस्तो असर पार्ला, तिनलाई कसरी कम गर्ने होला भन्ने जस्ता विषयबारे विवेचना गर्न आवश्यक ठानिरहेका छैनौं ।’

सो पुस्तकले त्यतिबेला उठाएका प्रसङ्गहरू हिजोआज त छर्लङ्गै वास्तविकता बनिसकेका छन् । सामाजिक सञ्जालमा आउने हल्लालाई सत्य मान्ने क्रम बढेको बढ्यै छ । त्यस्ता हल्लाले सामाजिक व्यवस्थालाई प्रशस्त प्रभाव पनि पारिरहेको छ । सन् २०१८ मा भारतको एउटा गाउँमा घटना घट्यो । ‘ह्वाट्सएप’ मा केटाकेटी अपहरण भयो भन्ने सूचना सम्प्रेषित भयो । त्यो खबर पाउनेहरूको ध्यान गलत या झ्ूटो सूचना सम्पे्रषण भएको हुनसक्छ भन्नेतिर जाँदै गएन, त्यसैले त्यसबारे बुझ्बुझरथ आवश्यक ठानिएन । गाउँका सबैले मिलेर एउटा आरोपितलाई कुटीकुटी मारे । बीबीसी ले समाचार बनायो, “ह्वाट्सएप ले एउटा भारतीय गाउँलाई हिंस्रक भीड बनाउन सहयोग ग¥यो ।” ह्वाट्सएप मा एक–दुई जनाले शुरू गरेको हल्लामा विश्वास गर्नाले त्यस गाउँका बहुसंख्यक बासिन्दा हत्यारा बन्न पुगे । कागले कान लग्यो भन्दैमा कागको पछि दौड्ने प्रवृत्ति दोहोरियो । कसैले आफ्नो कान छाम्ने प्रयास गरेनन् ।

इन्टरनेट प्रविधि दुई धारवाला तरबार बनेको एउटा दृष्टान्त थियो, त्यो घटना । हिजोआज गुगल ज्ञानको स्रोत बनेको छ, अनि ट्वीटर र फेसबुक धारणा बनाउने माध्यम बनेका छन् । यी माध्यममा खबर, धारणा र समालोचना उपलब्ध हुन्छन् । एक हिसाबले सजिलो भएको छ हामी सबैलाई, तर अर्को पक्ष पनि छ । गुगल को खोज–तलास गर्ने प्रचलित विधि पेज¥याङ्क को उदाहरण लिऊँ । आम जनताले खोज्ने खास सूचना उपलब्ध गराउन चुनिएका विशेषज्ञहरू पेज¥याङ्क प्रयोग गर्छन् । सबैको पेज¥याङ्क चलाउने सीप हँुदैन । सीप भएकालाई पेज¥याङ्क ले आफ्नो सीप झ्न् बढाउने मौका प्रदान गर्छ । यस्तो परिपाटीले के गर्छ त ? त्यस्तो समाजको निर्माणलाई प्रोत्साहन गर्र्छ, जहाँ गिने–चुनेका विशेषज्ञहरू अगाडि वा नेतृत्वमा हुन्छन्, बाँकी धेरैको आवाज दबेको दबेकै हुन्छ । साइवर फ्युचर का निबन्धकारहरूले साढे दुई दशकअघि नै अनुमान गरेका थिए– कर्पोरेसनहरू झ्न् शक्तिशाली हुनेछन्, समाजको शक्ति–सन्तुलन विचलित हुनेछ ।

साइबर फ्युचर का निबन्धमा व्यक्त ‘विचार साँघुरिने’ तर्क प्रचलित फेसबुक को प्रयोगमा प्रत्यक्ष देखिन थालेको छ । प्रयोग समय बढ्दै जाँदा फेसबुक का प्रयोगकर्ताका सामु खास व्यक्तिहरूले प्रेषित गरेका सामग्री मात्रै आउन थाल्छन्, अरू खाले सूचना आउने गर्दैनन् । परिणामतः के पढ्ने, कसको कुरा मान्ने, कस्तो शिक्षा लिने भन्ने जस्ता विषयमा हामी खासखास विचार मात्रै सुनिरहेका हुन्छौं । किनभने हाम्रो पेजमा हामीले सुन्न चाहेका सामग्री र दृष्टिकोणहरू मात्रै आइपुग्छन् । अन्य दृष्टिकोण अथवा विपरीत विचार सुन्ने बानी मर्दै जान्छ । फलतः हाम्रो दृष्टिकोण नजानिंदो हिसाबले साँघुरिन थाल्छ ।

एक–दुई जनाले निरन्तर आफ्नो धारणा सम्प्रेषण गर्न थालेपछि तिनको आवाज झ्न् झ्न् ठूलो बन्न पुग्छ । अन्ततः हो–हल्ला गर्ने सानो समूहले सम्प्रेषण गरेको सूचना नै सत्य सरह बन्न पुग्छ । त्यसको परिणामस्वरुप, समाजमा विषम विचारको वर्चस्व बढ्न जान्छ, मध्यम मार्ग पछाडि पर्छ । एकथरी विश्लेषक त कतिसम्म भन्न थालेका छन् भने– ‘सामाजिक सञ्जालको बढ्दो प्रयोग उदारवादी प्रजातान्त्रिक व्यवस्था धरासायी हुने कारण बन्न सक्छ ।’

सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा क्याम्ब्रिज एनालिटीका भन्ने तथ्याङ्क विश्लेषण गर्ने कम्पनीले फेसबुक का करोडौं प्रयोगकर्ताको व्यवहार अध्ययन गरेर खास सूचना सम्प्रेषण गरेको आरोप भोग्यो, त्यो कम्पनी बन्द नै भयो, जाँच–पड्ताल चल्दैछ । विगत २५ वर्षयता प्रचलित भूमण्डलीकरणको यात्राले अमेरिकालगायत पश्चिमी मुलुकहरूमा बहुसंख्यकको हित गरेको छैन भन्ने दृष्टिकोण घनीभूत हुँदै गएको छ र सामाजिक सञ्जाल यस्तो दृष्टिकोण अगाडि लाने एउटा माध्यम बनेको छ । नेपालमा सामाजिक सञ्जालले विषम धारणा प्रेषित गर्न थालेको छ÷छैन भन्ने भरपर्दो अध्ययन र विश्लेषण हुनै बाँकी छ । तर यस्ता माध्यम प्रयोग गरी अर्कालाई गाली गर्ने, हुर्मत लिने घटनाहरू भने प्रत्यक्ष अनुभव हुने गरी नै बढिरहेका छन् ।

नियन्त्रणको दृष्टान्त
इन्टरनेटमा आधारित सामग्रीले मान्छेको सोच्ने तरिकालाई नियन्त्रण पनि गर्न सक्छ भनेर जर्ज स्पेन्सरले २२–२३ वर्षअघि नै पुस्तकमा तर्क प्रस्तुत गरेका थिए । हालसालै इन्टरनेटमा उपलब्ध ब्लु ह्वेल नामक खेलमा सहभागीलाई आत्महत्या गरेर खेल जित्न आह्वान गरिएको छ । खेलका कारण झ्ण्डै १०० जना युवाहरूले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रत्यक्ष सबुत नभेटिए पनि आत्महत्याको त्यो सिलसिलालाई खेलको प्रभाव मानिएको छ । इन्टरनेट प्रविधिले ल्याएको अनपेक्षित प्रभावको एउटा भयावह उदाहरण हो यो ।

काम गर्ने मेशिन (रोबोट) र आर्टिफिसियल इन्टेलिजेन्स को बढ्दो भूमिका आजको मानव समाजका निम्ति अर्को चुनौती हो । निश्चय पनि यी दुवै प्रविधि ठूला परिवर्तनका संवाहक हुन्, जसले हाम्रो दैनन्दिनीमा प्रभाव पर्न पनि थालिसकेका छन् । ‘इन्टेलिजेन्ट’ मेशिनले कार्यगत दक्षता बढाएको छ तर त्यसले हजारौंको रोजगारी पनि खोसिसकेको छ । विश्वका अगुवाहरू तर्क गर्न थालेका छन्— ‘खास सीप नचाहिने’ र ‘कमसल सीप भएका’ ले गर्ने काम सबै मेशिनले गर्नेछन् । अब त्यस्ता रोजगारी प्राकृतिक श्रमिकलाई उपलब्ध हुने छैनन् ।’ प्रश्न हो, सीप नभएकाहरूको जीविका कसरी चल्छ त ?

आर्टिफिसियल इन्टेलिजेन्स ले सजिलो पार्ने क्षेत्र संश्लेषणको हो । त्यसले सार्वजनिक रूपमा उपलब्ध सामग्रीलाई  संश्लेषण गरेर खास धारणा तयार गर्न मद्दत गर्न सक्छ । अर्को प्रभाव पार्ने क्षेत्र शिक्षा हो । आर्टिफिसियल इन्टेलिजेन्स को प्रयोगसहित मोड्युलहरू शिक्षा प्रदान गर्ने माध्यम बनेका छन् । केही हदमा उपयोगी भए पनि यस्तो बाटो समग्र मानव विकासका लागि भने उपयोगी छैन । मोड्युलले परिकल्पना, विश्लेषण, खोज–तलास र अध्ययनद्वारा ज्ञान आर्जन गर्ने बाटोलाई विस्थापित गर्दैछ । ज्ञानको वृद्धि भ¥याङ चढ्ने सरह हुन्छ, तहमा तह थपिएर ज्ञान संश्लेषित हुन्छ । तर यो पद्धतिको प्रयोग कम भएपछि मोड्युलद्वारा प्रेषित एकखाले विचार ठीक हो भन्ने परिपाटी स्थापित हुनेछ ।

सीमित व्यक्तिहरूको कुरा सम्प्रेषित हुने र सुनिने क्रम हाम्रो नियति सरह बनेमा हामी झ्न् एकअर्काबाट एक्लो बन्ने बाटोमा लाग्नेछौं । २०–२२ वर्षअघि प्रकाशित ती निबन्धहरूमा लेखकहरूको तर्क थियो, साइबर प्रविधिले मानव समाजलाई विभिन्न खाले प्रभाव पार्दैछ जसबारे हामी अनभिज्ञ छौं, सो अनभिज्ञता हटाउनु तत्कालको आवश्यकता हो । तर सामाजिक सञ्जाललगायत आर्टिफिसियल इन्टेलिजेन्स को व्यापकता बढिसकेको आजको अवस्थामा पनि हामी अनभिज्ञ नै छौं, त्यसले कुन–कुन क्षेत्रलाई कसरी असर पर्ला भन्ने परिदृश्य कल्पना गर्न थालेकै छैनौं । प्रभाव आकलन गर्नु र नकारात्मक प्रभावबाट बच्ने उपायहरू पत्ता लगाई नियमनको व्यवस्था गर्नु— राज्य, सरकार, नागरिक अगुवा र विश्लेषकहरूको दायित्व हो ।


प्रवीण जोशी कम्प्युटरमा आधारित सूचना प्रणालीमा विशेष दखल राख्छन् । 


२०७५ पुस अङ्क, उद्यमी बन्ने सोच्दै हुनुहुन्छ भने..., समीक्षक: अनुराग पोख्रेल

उद्यमी बन्ने सोच्दै हुनुहुन्छ भने...


अनुराग पोखरेल


पुस्तक : जीरो टु वन: नोटस अन स्टार्टअप्स अर हाउ टु विल्ड द फ्युचर
लेखक : पिटर थेल र ब्लेक मास्टर्स
प्रकाशक: क्राउन बिजनेस, २०१४                 पृष्ठ: १९५+        मूल्य: रु. १५०० (मोटो गाता)


जीरो टु वन ः नोटस अन स्टार्टअप्स अर हाउ टु विल्ड द फ्युचर पुस्तक पिटर थेल र ब्लेक मास्टर्सको संयुक्त प्रस्तुति हो । पिटर थेल अमेरिकी उद्यमी, लगानीकर्ता र चिर–परिचित लेखक हुन् । थेल प्यालेनटिर टेक्नोलोजी र फाउण्डर्स फण्डका सह–संस्थापक मात्रै होइन, फेसबुक र स्पेसएक्स जस्ता अमेरिकाका अग्रणी कम्पनीका लगानीकर्ता पनि हुन् । पेपाल नामक कम्पनीका सह–संस्थापक थेल केही समय त्यस कम्पनीका मुख्य कार्यकारी अधिकृत पनि थिए । थेल र उनका सहकर्मीहरूलाई ‘पेपाल माफिया’ भनेर व्यङ्ग्य पनि गरिन्छ । यसले उनीहरूको उच्च सफलतालाई इङ्गित गर्छ । सन् १९९९ मा स्थापना भएको पेपाल लाई उनीहरूले सन् २००२ मा १.५ अर्ब अमेरिकी डलरमा इवेलाई बेचेका थिए ।

स्ट्यानफोर्ड विश्वविद्यालयमा पढाउँदा थेलले आफ्ना विद्यार्थी ब्लेक मास्टर्सको सहयोगमा शून्यदेखि एकसम्म नामक दस्तावेज संयोजन गरे । पछि वितरण गरिएको त्यही दस्तावेज ‘भाइरल’ बन्न पुग्यो । उक्त दस्तावेजको आकर्षण र सम्भावना बुझ्ेपछि थेलले ती विद्यार्थीसँगकै सहकार्यमा त्यसलाई पुस्तकको रूप दिए । थेल भन्छन्, “पुस्तक सफलताको सूत्र होइन, त्यो व्यावसायिक यात्रामा आफूले सिकेका पाठ, अनुभव र आविष्कारका लागि सुझवको सङ्ग्रह चाहिं हो ।”

लेखक प्रारम्भिक व्यवसायीहरूलाई एकदेखि एनतिरको (वन टु एन) पाइला नलिएर शून्यदेखि एक (जीरो टु वन) को बाटोमा लाग्ने सल्लाह दिन्छन् । उनी भन्छन्, “एकदेखि एन भन्नुको अर्थ सम्पन्न भइसकेको कामको नक्कल गर्नु हो । शून्यदेखि एक भनेको आफैं अद्वितीय काम गर्नु हो ।” लेखकको सन्देश बुझन निम्न उदाहरण उपयोगी छः परम्परागत कम्प्युटरमा प्रयोग गरिएका भ्याकुम ट्युबहरूको क्षमता मात्र वृद्धि गर्ने बाटो लिइएको भए आजसम्म पनि हामीसँग ब्यागमा अटाउने कम्प्युटर हुने थिएन । असंख्य गणनायुक्त प्रविधिलाई एउटै तर सानो ठाउँमा अटाउने पोर्टेबल कम्प्युटरको विकास आज एउटा धन्य उपलब्धि भएको छ ।

२०औं शताब्दीको आरम्भमा मोटर–गाडी उद्योगको विकासले वन टु एन बुझाउँछ भने गुड्नेबाट उड्ने पद्धतिले जीरो टु वन बुझउँछ । थेल भन्छन्, “शून्यदेखि एक, प्रविधि हो भने एकदेखि एन बृहत् प्रारूप । ढुङ्गे युगबाट आगो, कृषि, पाङ्ग्रादेखि सेमिकन्डक्टर र इन्टरनेट मानव जातिले विकास गरेका प्रविधि हुन् ।” बृृहत् प्रारूपको उनको तर्क बलियो देखिन्छ । तीव्र गतिमा शहरीकरण बढ्दै गरेका भारत जस्ता मुलुकले अमेरिकाले लिएको बाटो अपनाइरहेका छन् । विगत पाँच दशकदेखि चीनले अपनाइरहेको बाटो पनि यही नै हो । तर ठूलो मात्रामा आविष्कार नगरी कसैको पनि ‘अमेरिका’ हुने बाटो दिगो रहन सक्दैन । विकासका नाममा गरिने कतिपय मानवीय क्रियाकलापहरू वातावरणका लागि विध्वंसकारी हुन सक्छन् । तत्कालीन कालखण्डमा त्यो मोडल अमेरिकाका लागि त्यतिबेला उपयोगी हुन पुगेको भए पनि हाल आएर त्यही मोडल अरूहरूले पनि नक्कल गर्नु उचित हुँदैन, बरु प्रत्युत्पादक हुन्छ । यसै पनि खनिज तेलमा आधारित अमेरिकी मोडलले अनपेक्षित असरको रूपमा विश्वलाई जलवायु परिवर्तन दिएको छ । अनियन्त्रित जलवायु परिवर्तनले विनाशकारी प्रभाव ल्याउन सक्छ ।

एकाधिकारलाई लेखक थेल व्यवसायमा द्रुत वृद्धि गर्ने सफल सूत्र मान्छन् । उनको भनाइ माफिया र सरकारको छत्रछायामा भएकाहरूले राख्ने एकाधिकार होइन बरू विशिष्ट उत्पादन गर्ने त्यस्तो क्षमता हो जसको छेउछाउमा अन्य विकल्प आउनै सक्दैनन् । एकाधिकारको एउटा उदाहरण हो गुगल । गुगलले विकास गरेको अल्गोरिदम, गति र क्षमतालाई अरू कुनै यन्त्र वा कम्पनीले उछिन्न सकेका छैनन् । थेल भन्छन्, “प्रतिस्पर्धा एकाधिकारको विपरीत हो, जसले उपलब्धि कम गर्छ । प्रतिस्पर्धाले प्रवर्तकलाई बजार नाफाको सानो भाग मात्र दिन्छ, प्रतिस्पर्धीहरू असफल हुने त्रास रहिरहन्छ ।” लेखक भन्छन्— सफल कम्पनीहरू फरक–फरक हुन्छन् तर असफल कम्पनी एकै किसिमका । प्रतिस्पर्धा गर्न नसक्दा ती असफल हुन्छन् । प्रतिस्पर्धा मात्र एउटा बाटो हो भन्ने हामी सोच्छौं । स्कूलका प्रारम्भिक दिनदेखि नै हामीलाई व्यक्तिको जे जस्तो विशिष्ट क्षमता भए पनि उनीहरूले एकै प्रकारको प्रतिस्पर्धामा सहभागी हुनुपर्छ र राम्रो ग्रेड हासिल गर्नुपर्छ भन्ने सिकाइन्छ । तर फेसबुक, अमेजन र एप्पल जस्ता प्रविधिमा आधारित कम्पनीको उदाहरण दिंदै यो पुस्तकले चाहिं प्रतिस्पर्धाबाट कसरी बच्ने र एकाधिकारको चरित्रलाई कसरी चरितार्थ गर्ने भन्ने सल्लाह दिएको छ ।

उद्यमीहरूले यो पुस्तकबाट के सिक्न सक्छन् त ? शून्यदेखि एक र एकाधिकारी विचारको घेरामा रहेर लेखकले पाठकलाई व्यवसायका गतिशीलताका बारे बताएका छन् । उनी भन्छन् प्रारम्भिक आधारलाई बलियो बनाउनु, सही सहकर्मी चयन गर्नु, लामो अवधिको लागि योजना बनाउनु महत्वपूर्ण विषय हुन् । लेखक थेलको निचोड छ— हरेक उद्यमीले सात वटा प्रश्नको उत्तर दिन सक्नुपर्छ । ती प्रश्न निम्न विषयहरूसित सम्बन्धित छन्ः इन्जिनियरिङ (वृद्धिको सुधारभन्दा प्रविधिको सुधार), समय (व्यवसाय प्रारम्भ गर्ने सही समयको चयन), प्राधिकार (ठूलो शेयरमा सानो बजार), मानवीय स्रोत (सही सहकर्मी वा समूहको चयन), वितरण (उत्पादन मात्र होइन, सही वितरण), दिगोपन (बजारको समय अवधि १० देखि २० वर्षको चयन) र गोप्यता (अरूले नदेखेका अवसर) । उल्लिखित एक वा बढी प्रश्नको उत्तर दिन सकिएन भने उद्यम सफल हुने छैन । यस्ता प्रश्न दृष्टिगोचर गर्न नसक्दा स्वच्छ प्रविधि प्रवद्र्धन गर्ने कैयौं कम्पनी असफल भए जबकि ‘टेस्ला’ नाम गरेको कम्पनी अपवाद बन्न सफल भयो ।

उद्यमीहरू मात्रै होइन यो पुस्तक शिक्षकहरूलाई पनि उपयोगी छ । प्राज्ञिक क्षमता आवश्यक आधार हो तर विद्यार्थीलाई आफ्नो दक्षता कसरी व्यवहारमा उतार्ने भन्ने तरिका सिकाउनु जरूरी हुन्छ । लेखक थेल सुुझाव दिन्छन् सबैभन्दा महत्वपूर्ण विषय हो— विद्यार्थीलाई आफ्नो लागि आफैं सोच्न प्रोत्साहन गर्नु ।

सानो तर पढ्न चाखलाग्दो यो पुस्तकमा राम्रा उदाहरण पनि थुप्रै छन्, तर उनका सबै धारणा मान्नु जरुरी छैन । उनका केही भनाइ विवादास्पद र अमान्य पनि छन् । बढ्दो आर्थिक असमानता, वातावरण प्रदूषण, बढ्दो राजनीतिक र सामाजिक धु्रवीकरण जस्ता विषयहरू वर्तमान विश्वका वास्तविकता हुन् । यी वास्तविकता भीमकाय कर्पोरेसनका देन पनि हुन् । तर यस्ता विषय उद्यमी थेलका परिदृश्यमा परेका छैनन्, हुने कुरो पनि भएन ।

पोखरेल इलेक्ट्रिकल इन्जिनियरिङका स्नातक हुन् ।

२०७५ पुस अङ्क, पुँजीवादका सेनामेना, समीक्षक: अजय दीक्षित

पुँजीवादका सेनामेना 

अजय दीक्षित


 पुस्तक: द बिलिनियर्स राज: ए जर्नी थ्रु इन्डियाज न्यू गिल्डेड एज
लेखकः जेम्स क्य्राबट्री                                       प्रकाशकः वनवल्र्ड, २०१८                                   
पेजः ३८४+                 आइएसबीएनः  ७८१७८६०७३८०८                          मूल्य : पाउण्ड १८.९९



सन् १७७० तिर पहिलो औद्योगिक क्रान्ति शुरू भएपछि कोइला र त्यसको झन्डै १०० वर्षपछि दोस्रो औद्योगिक क्रान्तिताका खनिज तेलको दोहनमा आधारित विश्व अर्थव्यवस्था घनीभूत हुन थाल्यो । सन् १८६५ मा संयुक्त राज्य अमेरिकामा गृहयुद्ध समाप्त भएपश्चात् सन् १९०० सम्म त्यस मुलुकमा औद्योगिक विकास भयो । अमेरिका औद्योगिक मुलुक बन्यो, धनी बन्यो । थुप्रै नवधनाढ्यहरू पनि देखा परे जसले अकल्पनीय भ्रष्टाचार गरे । लेखक मार्क ट्वेनले त्यस कालखण्डलाई गिल्डेड एज को संज्ञा दिएका थिए, बाहिर चम्किलो भित्र खोक्रो युग ।

सन् १९०० पछि अमेरिकामा सुधारको सिलसिला शुरू भयो, जसलाई प्रगतिशील युग भनिन्छ । सन् १९०१ मा राष्ट्रपति थियोडोर रुजवेल्टको कार्यकाल सँगै सुधारको क्रम अघि बढ्यो । यसै कालखण्डको सन् १९१४ देखि १९१८ सम्म पहिलो विश्वयुद्ध भयो । सुधारको उक्त सिलसिला सन् १९३९ तिर पूर्ण भएको मानिन्छ । सन् १९३९ देखि १९४५ सम्म दोस्रो विश्वयुद्ध भयो ।

जेम्स क्य्राबट्रीद्वारा लिखित द बिलिनियर्स राजः ए जर्नी थ्रु इन्डियाज न्यू गिल्डेड एज— सन् १९९१ पछि भारतमा चल्दै गरेको पूँँजीवादी यात्राको विवरण हो । पुस्तकले भारतको यस कालखण्डलाई नयाँ गिल्डेड एज को संज्ञा दिएको छ । नयाँ गिल्डेड एज वाक्यांशको प्रयोग पहिलोपल्ट जयन्त सिन्हा र प्राज्ञ आशुतोष भास्र्नीले गरेका हुन् । जयन्त सिन्हा प्रधानमन्त्री मोदीको मन्त्रिमण्डलमा हिजोआज नागरिक उड्डयन राज्यमन्त्रीको पदमा छन् । क्य्राबट्री भन्छन्, “सन् १९४७ मा स्वतन्त्र हुँदाताका भारत विश्व अर्थव्यवस्थासित धेरै नै गाँसिएको मुलुक थियो ।” तर त्यसपछि बिस्तारै भारतको अर्थव्यवस्था राज्य निर्देशित बन्न पुग्यो र विश्व आर्थिक व्यवस्थासित सम्बन्ध कमजोर बन्यो । क्य्राबट्री अगाडि भन्छन्, “राज्य निर्देशित त्यो व्यवस्थामा न त भारतको आर्थिक समृद्धि हुन सक्यो न त त्यहाँको गरीबी नै घट्यो । तर त्यसै कालखण्डमा जापान, दक्षिण कोरिया र पछिल्लो दशकमा चीनले गरीबी घटाए, समृद्ध बने ।”

आर्थिक उदारीकरण र क्रोनी पूँजीवाद
सन् १९९१ मा शुरू भएको आर्थिक उदारीकरणपछि भारत विश्व अर्थप्रणालीसँग फेरि जोडिन थाल्यो । आर्थिक वृद्धिदर माथि पुग्यो । यस अवधिमा भारतले विकासमा निकै सफलता हासिल गरेको छ । क्य्राबट्री भन्छन्, “तर भारतमा क्रोनी क्यापिटालिज्म, धनाढ्यहरूले राजनीतिक पङ्तिसित सम्बन्ध बढाएर फाइदा लिने परिपाटी हाबी भयो, ठूला भ्रष्टाचार भए ।” सन् २०१८ मा हार्पर कोेलिनद्वारा प्रकाशित ३०६ पेजको यो पुस्तकले भारतमा क्रोनी क्यापिटलिज्मले कसरी प्रश्रय पाएको छ भन्ने विवरण प्रस्तुत गरेको छ । अमेरिकी गिल्डेड कालखण्डमा जस्तै भारतमा पनि सुपर धनाढ्यहरू देखा परेका छन् । त्यहाँ बिलिनियर्स अर्थात् अर्बपतिहरूको बोलवाला बढेको छ । सन् १९९१ अगाडि लाइसेन्स राज भनेर चिन्ने भारतको पछिल्लो अवस्थालाई क्य्राबट्रीले बिलिनियर्स राज भनेका छन् ।

अमेरिकाको गिल्डेड कालखण्डका पात्रजस्तै भारतका धनाढ्यले कसरी राजनीतिसितको सम्बन्ध प्रयोग गरी झ्न् धनी भए भन्ने विवरण पुस्तकमा पाइन्छ । पुस्तकमा हामीले दिनहुँ सुन्ने, टेलिभिजनमा हेर्ने र पढ्ने गरेका थुप्रै पात्रहरू यसमा समेटिएका छन् । लेखक पात्रहरूको प्रगति विवरण मात्र दिन्छन्, तिनले ठीक–बेठीक; गरे–गरेनन् भन्नेबारे आफ्नो भनाइ प्रस्तुत गर्दैनन् । क्य्राबट्रीका अनुसार भारतको यो परिवर्तित वास्तविकता सन् १९५० देखि १९९० सम्मको कालखण्ड भन्दा निकै फरक छ । त्यहाँ गान्धी र नेहरू कालखण्डका नेतृत्वले भिन्नै मान्यता बोकेका थिए ।

संस्थागत क्षमता
अमेरिकी गिल्डेड कालखण्डको सन्दर्भ उल्लेख गर्दै, क्य्राबट्री लेख्छन्— त्यो विचलित व्यवस्थाबाट त्राण पाउन अमेरिकीहरूले वस्तुपरक र सामथ्र्यमा आधारित प्रशासनिक व्यवस्था स्थापित गरे, सार्वजनिक सेवाको स्तरमा व्यापक सुधार गरियो । उचित सार्वजनिक नीति बनाइए, लागू गरिए र परिमार्जन पनि । राज्यको क्षमता अभिवृद्धि गरियो । स्यामुयल हन्टिङ्टनको सन् १९६० को लेख उद्धृत गर्दै क्य्राबट्री लेख्छन्, “राज्यको क्षमता अभिवृद्धि भएन भने छिटो आर्थिक वृद्धिले समाजलाई चकनाचूर पार्छ, सामाजिक भिन्नता बढ्छ, उथलपुथल हुन्छन् । तसर्थ राज्यको संस्थागत क्षमता विकास गर्नुको विकल्प छैन ।” संयुक्त राज्य अमेरिका त्यो बाटोमा लाग्यो पनि । यद्यपि हिजोआज त्यहाँ नयाँ राजनीतिक चुनौती देखिएका छन् । पुस्तकमा क्य्राबट्री भन्छन्, “संयुक्त राज्य अमेरिकामा जस्तै भारतमा पनि नयाँ गिल्डेड एज लाई सुधार गर्नु जरूरी छ ।”

हाम्रा आफ्नै खाले चुनौतीहरू भए पनि पुस्तक नेपालको हकमा समेत सान्दर्भिक छ । नेपालमा सामन्तवाद सकिएर पूँजीवाद आयो भन्ने गरिन्छ । पूँजीवादका आफ्नै विशेषता हुन्छन्— प्रतिस्पर्धा, उचित नाफा, चुस्त सेवा, करारप्रति प्रतिबद्धता इत्यादि । तर पूँजीवादले आफूसँग नराम्रा सेनामेना पनि लिएर आउँछ, जसलाई नियमन गर्नु, परिधिमा राख्नु आवश्यक हुन्छ । भारतभन्दा निकै सानो आर्थिक आकार भए पनि हाम्रो मुलुकमा मिनी गिल्डेड एज चल्दै गरेको अनुमान अन्यथा हुँदैन । बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका पनि आफ्नै गिल्डेड एज कथाहरू हुनुपर्छ । यस्ता कथा लेखिएका छैनन् । अनुभवले भन्छन्; ती मुलुकलगायत नेपालमा पनि सुधारका यात्रा शुरू हुनुपर्नेछ ।

हामी अमेरिकाको सिको गर्न खोज्छौं । अमेरिकाको विकास जस्तै हाम्रो पनि विकास हुनुपर्छ भन्ने अपेक्षा राख्छौं । हाम्रा नेताहरू अमेरिका घुम्न जान्छन्, त्यताका विद्वत्वर्गलाई भेट्छन्, त्यहाँ निर्माण भएका पूर्वाधारहरू अवलोकन गर्छन्, अनि हामीले पनि त्यस्तै निर्माण गर्नुपर्छ भन्ने पाठ पढाउँछन् । तर त्यस मुलुकको खास कालखण्डमा राजनीति के–कस्तो थियो, ती कसरी सुधारिएका रहेछन् भन्ने बताउन आवश्यक ठान्दैनन् । हामी पनि व्यवस्था परिमार्जन वा सुधार गर्ने बाटोमा लाग्छौं भन्ने सङ्कल्प गर्दैनन् । शायद, त्यसबारे तिनले जानकारी राख्नु आवश्यक ठानेका छैनन् । नेपालमा समृद्धिका लागि परिवर्तन रचनात्मक होस् भन्ने चाहना राख्ने सबैले द बिलिनियर्स राज पढ्नु उपयोगी हुनेछ ।

एशियाली शताब्दीको आवश्यकता
पश्चिमी मुलुक प्रजातान्त्रिक बन्ने क्रममा विकसित बने, चीन भने प्रजातन्त्र विना नै विकासको बाटोमा लाग्यो । यस अर्थमा, क्य्राबट्री भन्छन्, “भारत फरक छ, भारत प्रजातान्त्रिक व्यवस्था स्थापित गर्दै आर्थिक विकासको बाटोमा अघि लागेको मुलुक हो र यो क्रम जारी रहनुपर्ने छ ।” यसै क्रममा भारतको आकांक्षा छ, विश्व नेतृत्व लिने । लेखक क्य्राबट्रीको निक्र्योल छ, “हिजोआज पश्चिमी मुलुकहरूमा प्रजातन्त्रले दबाब भोग्दै गरेको स्थितिमा भारत प्रजातन्त्रको महत्वपूर्ण सुरक्षाकवच हुन सक्छ ।” आउँदो शताब्दीमा एशियाको वर्चस्व हुने भनिन्छ । क्य्राबट्री भन्छन्, “यस शताब्दीको नायक हुने हो भने प्रजातान्त्रिक भारतको नयाँ गिल्डेड एज, आर्थिक असमानता र क्रोनी पूँजीवाद हटाउँदै गतिशील कालखण्ड हुनुपर्नेछ ।” लेखकको निक्र्योल छ, आउँदो एशियाली शताब्दीको दोस्रो कालखण्डमा प्रजातान्त्रिक भारतले विश्वलाई नेतृत्व गर्ने–नगर्ने भन्ने प्रश्न यस्तो रूपान्तरणमा भरपर्छ ।


जलस्रोतविद् दीक्षित सार्वजनिक नीतिबारे पनि अध्ययन  गर्छन् ।

Monday, November 26, 2018

२०७५ कार्तिक अङ्क, विदेशी यात्रीको आँखाबाट हिमालय क्षेत्र, समीक्षक: श्रेया ज्ञवाली

विदेशी यात्रीको आँखाबाट हिमालय क्षेत्र


पुस्तक: माउण्टेन बाउण्डः राइटिङ्स फ्रम द हिमालय                    सम्पादक: लुसिया डी भ्रिस
प्रकाशक: बज्र बुक्स, काठमाडौं, सन् २०१८                                    पृष्ठ: ४५१+
मूल्य रु. ९६०÷–

समीक्षक: श्रेया ज्ञवाली

प्रस्तुत पुस्तक माउण्टेन बाउण्डः राइटिङ फ्रम दि हिमालय, हिमालय पर्वत शृंखलाबारे विदेशीहरूले लेखेका पुराना लेखहरूको सँगालो हो । पुस्तककी सम्पादक लुसिया डी भ्रिसलाई यो पुस्तक सम्पादन गर्ने प्रेरणा पनि हिमालय पर्वत शृङ्खलाले नै दिएको हो । उनलाई करीब ३० वर्ष अगाडि पाकिस्तानको गिलगिटमा हिमालयले मोहनी लगाएको थियो । तत्पश्चात् उनी हिमाली क्षेत्रको खोजकर्ता बन्ने सपना देख्न थालिन् । सम्पादक डी भ्रिस अघिल्लो पुस्ताका यात्रु जस्तै अन्वेषक बन्न चाहन्थिन् । त्यसै क्रममा तिब्बत भ्रमणको सिलसिलामा ल्हासाको जोखाङ मन्दिर जाँदा उनी बाटोमा हराइन् । फिरन्तेहरूले उद्धार नगरेका भए उनको ज्यानै जान सक्थ्यो । उनका हात–खुट्टा हिउँले खायो, लामो उपचारपछि मात्रै उनी तङ्ग्रिइन् ।

पश्चिमा यात्रु र अन्वेषकहरू किन यता आए र हिमालयले तिनलाई कसरी प्रभाव पा¥यो ? उनी जान्न इच्छुक थिइन् । डी भ्रिसले विगत २०० वर्षयता हिमालय क्षेत्रतिर आएका विदेशी त्यसमा पनि पश्चिमा अन्वेषक र यात्रुहरूबारे खोजतलास थालिन् । पुराना लेख सङ्कलन गर्नु उनको कार्यक्षेत्र हुन थाल्यो । विस्तारै सङ्कलन बढ्न थाल्यो । उनले सङ्कलनलाई पुस्तकको रूपमा प्रकाशन गर्ने निर्णय गरिन् ।

पुस्तकमा हिमालय क्षेत्रका विभिन्न पक्षबारे ४६ जना अन्वेषक र यात्रुका लेख संलग्न छन् । १९औं शताब्दी अर्थात् सन् १८०० देखि १९०० सम्मको १०० वर्षे कालखण्डका २१ वटा लेख छन् । तीमध्ये तिब्बतबारे ८ वटा, भारतबारे ७ वटा, नेपालबारे ४ वटा अनि पाकिस्तान र अफगानिस्तानबारे एक–एक वटा । २०औं शताब्दीका लेखहरूमा तिब्बतसित सम्बन्धित १० वटा, नेपाल सम्बन्धी ८ वटा, भारत ४, पाकिस्तान २ र भूटान सम्बन्धी एउटा लेख पुस्तकमा रहेका छन् । १९औं र २०औं शताब्दीमा हिमाली क्षेत्रको यात्रा गर्नेहरूमा मूलतः ‘मिसनरी’, पर्वतारोही, धार्मिक–आध्यात्मिक खोजमा निस्केका यायावर र ज्याला लिएर काम गर्ने व्यक्तिहरू (मर्सिनरी) पाइन्छन् । एक जना जापानी बाहेक अन्य लेख यूरोपियन र अमेरिकी मूलका छन् । पुस्तकमा लेखहरू मितिअनुसार बढ्दो क्रममा राखिएका छन्; जसले पाठकलाई समय अन्तरालमा हिमाल र यो क्षेत्रबारे विदेशी आगन्तुकको दृष्टिकोण कसरी परिवर्तन भयो बुझन सघाउँछन् ।

सन् १८०० मा कप्तान सामुइल टर्नरले आफ्नो तिब्बत भ्रमणको लेखमा केटाकेटी पन्चेन लामालाई भेटेको प्रसङ्ग उल्लेख गरेका छन् । विस्तारै इष्ट इण्डिया कम्पनीका जासूसहरू यस क्षेत्रमा घुम्न र नक्शा बनाउन थाले । त्यतिञ्जेलसम्म हिमालय क्षेत्रको नक्शा थिएन । जासूसहरू धार्मिक यात्रीको रूपमा आउँथे र नक्शा बनाउँथे । टर्नर आएको समय अर्थात् सन् १८०० मा बेलायतबाट जहाजी यात्रा गर्दै भारत आइपुग्न ६ महीना लाग्थ्यो । जीपीएस जस्ता प्रविधि विकास भएका थिएनन् । त्यसबेलासम्म पश्चिमी विश्वमा यस क्षेत्रका बारे निकै कम जानकारी थियो । आम रूपमा पश्चिमाहरू यहाँका पहाडी भेगतिर जान डराउँथे, पहाडलाई उनीहरू अग्लो; एक्लो र डरलाग्दोे, बिमारी हुने, वनमान्छे र यती भएको क्षेत्र मान्थे । अर्कोतिर स्थानीयहरू पनि विदेशीलाई मन पराउँदैनथे, तिनलाई उनीहरू जासूस र पाखण्डी ठान्थे । ब्रिटिश इष्ट इण्डिया कम्पनीको आगमन र १९औं शताब्दीमा रोयल ज्योग्राफिक समाजको स्थापनापछि यो क्षेत्र घुम्न चाहनेहरूको सङ्ख्या बढ्न थाल्यो । हिमशिखरहरू आरोहण गर्ने सिलसिला शुरू भयो । हिमालयलाई राजनीतिक हिसाबले पनि हेर्न थालियो । रसिया र बेलायती साम्राज्यबीच भएको द्वन्द्वताका हिमाली क्षेत्रलाई महŒवपूर्ण मानियो ।

पुस्तकमा भएका नेपाल सम्बन्धी या नेपाल केन्द्रित १२ वटा लेखमा पाठकले त्यसबेलाको भूगोल, संस्कृति र चालचलनको सजीव चित्रण पाउन सक्छन् । लेखहरूमा काठमाडौं, सगरमाथा र अन्य क्षेत्रका यात्रा विवरण पाइन्छ । हात्ती समात्ने काम, एउटा सैनिकलाई खुकुरीले काटेर मृत्युदण्ड दिइएको विवरण पनि यसमा भेटिन्छ । १९औं शताब्दीका केही यात्रुले यस क्षेत्रका ठाउँहरूको नाम लेखेको अहिले पढ्दा अचम्म लाग्छ । कर्कप्याट्रिक, नेपाललाई ‘नेपौल’ भन्छन् । त्यस्तै तिनले ‘काठमाण्डा’, ‘शूम्भू–नाथ’ (स्वयम्भूनाथ), ‘नागा–अर्जुन’ (नागार्जुन) र ‘फाल्चोक’ (फुल्चोकी) लेखेको भेटिन्छ ।  

आवतजावतमा सुधार भएपछि पश्चिमाहरूलाई पर्यटकको रूपमा यता आउन निकै सहज हुन थालेको छ । धेरैले नेपाल र काठमाडौंलाई आफ्नो वासस्थल नै पनि बनाएका छन् । डी भ्रिसलाई काठमाडौं उपत्यका साह्रै मनपरेको देखिन्छ । तर तीन दशक अगाडिको काठमाडौंको अवस्था र हिजोआजको स्थितिले उनलाई दुःखी बनाएको छ । जथाभावी बनाइएका बाटा र अनियन्त्रित शहरीकरणले नेपालका पहाडहरू समेत आक्रान्त छन् भने जलवायु परिवर्तनले पहाड र यहाँका बासिन्दालाई पहिलेभन्दा बढी जोखिममा पारेको छ । पुस्तकमा डी भ्रिसको आफ्नो लेख पनि समावेश छ । ‘चैते हुरी’ शीर्षकको लेख मध्य नेपालको कुनै गाउँमा बस्ने एउटा दलित माओवादी युवक चन्द्रको कथा हो । द्वन्द्वको समयमा सेनाले चन्द्रको हत्या गर्छ । जात, वर्ग, सामाजिक अन्याय, राज्य व्यवस्था र हिंसाको सम्बन्धलाई त्यो कथाले खोतल्ने प्रयास गरेको छ । पश्चिमी पत्रकारले माओवादी द्वन्द्वबारे लेखेको एउटा संवेदनशील गाथा हो ‘चैते हुरी’ ।

अबको हिमालय क्षेत्र सन् १८०० को जस्तो छैन, व्यापक परिवर्तन भएको छ । हिमाली क्षेत्रका बारे धारणा पनि परिवर्तन हुँदैछन् । अलौकिक हिसाबले हेर्न शुरू भई संस्कृति, रहनसहन, धर्म, समुदायको चासो हुँदै अब विकास, पूर्वाधार, आवतजावतका विषय आउन थालेका छन् । हरेक वर्ष लाखौं पर्यटक यस क्षेत्रमा आउँछन् भने लाखौं नेपाली विदेशमा कार्यरत छन् । यसले पनि हिमालय क्षेत्रको परिकल्पनामा परिवर्तन भएको छ । तर पनि हिमाल लाखौं वर्षअघि जहाँ थियो त्यहीं उभिएको छ, बदलिंदो सामाजिक, राजनीतिक र आर्थिक सन्दर्भ बेहोर्दै नयाँ सम्भावना खोज्दै, नयाँ चुनौती भोग्दै । 

ज्ञवाली मानवशास्त्रकी विद्यार्थी हुन् ।

२०७५ कार्तिक अङ्क, भारत अंग्रेजले बनाएको होइन, समीक्षक: अभिजित शर्मा

भारत अंग्रेजले बनाएको होइन


पुस्तक: एन एरा अफ डार्कनेस : द ब्रिटिश इम्पायर इन इन्डिया
लेखक: शशि थरुर                   प्रकाशक: अलेफ बुक कम्पनी, नयाँदिल्ली, २०१६
पृष्ठ: ३६०+                              मूल्य: भा.रु. ३७५÷–


समीक्षक: अभिजित शर्मा

“हामीलाई पनि भारत जस्तै अंग्रेजहरूले शासन गरेको भए हुन्थ्यो । केही नभए पनि भारतको स्तरसम्म त पुग्थ्यौं होला अहिलेसम्म !”

स्कूल पढ्दा साथीहरूको यस्तो विचार मलाई केही हदसम्म ठीकै लाग्दथ्यो । सामाजिक शिक्षाको किताबमा हामीले ‘गौरवमय इतिहासमा नेपाल कुनै पनि देशको उपनिवेश भएको छैन’ भन्ने पढ्दै आएका थियौं । तर यो ‘गौरवमय इतिहास’ ले के नै दियो र हामीलाई जस्तो लाग्दथ्यो । साथीहरूले भने जस्तै साँच्चिकै नै हाम्रो छिमेकी राष्ट्र भारतलाई जस्तै नेपालमा पनि अंग्रेजहरूले शासन गरेको भए, नेपाल पनि धेरै अगाडि पुग्थ्यो होला । 

मेरो यो सोच त्यतिबेला अझ् प्रगाढ बन्दै गयो, जब म उच्च शिक्षाको लागि दिल्ली गएँ । त्यहाँका ठूला–ठूला बाटा–घाटा, जहाँ जान पनि रेलको सुविधा, विश्वस्तरका शैक्षिक संस्था र सँगै पढ्ने साथीहरूले फरर्र अंग्रेजी बोलेको सुन्दा अंग्रेजहरूले साँच्चिकै नै भारतमा गज्जब ‘लिगेसी’ छोडेका रहेछन् जस्तो लाग्यो ।

तर केही समय अगाडि भारतका चर्चित लेखक एवं राजनीतिज्ञ शशि थरुरद्वारा लिखित ‘एन एरा अफ डार्कनेस’ (अन्धकारको एउटा युग) नामक किताबले मेरो साविकको सोचाइ पूरै बदलिदियो । विश्लेषणात्मक र समीक्षात्मक लेखहरू लेखिरहने अनि फरक धारको विचार प्रस्तुत गर्न माहिर थरुरले आफ्नो गहन अनुसन्धान पछि लेखेको यस किताबमा कसरी अंग्रेजहरूको उपनिवेशका कारण भारतको अर्थतन्त्र, समाज र सम्पूर्ण राष्ट्र नै ध्वस्त हुन गयो भन्ने तर्क प्रस्तुत गरिएको छ । लगभग १०० वर्षको अंग्रेज शासनको दौरानमा भारतले आफ्नो सार्वभौम सत्ता मात्रै गुमाएन, आफ्नो संस्कृति, परम्परा, रीतिरिवाज पनि धेरै हदसम्म गुमाउन पुग्यो । भारतमा अंग्रेजहरूको देन भनिएका कुनै पनि कुरा अंग्रेजहरूले भारतलाई माया गरेर नदिएको, बरु आफ्नो स्वार्थ परिपूर्ति गर्न मात्र दिएको कुरा लेखक थरुरले कहिले रोचक एवं कहिले मार्मिक तथ्यहरू दिएर स्पष्ट पारेका छन् ।

विश्वको शक्ति राष्ट्र बन्ने तर्खर गर्दै रहेको भारतको विकासमा अंग्रेजहरूको ठूलो हात छ भन्ने धेरैको तर्क छ । तर लेखकले यो किताबको शुरूआतमै त्यस कुराको खण्डन गरेका छन् । इष्ट इन्डिया कम्पनीले भारतमा खुट्टा टेक्नुअघि विश्व अर्थतन्त्रमा भारतको २३ प्रतिशत योगदान थियो । अर्थात् भारत त्यसबेला नै आर्थिक रूपमा धेरै समृद्ध थियो र विश्वको शक्ति राष्ट्र बन्न सक्ने क्षमता राख्दथ्यो भन्ने थरुरको दाबी छ । सन् १९४७ मा अंग्रेजहरूले भारत छोड्दा यो आँकडा ३ प्रतिशमा झ्रेको थियो । भारतको अर्थतन्त्रलाई ध्वस्त बनाउन अंग्रेजहरूले खेलेको भूमिका बुझउन शायद योभन्दा राम्रो उदाहरण अरू नहुन सक्छ । उदाहरणको क्रममा लेखकले अंग्रेजी भाषालाई पनि उल्लेख गरेका छन् । भारतको संविधानले समेत आधिकारिक मानेको अंग्रेजी भाषा अंग्रेजहरूकै देन हो भनिन्छ । सरकारी जागिर खाने कर्मचारी हुन् अथवा स्कूल पढ्ने विद्यार्थी, भारतीय नागरिकहरूमा अंग्रेजी भाषाको राम्रो पकड छ । तर यसमा अंग्रेजहरूको कुनै हात नभएको लेखकको कथन छ । अंग्रेजहरूको उद्देश्य भारतीयहरूलाई अंग्रेजीमा पोख्त बनाउने छँदै थिएन । थरुर लेख्छन्, “आफ्नो सरकारी काम गर्न सजिलो होस् भन्ने मनसायले अंग्रेजहरूले केही चुनिएका भारतीयहरूलाई पढ्ने अवसर दिएका थिए ।” यसको साक्षी भारतको न्यून साक्षरता दर हो । सन् १९४७ मा भारतको साक्षरता जम्मा १६ प्रतिशत मात्रै थियो । अर्थात् अंग्रेजले भारतीयलाई अंग्रेजी मात्र होइन केही पनि पढाएनन् भन्ने लेखकको जिकिर छ । 

अंग्रेजको ‘योगदान’ न्यूनीकरण गर्ने क्रममा थरुर अर्को उदाहरण अघि सार्छन्— भारतीय रेलको । सबैभन्दा बढी प्रयोग हुने र गरीबदेखि धनीहरूलाई यातायातको सुविधा दिंदै आएको भारतीय रेललाई धेरैले अंग्रेजको देन भन्ने गरेका छन् । भारतीय रेलको शुरूआत र विस्तार अंग्रेजहरूले नै गरेका थिए भन्ने कुरामा पनि कुनै दुईमत छैन । तर उनीहरूले यसको शुरूआत भारतलाई सहयोग गर्न भनेर पक्कै गरेका थिएनन् भन्ने कुरा लेखकको ठहर छ । यसको निर्माण निम्न वर्गीय र निमुखा भारतीय जनताबाटै उठाइएको करबाट गरिएको थियो । अझ् यसको निर्माण र विस्तारको क्रममा ठूलो भ्रष्टाचार पनि भएको थियो । भारतका लाखौं जनता भोकमरी एवं गरीबीको शिकार भइरहेको बेला उनीहरूबाटै पैसा उठाएर अंग्रेजहरूले आफूलाई चाहिने माल–सामान ओसार्न भारतीय रेलको विस्तार गरेका थिए । यो रेलमा भारतीयहरूलाई तेस्रो श्रेणी बाहेक माथिको श्रेणीमा बस्न समेत दिइँदैनथ्यो ।

भारतलाई अंग्रेजको देन मानिने अर्को ठूलो कुरा हो— भारतको संसदीय प्रणाली र त्यहाँको प्रजातान्त्रिक मूल्य तथा मान्यता । तर यसमा समेत थरुरले आफ्नो फरक धारणा दिएका छन् । भारतको संसदीय प्रणाली साँच्चिकै नै उदाहरणीय भए पनि यो अंग्रेजहरूको देन भने नभएको लेख्छन् उनी । थरुरको विचारमा भारतीय संसदीय प्रणालीलाई मजबूत बनाउने काम अंग्रेजहरूले नभई त्यस बेलाका नेताहरू नेहरू र पटेलले गरेका थिए । अंग्रेजहरूले त उल्टै भारतमा वर्षौंदेखि चलिआएको र गाउँ–गाउँमा भएको प्रजातान्त्रिक पञ्चायती व्यवस्थालाई बिगार्ने काम मात्रै गरे । गाउँ–गाउँमा भएको सभालाई बिथोल्ने काम गरी हिन्दू मुसलमानबीचको दुश्मनी चर्काउनमा अंग्रेजहरूको ठूलो हात रहेको लेखकको दाबी छ । ‘फुटाउ र राज गर’ को नीति अन्तर्गत अंग्रेजहरूले दुई समुदायलाई हरदम एकआपसमा लडाइ रहे । आखिरमा उनीहरूले भारतलाई टुक्र्याइ नै दिए ।

थरुरले किताबमा अंग्रेजले भारतमा स्वामित्व जमाउँदा भएका भोकमरीका घटनाका बारेमा पनि चर्चा गरेका छन् । भारतीय जनतालाई उत्थान गर्ने त परको कुरा, कसरी अंग्रेजहरूले उनीहरूलाई निर्ममतापूर्वक व्यवहार गरे भन्ने दर्साउन लेखकले बंगाल, मद्रास र मुम्बईका भोकमरीहरूको विस्तारमा चर्चा गरेका छन् । अंग्रेजहरूको लापरबाहीका कारण भएका यस्ता भोकमरीमा लाखौं भारतीयले ज्यान गुमाए । विश्व इतिहासमा राजनेता मानिने विन्स्टन चर्चिलले सन् १९३० को दशकको भोकमरीको सन्दर्भ जोडेर भनेको भनाइलाई लेखकले बडो जोड दिएर उल्लेख गरेका छन्, “यत्रो भोकमरी भैसक्यो, ती गान्धी अझ्ै मरेका छैनन् ?”

माथि छलफल गरिएका तर्कहरू किताबमा भएका केही उदाहरण मात्रै हुन् । थरुरले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्र मात्रै नभै विभिन्न अरू क्षेत्रमा समेत अंग्रेजहरूको कसरी प्रभाव रह्यो भन्ने कुरालाई रोचक तरिकाले उठाएका छन् । भारतको दुःखद कालखण्डको तथ्य प्रस्तुत गर्ने क्रममा थरुरको तर्क के पनि छ भने सतहमा देखिने विभिन्न उपलब्धिहरू अंग्रेजहरूको स्वार्थ पूरा गर्ने उपक्रमका सहायक–उत्पादन ९दथ उचयमगअत० थिए । अर्थात्, अंग्रेजहरूले आफ्नो प्रयोजनको लागि ल्याएका भए पनि त्यस्ता प्रविधि र वस्तुबाट भारतीयहरूलाई अप्रत्यक्ष रूपले सहयोग पुग्यो । 

सरल भाषा तर गहन अध्ययन पछि लेखिएको यस किताबले कसरी अंग्रेजहरूको शासन भारतको लागि एउटा कालो कालखण्ड थियो भन्ने कुरा प्रष्ट पार्छ । किताबको अन्त्यमा थरुरले बडो रोचक तरिकाले लेखेका छन्, “आफूले गरेको ज्यादतीको लागि अंग्रेजहरूले भारतलाई क्षतिपूर्ति स्वरूप मुआब्जा दिनुपर्छ । तर त्यो पैसामा भने पक्कै होइन । अंग्रेजले भारतलाई दिन सक्ने सबैभन्दा ठूलो मुआब्जा हो— आफूले गरेको गल्तीहरूका लागि माफी माग्ने ।”

शैक्षिक क्षेत्रमा काम गर्ने शिक्षक तथा विद्यार्थीहरूलाई भने यो किताबको सबैभन्दा ठूलो पाठ हो— कुनै पनि तर्कलाई एउटै आँखाले मात्र हेर्नुहुँदैन, त्यसलाई विभिन्न कोणबाट नियाल्नुपर्दछ । 

राजनीतिक र सामाजिक मुद्दामा रुचि राख्ने शर्मा समसामयिक विषयका टिप्पणीकार हुन् ।

२०७५ कार्तिक अङ्क, नेपाली गार्मेन्ट उद्योगको उत्थान र अवसान, समीक्षक: बिनोद सिजापति

नेपाली गार्मेन्ट उद्योगको उत्थान र अवसान

पुस्तक : डेथ अफ एन इण्ड्रष्टी ः द कल्चरल पोलिटिक्स अफ गार्मेन्ट म्यानुयाक्चरिङ ड्युरिङ द माओइस्ट रिभोलुसन इन नेपाल
लेखक : मल्लिका शाक्य                 प्रकाशक: क्याम्ब्रिज युनिभर्सिटी प्रेस, २०१८
पृष्ठ: १६२+                मूल्य : रु. ९५२÷–

समीक्षक: विनोद सिजापति

औद्योगीकरणलाई आधुनिकीकरणको प्रतिबिम्बको रूपमा हेर्ने चलन छ । अर्थशास्त्रीहरूमाझ् औद्योगिकीकरणको अभावमा आर्थिक विकास सम्भव हुँदैन भन्ने मान्यता छ । ढिलो शुरू गरिएको भए पनि नेपालको औद्योगीकरणको इतिहास झ्ण्डै एक शताब्दी पुरानो भइसकेको छ । तर पनि अर्थतन्त्रमा यस क्षेत्रको योगदान दशकौंदेखि ६ प्रतिशतको हाराहारीमा रुमलिंदैछ । अगाडि बढ्नका निम्ति विगतमा भएका औद्योगीकरणका प्रयासले भोगेका समस्या तथा चुनौतीको सही पहिचान आवश्यक हुन्छ । अन्यथा, वर्तमानमा उठाइने पहलकदमीहरूमा पुराना कमी–कमजोरी दोहोरिने सम्भावना रहन्छ जसले गर्दा विगतकै नियति भविष्यमा पनि भोग्नुपर्ने हुन्छ ।

हाम्रो आर्थिक अवस्थाको वास्तविकता भनेको बजारमा आफ्नै उद्योगबाट उत्पादित वस्तुको अभाव हो । जसले गर्दा आयातित वस्तुहरूको खपत आकाशिंदै जाने क्रम दशकौंदेखि जारी छ । अत्यधिक आयातको दाँजोमा न्यून निर्यातको कारणले गर्दा व्यापार घाटा चुलिंदैछ । उच्च शिक्षा हासिल गरेका अर्थशास्त्री र विकासविद्हरूको उपस्थिति नेपालमा बाक्लिएको छ । तर पनि औद्योगीकरणतर्फ राष्ट्र उन्मुख हुन नसक्नाका कारण पत्ता लगाउने अनुसन्धानहरू विरलै भएका छन् । औद्योगीकरणका नीतिहरूको कार्यान्वयन सम्बन्धी दस्तावेजहरूको समेत अभाव छ । समकालीन औद्योगीकरण विषय केन्द्रित पुस्तकहरू अत्यन्त थोरै प्रकाशन भएका छन् । नेपालको अर्थतन्त्र, औद्योगीकरण तथा विकास विषयहरूमा जे–जति पुस्तक बजारमा पाइन्छन्, अधिकांश अधुरा र सतही छन् । प्रस्तुत पुस्तक तयारी पोशाक (गार्मेन्ट) उद्योगमा केन्द्रित भए पनि यसले विगतमा गरिएको औद्योगिकीकरणका अभ्यासलाई बृहत् आर्थिक, राजनीतिक तथा सामाजिक परिप्रेक्ष्यमा विवेचना गरेको छ । धेरै हदसम्म पुस्तकले हाम्रो आधुनिकीकरण र विकास प्रक्रियाको बिम्ब सफलताका साथ प्रस्तुत गर्दछ ।

पिताबाट माक्र्सवादी विचारधारामा प्रशिक्षित लेखिका डाक्टर मल्लिका शाक्य दिल्लीस्थित साउथ एशिया युनिभर्सिटीको समाजशास्त्र विषयकी प्राध्यापक हुन् । स्कटल्याण्डको ग्लासगो युनिभर्सिटी (अर्थशास्त्रका पिता एड्म स्मिथले त्यहीं अध्यापन गर्दथे) बाट अर्थशास्त्रमा मास्टर्स गरेकी हुन् मल्लिकाले । सन् २००४ मा लण्डन स्कूल अफ इकोनोमिक्स अन्तर्गतको अन्तर्राष्ट्रिय विकास विभागसँग आबद्ध रहेर उनले मानवशास्त्र विषयमा विद्यावारिधि (पीएचडी) गरिन् । त्यसै विभागका तत्कालीन निर्देशक एवं विकासविद् प्राध्यापक जोन हेरिसको सुपरीवेक्षणमा मल्लिकाले नेपालको गार्मेन्ट उद्योगका विषयमा अनुसन्धान कार्य गरेकी हुन्, पीएचडीका निमित्त । त्यस पश्चात् वाशिङ्टनस्थित विश्व बैंकको वाणिज्य विभागमा आबद्ध रहेर आठ वर्ष काम गरिन् । विश्व बैंकको कार्यहरूसँग असहमत भएपछि उनी प्राज्ञिक संसारमा प्रवेश गरिन्— दक्षिण अफ्रिकास्थित युनिभर्सिटी अफ प्रिट्रोरियामा प्राध्यापक भएर । उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोष्ट डक्टरेट समेत गरेकी छिन् । प्राध्यापक मल्लिका— एउटा कुशल अध्यापक एवं अनुसन्धानकर्तामा हुनुपर्ने शैक्षिक पृष्ठभूमि तथा आवश्यक सीपहरूबाट परिपूर्ण छन् ।

विभिन्न समुदाय र समाजहरूमा निहित चारित्रिक विविधताहरूले विकास प्रक्रियामा पर्ने असर तथा त्यस्ता चारित्रिक विशेषताहरूको भूमिका जस्ता विषयमा अध्ययन गर्ने अभिरुचिले गर्दा मल्लिकालाई पीएचडीको विषय रोज्दा आर्थिक–मानवशास्त्र विषयले आकर्षित गरेको हो । डा. मल्लिकाको ध्यान नेपाली गार्मेन्ट उद्योगमा केन्द्रित हुनाको प्रमुख कारण चाहिं ‘गार्मेन्ट उद्योगको अवसान निश्चित छ’ भन्ने त्यस बेलामै व्याप्त धारणा प्रमुख रहेको बुझ्न्छि । के कति कारणले गर्दा नेपालको गार्मेन्ट उद्योग धरासाय उन्मुख भएको हो भनेर पत्ता लगाउने तीव्र इच्छा उनको कामबाट झ्ल्किन्छ । लेखकको करीब १४ वर्ष लामो लगाव तथा निष्ठाको परिणाम हो प्रस्तुत पुस्तक । पुस्तक पढ्दा प्रष्ट हुन्छ— डा. मल्लिका नेपालको तयारी पोशाक (गार्मेन्ट) उद्योग तथा त्यसको व्यापारलाई प्रतिनिधि पात्रको रूपमा उभ्याएर खासमा देशको समकालीन आधुनिकीकरण प्रक्रियाको अध्ययनमा जुटेकी छन् । माक्र्सवादी चिन्तनको गहिरो प्रभावका कारणले गर्दा हुन सक्दछ; आधुनिकीकरणका चुनौती र समस्याको विश्लेषण तथा पहिचानका निमित्त उनले माक्र्सवादी चश्मा पहिरिरहेको झ्झ्ल्को भेटिन्छ ।

सन् ६० को दशकमा अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने नेपाल निर्मित वस्तुहरूमा ऊनी कार्पेट प्रमुख थियो । निर्यात व्यापारमा ७० को दशकदेखि कार्पेटसँग प्रतिस्पर्धा गर्न थालेको हो तयारी पोशाक (गार्मेन्ट) ले । गार्मेन्ट विषय केन्द्रित पुस्तक समीक्षा गर्दा यहाँ कार्पेटको प्रसंग निकाल्नुको कारण यी दुवै उद्योग समुद्रपारबाट आयातित कच्चा पदार्थ (कार्पेटका निमित्त ऊन र गार्मेन्टका निमित्त कपडा) प्रशोधन गरेर तयारी उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने भएको हुनाले हो । कार्पेट निकासी पूर्वको कालखण्डको मान्यता थियो— भौगोलिक कारण (भूपरिवेष्टित) ले गर्दा नेपालमा औद्योगीकरण सम्भव छैन । सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष सन् १९७४÷७५ मा रु.८० करोडको कार्पेट र रु.१० करोड ३० लाख बराबरको गार्मेन्ट निर्यात भएको देखिन्छ । दश वर्षपछि अर्थात् सन् १९८४÷८५ मा भने गार्मेन्टको निर्यातले कार्पेटलाई उछिनिसकेको थियो । त्यस आर्थिक वर्ष रु.४७० करोडको गार्मेन्ट र रु.३८० करोड मूल्य बराबरको कार्पेट निकासी भएको थियो । मल्लिकाले वर्णन गरे जस्तै गार्मेन्ट उद्योग र त्यसको व्यापारले दुई दशकभन्दा लामो अवधिसम्म हाम्रो निर्यात व्यापारमा अहम् भूमिका मात्र खेलेको होइन यसको उपस्थिति काठमाडौंमा जताततै देखिने गर्दथ्यो ।

प्रस्तुत पुस्तकको अध्ययन अवधि प्रजातन्त्रको पुनस्र्थापनसँगै राष्ट्रले विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा प्रतिपादित नवउदारवादी आर्थिक सिद्धान्त अर्थात् प्रतिस्पर्धात्मक बजारमा आधारित खुला आर्थिक नीति (जसलाई ‘वाशिङ्टन कन्सेन्सस’ पनि भनिन्छ) अवलम्बन गरे पश्चातको १८ वर्ष (१९९२ देखि २००९) हो । पुस्तकको पृष्ठ २३ मा उक्त अवधिमा गार्मेन्ट निकासी सम्बन्धी तथ्याङ्कहरूको एउटा अति रोचक ‘ग्राफ’ छ, जसको आकार मल्लिकाका शब्दमा ‘हिमालको उतारचढाव’ सँग मिल्दोजुल्दो छ । सन् १९९२ देखि उकालो लागेको निर्यात व्यापार सन् १९९९ मा टाकुरामा पुगेर ओरालो लाग्न थाल्यो । सन् २००० मा पुनः उकालो लाग्न थालेको थियो, तर सन् २००२ मा अर्को तर होचो चुचुरोमा पुग्यो अनि तीव्र गतिमा ओरालो लाग्यो । सन् २००९ सम्म आइपुग्दा स्थिति शून्यको हाराहारीमा झ्रेको थियो ।

प्रा. शाक्यले झ्ण्डै दुई दशक लामो (१९९०–२००९) अवधिमा नेपाली गार्मेन्ट उद्योगको उत्थान तथा अवसानका कारणहरूको विस्तृत रूपमा वर्णन गरेकी छन् पुस्तकमा । यस प्रयासमा तिनले बलियो अर्थशास्त्रीय ज्ञानको जगमा उभिएर मानवशास्त्रीय औजारहरूको प्रयोग गरेकी छन् भन्दा उपयुक्त हुन्छ । पुस्तकको शुरूमा उनले उल्लेख गरेको प्रा. डेभिड गिल्नरको भनाइ ‘मानवशास्त्रीले आफ्नो कार्य किन र के कारणले गरेको’ लाई पुस्तकको शुरूदेखि अन्त्यसम्म अविचलित रूपमा आत्मसात् गरेकी छन् । तिनले आफूले उठाएका तर्क र मुद्दाहरूको सैद्धान्तिक व्याख्यासँगै स्थितिको सूक्ष्म विश्लेषण पनि प्रस्तुत गरेकी छन् । अनुसन्धानको क्रममा तिनले गार्मेन्ट उत्पादन प्रणालीको अध्ययन कार्यमा आफूलाई प्रत्यक्षदर्शीको भूमिकामा मात्र सीमित तुल्याइनन् बरु प्रशोधन, उत्पादन, बजार पहँुच र उद्योग व्यवस्थापन जस्ता प्रत्येक चरणका कार्यहरूमा पनि सहभागी भएर अध्ययन गरिन् । उद्यमीदेखि डिजाइनर, व्यवस्थापक, श्रमिकहरूसँगको सहवास तथा व्यक्तिगत मित्रता स्थापित गरेर उद्योग संचालन र त्यसमा संलग्न ‘एक्टरहरू’ को भूमिका तथा तिनले सामना गरेका चुनौती केलाउने कार्य उनले बडो कुशलतापूर्वक सम्पादन गरेकी छन् ।

त्यसैगरी; गार्मेन्ट उद्योगको प्रवद्र्धन र पतनमा सो उद्योगसँग सम्बन्धित निकाय, संगठन तथा व्यक्तिहरूको धारणा बुझनका निमित्त लेखकले काठमाडौंदेखि वाशिङ्टनसम्मका यात्रा गरिन् । उनले उत्पादन वितरण, व्यवस्थापनदेखि उत्पादित वस्तुहरू पुग्ने स्थानहरूसम्मको धारणा र अवस्थाको सूक्ष्मतम अध्ययन गरेकी थिइन् । संक्षिप्तमा भन्नु पर्दा, पुस्तकको शुरूआतमा लेखकले उल्लेख गरे जस्तै प्रस्तुत पुस्तक नेपालको गार्मेन्ट उद्योग अवसान हुनाका कारणहरूको खोजको उपज पनि हो । त्यसकारण पुस्तक पढ्दै गर्दा आभास हुन्छ, लेखकले अत्यन्त मूल्यवान ‘प्रोग्रेसिभ लेन्स’ भएको चश्मा पहिरिएकी छन् । तिनले टाढा तथा नजिकबाट समस्याको अध्ययन र अनुसन्धान गरेकी छन् । गार्मेन्ट उद्योगको उतारचढावसँग गाँसिएका ‘एक्टरहरू’को मानवीय जीवनका विभिन्न आयामलाई उनले राम्ररी नियालेर प्रस्तुत गरेकी छन् । अमेरिकी बजारमा भएको माग र नेपालबाट भएको आपूर्ति कार्यमा भएका सैद्धान्तिक धरातल तथा उत्पादन, उत्पादक अनि उत्पादित वस्तुहरूको गुणमा मात्र सीमित छैन पुस्तक, यसमा गहिरिएर उत्पादन प्रणाली र बजार व्यवस्थापनका चुनौतीहरू पनि समेटिएको छ । जसले गर्दा नेपाली गार्मेन्ट उद्योग फस्टाउने र अस्ताउने कार्यमा अमेरिकी व्यापार नीतिले अहम् भूमिका निभाएको तथ्य छरपस्ट हुन्छ ।

अधिकांश स्वदेशी तथा विदेशी अर्थशास्त्रीहरू (खासगरी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग आबद्ध) ले जस्तो हार्वर्ड विश्वविद्यालयका अष्ट्रिया मूलका प्रोफेसर सुम्पिटरको ‘क्रिएटिभ डिस्ट्रक्सन’ उद्धृत गर्दै नेपालको गार्मेन्ट उद्योगको अवसान निश्चित भएको निष्कर्षसँग लेखक असहमति जनाउँछिन् । अर्थात् बजारको माग र आपूर्तिको स्थितिले मात्र यस उद्योगलाई धरासायी तुल्याएको होइन भन्ने तिनको जिकिर छ । अमेरिकी सरकारले आफ्नो विश्व बजारमा दूरगामी प्रभुत्व जमाउने व्यापार नीति (जसलाई ‘मल्टी फाइबर एग्रिमेन्ट’ एमएफए भनिन्छ) अवलम्बन गर्नुलाई लेखकले नेपाली गार्मेन्ट उद्योग धरासायी हुनुको प्रमुख कारक हो भन्ने निष्कर्ष निकालेकी छन् । ‘एमएफए’ ले विकासशील मुलुकहरूबाट उत्पादन हुने गार्मेन्टहरूको कोटा तोकेर चिनियाँ र भारतीय उद्योगबाट उत्पादित लत्ता–कपडाहरूको अमेरिका प्रवेशलाई निषेध गरेको थियो । ‘एमएफए’ को अन्त्य भए पनि लेखक ‘वल्र्ड ट्रेड अर्गनाइजेसन’ को स्थापनालाई उही पुरानो अमेरिकी वाणिज्य नीतिको निरन्तरता मान्छिन् ।

नेपाल सरकारको प्रशासकीय निकायका जिम्मेवार अधिकृतहरूमध्ये अधिकांशको ‘माइन्ड सेट’ के थियो भने— ‘यो उद्योगमा ‘एमएफए’ द्वारा नेपाललाई प्रदत्त गार्मेन्ट कोटाको सहुलियत लिनका निमित्त भारतीय लगानीकर्ताहरूले लगानी गरेका छन्; यसबाट नेपाललाई खासै ठूलो फाइदा छैन; त्यसैले भारतीय कामदारहरूलाई फाइदा पु¥याइरहेको यो उद्योगको अवसानले नेपाली अर्थतन्त्रलाई कुनै प्रतिकूल असर पर्दैन ।’ यसरी गार्मेन्ट उद्योगले अर्थतन्त्रमा गरेको योगदान र उक्त उद्योगको उपस्थितिले जनजीवनमा पारेका असरहरूलाई उच्च ओहोदामा रहेका नीतिनिर्माताहरूले अनदेखा गरे पनि लेखक त्यसलाई गार्मेन्ट उद्योगको अवसानको कारक भने मान्दिनन् । डा. शाक्यले आफ्नो अनुसन्धानको क्रममा गार्मेन्ट उद्योगलाई नेपालकै आर्थिक–सामाजिक संरचनाको इन्द्रधनुषको रूपमा प्रस्तुत गरेको अनुभव हुन्छ । यस उद्योगमा विभिन्न जातजातिका मानिसहरूको संलग्नता थियो । निश्चय पनि केही उत्तर भारतीय मजदूरहरूको पनि उपस्थिति थियो । भारतीय उद्यमीहरूको लगानी पनि थियो । त्यसैगरी गार्मेन्ट उद्योगमा आयातित प्रविधिले ठूलो भूमिका खेलेको पनि थियो । तर यी कारणहरूले गर्दा नै उद्योग धरासायीमा परेको भन्ने धारणासँग भने डा. शाक्य असहमति जनाउँछिन् ।

मल्लिकाले गार्मेन्ट व्यवसायमा भएका दुई प्रकारका उद्योगहरू —परम्परामा आधारित र नयाँ प्रविधि तथा उपकरणहरूमा आधारित— को छुट्टाछुट्टै अध्ययन गरेकी छन् । तिनको निष्कर्ष छ, दुवै किसिमका उद्योगहरू एकै पटक धरासायी भएका हुनाले ‘परम्परागत नभएको हुनाले गार्मेन्ट उद्योग धरासायी’ भएको भन्ने एकथरीको मान्यतालाई उनी गलत ठान्छिन् । बरु उनको निष्कर्ष छ, आधुनिकीकरण प्रक्रियालाई अगाडि बढाउनका निम्ति परम्परादेखि चलिआएका उद्योगहरू नै हुनु आवश्यक छैन । हङकङ, सिंगापुर, ताइवान तथा दक्षिण कोरिया आदिमा झ्ैं नयाँ प्रविधिको उपयोगले विकास प्रक्रियालाई गति दिन सक्दछ । लामो अवधिसम्म कायम रहँदै आएको राजनीतिक अस्थिरता र लम्बिंदै गएको संक्रमणकाल तथा माओवादी हिंसाको प्रभावले पनि गार्मेन्ट उद्योगलाई नकारात्मक प्रभाव पारेको उनको निष्कर्ष छ । नेपालको ट्रेड युनियन आन्दोलन सशक्त भएका कारणले गार्मेन्ट उद्योग धरासायी भएको मान्यता राख्नुको पनि मल्लिका तुक देख्दिनन् । मल्लिकाको अनुसन्धान अनुसार उद्योगहरू धरासायीमा पर्न थालेपछि मात्र श्रमिकहरू अन्योलमा परे । त्यस अवस्थामा स्थापित नेपाली कांग्रेस पार्टी र एमाले पार्टी समर्थित युनियनहरू अकर्मण्य हुन पुगे जसले गर्दा श्रमिकहरूको आकर्षण माओवादी ट्रेड युनियनतर्फ गयो । त्यतिन्जेलसम्म अर्थात् एकपछि अर्को उद्योगमा ताल्चा लाग्न थालेपछि अधिकांश मजदूरहरूमध्ये धेरैका निम्ति ‘जो हात सो साथ’ भन्ने मनोवैज्ञानिक सोच पनि हावी भएको थियो ।

मल्लिकाको मानवीय संवेदनशीलता पुस्तकको शुरूआत र अन्त्यतिर पुग्दा छताछुल्ल हुन्छ । गार्मेन्ट उद्योगको अवसानपछिको कालखण्डमा विस्थापित व्यवसायी तथा मजदूरहरूसँग तिनी सम्पर्कमा पुग्छिन् । पलायन हुने उद्योगपतिहरूमध्ये कति अमेरिकामा सानातिना व्यवसायमा अल्झ्ेर गुजारा गर्न थालेको तिनले पाइन् । नेपालमै पनि कति अन्य व्यवसायमा लागेको तिनले भेटिन् । मजदूरहरूमध्ये कति विदेश पलायन भए भने कति श्रमिक तथा जग्गा दलाली व्यवसायमा लागेका तिनले भेटिन् । यस प्रक्रियामा तिनले पलायन हुनेहरूको करुणामय गाथा पुस्तकमा समेटेकी छन् । उनी रोष प्रकट गर्छिन्— नेपाली तथा विदेशी बौद्धिक क्षेत्रप्रति— जसको ध्यान नेपाली गार्मेन्ट उद्योगतर्फ आकर्षित भएन । अन्य मुलुकका गार्मेन्ट उद्योगहरूमा श्रमिकको अवस्थाका विषयमा थुप्रै अनुसन्धान भए तर पनि नेपाली गार्मेन्ट उद्योगका विषयमा त्यस्ता अध्ययन अनुसन्धानकर्ताहरूको ध्यान नै गएन । डा. शाक्यले यस्तो परिस्थिति हुनाका कारण भने खोतलेकी छैनन् ।

पुस्तक गहन छ । कुल १६२ पृष्ठको पुस्तकमा अटेसमटेस गरेर अटाएका विषय र उठान गरेका मुद्दा अत्यन्त खँदिला छन् । प्रयोग गरिएको भाषा सरल हुँदाहँुदै पनि प्रत्येक शब्द चयनमा त्यसको उपयोगिता र सान्दर्भिकताले महŒव पाएको देखिन्छ । पुस्तकमा समेटिएका विषयहरूले गार्मेन्ट उद्योगलाई केन्द्रविन्दुमा राखे पनि यसले हाम्रा विगतका औद्योगीकरणका प्रयासहरू सफल हुन नसक्नाका कारणहरू उजागर गरेको छ ।

पुस्तक पढिसक्दा सोच्ने प्रमुख विषय भनेको, यति धेरै अध्ययन अनुसन्धान गर्न सक्षम व्यक्तिले आफ्नो ध्यान किन रोगको पहिचानमा मात्र सीमित तुल्याइन् भन्ने हो । डा. मल्लिकाले संकटमा परेका उद्योगहरूलाई ‘रेस्क्यु’ गर्ने अथवा निदानका उपाय; अझ् भनौं ‘प्रेस्क्रिप्सन’ पस्किन किन कन्जुस्याइँ गरेकी होलिन् ? निश्चय पनि समाजशास्त्रीहरूमध्ये ‘नोरम्याटिभ’ स्कूलिङमा हुर्केका र विशेषगरी मानवशास्त्रीहरू समस्याको जरामा पुगेर तिनलाई पस्कने गर्दछन् । अनि नीतिनिर्माताहरूलाई नीतिनिर्माण गर्दा आफ्नै विवेक प्रयोग गर्न छोड्ने तिनको परम्परा छ । यस परम्परालाई प्राध्यापक शाक्यले पनि निरन्तरता दिएकी हुन सक्छिन् । यता हाम्रो संस्कार भने, विना कुनै अनुरोध हत्तपत्त समाधानका रायसल्लाहहरू व्यक्त गर्ने हो ।

यदि पुस्तकको वर्णनलाई व्यापारिक प्रयोजन नसम्झ्ने हो भने यो पुस्तक विरलै पाइने नेपाली लेखकहरूले लेखेको अन्तर्राष्ट्रियस्तरको कृति हो । अध्यापन, अनुसन्धान र ज्ञान वृद्धिका लागि जो–कोहीका निम्ति पनि अत्यन्त लाभदायी छ, पुस्तक । समाजशास्त्र, मानवशास्त्रका विद्यार्थीका निम्ति पुस्तक अत्यन्त उपयोगी सिद्ध हुने पनि निश्चित छ । जुनसुकै विधाका भए पनि नेपाली आधुनिकीकरण प्रक्रिया सम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरूका निम्ति त उपयोगी सावित हुने छँदैछ । 

सिजापति विकास, अर्थशास्त्र र शरणार्थी व्यवस्थापनका विज्ञ हुन् ।

Sunday, August 26, 2018

२०७५ भदौ अङ्क, जात, धर्म र विद्रोहको अन्तरसम्बन्ध, समीक्षक: आदित्य अधिकारी


जात, धर्म   विद्रोहको अन्तरसम्बन्ध


पुस्तक: एन्टस् अमङ्ग इलिफ्याण्टस् आएन अनटचेबल फेमिली एण्ड मेकिङ्ग अफ मोडर्न इण्डिया
लेखकसुजाथा गिड्ला                    प्रकाशक : फरार्र स्टे«अस, जिरोक्स   पृष्ठ:३२०+   मूल्य१३ यूएस डलर

समीक्षक:आदित्य अधिकारी

संस्मरण विधामा लेखिएको महŒवपूर्ण पुस्तक हो, एन्टस् अमङ्ग इलिफ्याण्टस् आएन अनटचेबल फेमिली एण्ड मेकिङ्ग अफ मोडर्न इण्डिया पुस्तकले आन्ध्रप्रदेश, भारतको एक दलित परिवारको तीन पुस्ताको कथालाई समेटेको पुस्तकमा जातकै कारण अलगथलग पारिएका मान्छेको जीवन तिनको संघर्ष प्रस्तुत साथै, पुस्तकबाट पाठकले भारतको सन् १९४० यताको स्वतन्त्रता आन्दोलन, त्यसपछिका भाषामा आधारित राज्य सम्बन्धी अन्य अभियान तेलंगानाको वामपन्थी आन्दोलन पछि गएर कसरी माओवादी आन्दोलन बन्न पुग्यो भन्ने पर्याप्त विवरण जानकारी पाउँछन् दलित समुदायको हेराइमा आधारित भएर प्रस्तुत गरिएको यस किताबको विवरण भारतको इतिहासबारे लेखिएका परम्परागत प्रस्तुतिभन्दा भिन्न

झ्ण्डै ५० वर्षको कालखण्ड समेटेको यो पुस्तकका दुई सूत्रधार हुन्लेखकका मामा के.जी. सत्यमूर्ति आमा मञ्जुला सत्यमूर्ति मञ्जुलाको जन्म तिनको जात समुदायका आम सदस्यको भन्दा सम्पन्न सामाजिक परिवेशमा भएको थियो तिनका अभिभावकले क्रिश्चियन धर्म अँगालेका थिए सन्तानको शिक्षाका लागि समर्पित थिए यो पुस्तकले पछिल्ला दिनमा भारतमा दलितहरूले किन क्रिश्चियन धर्म रुचाएका छन् भन्ने प्रश्नको जवाफका रूपमा थुप्रै कारण दृष्टान्त प्रस्तुत गरेको त्यस्ता धेरैमध्ये एउटा कारण वस्तुगत फाइदा हो क्रिश्चियन समुदायले नयाँ सदस्यहरूलाई शिक्षा पाउन सहयोग उपलब्ध गराउँछन् जसले तिनलाई आधुनिक अर्थ व्यवस्थामा सहभागी हुन सक्षम बनाउँछ साथै, लेखक गिड्ला के पनि भन्छिन् भने— ‘ईश्वरको सामु हरेक व्यक्तिबीच समानतालाई महŒ दिएर क्रिश्चियन धर्मले दलितहरूलाई एक किसिमको सम्मान दिन्छ

तर युवा अवस्थामा प्रवेश गरेपछि लेखकका मामा सत्यमूर्ति क्रिश्चियन धर्म परित्याग गर्छन् सो धर्मले सिकाएको नम्रता डर मान्ने व्यवहारलाई उनी मन पराउँदैनन् उनी सानै उमेरदेखि राजनीतिक संघर्षमा संलग्न थिए, बेलायतबाट भारतलाई स्वतन्त्र तुल्याउने आन्दोलनमा समेत तर पछि तेलंगानाका निजामसित संघर्ष शुरू भएपछि उनी साम्यवादी बन्छन् उनी जस्ता दलितका लागि त्यहाँ साम्यवादले क्रिश्चियन धर्मको स्थान लिन थाल्छ, आफ्नो सामाजिक हक दाबी गर्न सत्यमूर्ति झ्न् समर्पित साम्यवादी अभियानकारी पछि गएर भूमिगतपिपुल्स वार ग्रुपको माथिल्लो तहको नेता बन्छन् दक्षिण भारतीय साम्यवादी आन्दोलनको संस्कृति विरासत, त्यसले स्टालिन माओप्रति राख्ने दृष्टिकोण; त्यो आन्दोलनलाई सहयोग गर्ने कवि, लेखक भारतीय राज्य व्यवस्थासित सम्बन्धको विवरण बुझन प्रस्तुत पुस्तक निकै उपयोगी

सत्यमूर्ति पुस्तकको एउटा महŒवपूर्ण पात्र भए पनि त्यसको वास्तविक नायक चाहिं लेखककी आमा मञ्जुला हुन् केटाकेटी उमेरदेखि नै मञ्जुला आफ्नो दाजु के.जी. सत्यमूर्तिबाट प्रभावित थिइन् उनको राजनीतिलाई पनि पछ्याउँथिन् पिताले मञ्जुलालाई अध्ययन गर्न प्रोत्साहन गर्छन् मञ्जुलाले बनारस हिन्दू विश्वविद्यालयबाट इतिहास विषयमा डिग्री हासिल गर्छिन् तर महिला भएको हुँदा उनले आफ्ना दाजुभाइ जस्तो स्वतन्त्रता पाउँदिनन् पितृसत्तात्मक समाजका नियम कानूनबाट उनी बाँधिन्छिन् आफ्ना दाजुभाइ श्रीमान्को परिवारको प्रभुत्व स्वीकार्छिन् पतिको घरको सास्ती छोराछोरी हुर्काउन उनले भोग्नु परेको पीडालाई पुस्तकले संवेदनशील ढंगले प्रस्तुत गरेको

गिड्लाको लेखनको सबैभन्दा सबल पक्ष उनको निरन्तर खोजपड्ताल गर्ने त्यसलाई विश्लेषणात्मक ढंगले प्रस्तुत गर्ने जाँगर सीप हो माक्र्सवादबाट प्रभावित भए पनि पुस्तकमा त्यो विचारधारा प्रस्तुत गर्न उनी त्यति चासो देखाउँदिनन् उनी आफ्नो कलमलाई आफ्ना मामा, आमा अरू सम्बन्धितहरूको जीवनका कथा कोर्न प्रयोग गर्छिन् पुस्तकको शुरूमा उनी आफ्नो शोध विधि बताउँछिन् धेरै वर्षसम्म उनले पुस्तकका पात्रहरूबारे अरूसित गरेका छलफल रेकर्ड गरिन् अन्तर्वार्तालाई लिपिबद्ध गरेपछि उनका ती पात्रका जीवनका विभिन्न पाटाबारे थप अध्ययन खोजबिन गरिन् शायद यसैकारण, इतिहासका अन्य पुस्तकमा नपाइने गहिरोपन गिड्लाको शब्दविन्यासमा पाइन्छ

आफ्ना समुदायका सदस्यले भोगेका पीडाबारे लेख्न पनि गिड्ला त्यति चासो देखाउँदिनन् हो, जात उनको आख्यानको केन्द्रविन्दुमा त्यसमा भारतीय समाजमा रहेको दलितको स्थितिबारे आक्रोश पनि भेटिन्छ तर गिड्ला भारतीय समाजमा विद्यमान सामाजिक दमनको मात्र कुरा नगरी, २०औं शताब्दीको भारतका विभिन्न पक्षबारे चर्चा गर्छिन् उनी दलितहरूलाई पीडितको रूपमा मात्र मान्न तयार छैनन्, उनका पात्रहरू विश्वका सक्रिय सहभागी हुन् जसलाई उनी दयाको आँखाले हेर्दिनन् आफ्ना नातेदारबारे लेख्दा गिड्ला भिन्नै बाटो लिन्छिन् उनी तिनको गल्ती कमीकमजोरीबारे जति स्पष्ट छिन् त्यति आफ्नो जातको कारण भोग्नु परेको वास्तविकताका बारे पनि छन्

समग्रमा हेर्दा, यो पुस्तकले व्यापक सन्दर्भलाई समेटेको पीडा दुःख तर ठट्टा, सम्झ्ना, दृढ अठोट खुशियाली ! पुस्तकको एउटा खण्डमा उनका मामाको विवाहको चर्चा सो विवाह भोजबारे लेख्दै गिड्ला दलित समुदायका पुरुषहरूले एउटा सुँगुर कसरी मारे, अनि खाए भन्ने विवरण दिन्छिन् सुँगुर मार्न अघिसरेका सबै मान्छे त्यो थाकेर नमरेसम्म खेदिरहन्छन् धेरै लेखकले यस्ता घटनालाई सामान्य मान्दै खासै महŒ दिंदैनन् तर लेखक गिड्लाका अनुसार सुँगुरलाई लखेट्ने क्रम, उनीहरूको समुदायको यो एउटा महŒवपूर्ण अवसर हो

लेखक गिड्ला आफैं पनि पुस्तकमा एउटा छोटो भूमिका भएकी पात्र हुन् उनले आफ्नो बाल्यकाल आफ्नी आमाका बारेमा तेस्रोव्यक्ति (थर्ड पर्सन) का रूपमा अर्थात् तृृतीय पुरुषमा लेखेकी छन् पुस्तकको पछिल्लो भागमा आएर मात्रै उनी आफैं (प्रथम व्यक्ति) भएर लेख्छिन् आफ्ना मामा जस्तै उनी पनि पिपुल्स वार ग्रुपकी सहयोगी बन्छिन् आमाको प्रोत्साहन पाएर अध्ययनमा अब्बल उनी वाराङ्गलमा इन्जिनियरिङकी विद्यार्थी बन्छिन्, त्यसपछि मद्रासस्थित इन्डियन इन्ष्टिच्यूट अफ टेक्नोलोजीकी आईआईटी, मद्रासको अध्ययन पूरा गरेपछि उनले संयुक्त राज्य अमेरिकामा अध्ययन गर्न जाने छात्रवृत्ति पाइन्

अमेरिका जानुअघिको उनको जीवनबारे पनि पुस्तकमा केही विवरण छन् लामो समय उनी न्यूयोर्कको एउटा बैंकमा कार्यरत रहिन् सन् २००८ को वित्तीय सङ्कटको समयमा उनको जागिर गयो हिजोआज उनी न्यूयोर्क शहरको मेट्रोमा काम गर्छिन् उनी भन्छिन्, यसले उनलाई आत्मसन्तुष्टि दिन्छ पुस्तकको दोस्रो संस्करणमा काम गर्दैछु भनेकी छिन्, गिड्लाले यस संस्करणबाट उनी आफूबारे लेख्न त्यति अनकनाउने छैनन् भन्ने अपेक्षा गर्न सकिन्छ निश्चय पनि उनको आफ्नै अनुभव जीवनको यात्रा दिशा उपयोगी खुराक हुनेछ

अधिकारी बूलेट एण्ड ब्यालोट बक्स स्टोरी अफ नेपाल्स माओइष्ट रिभ्योल्युसनपुस्तकका लेखक हुन्