Sunday, August 26, 2018

२०७५ भदौ अङ्क, जात, धर्म र विद्रोहको अन्तरसम्बन्ध, समीक्षक: आदित्य अधिकारी


जात, धर्म   विद्रोहको अन्तरसम्बन्ध


पुस्तक: एन्टस् अमङ्ग इलिफ्याण्टस् आएन अनटचेबल फेमिली एण्ड मेकिङ्ग अफ मोडर्न इण्डिया
लेखकसुजाथा गिड्ला                    प्रकाशक : फरार्र स्टे«अस, जिरोक्स   पृष्ठ:३२०+   मूल्य१३ यूएस डलर

समीक्षक:आदित्य अधिकारी

संस्मरण विधामा लेखिएको महŒवपूर्ण पुस्तक हो, एन्टस् अमङ्ग इलिफ्याण्टस् आएन अनटचेबल फेमिली एण्ड मेकिङ्ग अफ मोडर्न इण्डिया पुस्तकले आन्ध्रप्रदेश, भारतको एक दलित परिवारको तीन पुस्ताको कथालाई समेटेको पुस्तकमा जातकै कारण अलगथलग पारिएका मान्छेको जीवन तिनको संघर्ष प्रस्तुत साथै, पुस्तकबाट पाठकले भारतको सन् १९४० यताको स्वतन्त्रता आन्दोलन, त्यसपछिका भाषामा आधारित राज्य सम्बन्धी अन्य अभियान तेलंगानाको वामपन्थी आन्दोलन पछि गएर कसरी माओवादी आन्दोलन बन्न पुग्यो भन्ने पर्याप्त विवरण जानकारी पाउँछन् दलित समुदायको हेराइमा आधारित भएर प्रस्तुत गरिएको यस किताबको विवरण भारतको इतिहासबारे लेखिएका परम्परागत प्रस्तुतिभन्दा भिन्न

झ्ण्डै ५० वर्षको कालखण्ड समेटेको यो पुस्तकका दुई सूत्रधार हुन्लेखकका मामा के.जी. सत्यमूर्ति आमा मञ्जुला सत्यमूर्ति मञ्जुलाको जन्म तिनको जात समुदायका आम सदस्यको भन्दा सम्पन्न सामाजिक परिवेशमा भएको थियो तिनका अभिभावकले क्रिश्चियन धर्म अँगालेका थिए सन्तानको शिक्षाका लागि समर्पित थिए यो पुस्तकले पछिल्ला दिनमा भारतमा दलितहरूले किन क्रिश्चियन धर्म रुचाएका छन् भन्ने प्रश्नको जवाफका रूपमा थुप्रै कारण दृष्टान्त प्रस्तुत गरेको त्यस्ता धेरैमध्ये एउटा कारण वस्तुगत फाइदा हो क्रिश्चियन समुदायले नयाँ सदस्यहरूलाई शिक्षा पाउन सहयोग उपलब्ध गराउँछन् जसले तिनलाई आधुनिक अर्थ व्यवस्थामा सहभागी हुन सक्षम बनाउँछ साथै, लेखक गिड्ला के पनि भन्छिन् भने— ‘ईश्वरको सामु हरेक व्यक्तिबीच समानतालाई महŒ दिएर क्रिश्चियन धर्मले दलितहरूलाई एक किसिमको सम्मान दिन्छ

तर युवा अवस्थामा प्रवेश गरेपछि लेखकका मामा सत्यमूर्ति क्रिश्चियन धर्म परित्याग गर्छन् सो धर्मले सिकाएको नम्रता डर मान्ने व्यवहारलाई उनी मन पराउँदैनन् उनी सानै उमेरदेखि राजनीतिक संघर्षमा संलग्न थिए, बेलायतबाट भारतलाई स्वतन्त्र तुल्याउने आन्दोलनमा समेत तर पछि तेलंगानाका निजामसित संघर्ष शुरू भएपछि उनी साम्यवादी बन्छन् उनी जस्ता दलितका लागि त्यहाँ साम्यवादले क्रिश्चियन धर्मको स्थान लिन थाल्छ, आफ्नो सामाजिक हक दाबी गर्न सत्यमूर्ति झ्न् समर्पित साम्यवादी अभियानकारी पछि गएर भूमिगतपिपुल्स वार ग्रुपको माथिल्लो तहको नेता बन्छन् दक्षिण भारतीय साम्यवादी आन्दोलनको संस्कृति विरासत, त्यसले स्टालिन माओप्रति राख्ने दृष्टिकोण; त्यो आन्दोलनलाई सहयोग गर्ने कवि, लेखक भारतीय राज्य व्यवस्थासित सम्बन्धको विवरण बुझन प्रस्तुत पुस्तक निकै उपयोगी

सत्यमूर्ति पुस्तकको एउटा महŒवपूर्ण पात्र भए पनि त्यसको वास्तविक नायक चाहिं लेखककी आमा मञ्जुला हुन् केटाकेटी उमेरदेखि नै मञ्जुला आफ्नो दाजु के.जी. सत्यमूर्तिबाट प्रभावित थिइन् उनको राजनीतिलाई पनि पछ्याउँथिन् पिताले मञ्जुलालाई अध्ययन गर्न प्रोत्साहन गर्छन् मञ्जुलाले बनारस हिन्दू विश्वविद्यालयबाट इतिहास विषयमा डिग्री हासिल गर्छिन् तर महिला भएको हुँदा उनले आफ्ना दाजुभाइ जस्तो स्वतन्त्रता पाउँदिनन् पितृसत्तात्मक समाजका नियम कानूनबाट उनी बाँधिन्छिन् आफ्ना दाजुभाइ श्रीमान्को परिवारको प्रभुत्व स्वीकार्छिन् पतिको घरको सास्ती छोराछोरी हुर्काउन उनले भोग्नु परेको पीडालाई पुस्तकले संवेदनशील ढंगले प्रस्तुत गरेको

गिड्लाको लेखनको सबैभन्दा सबल पक्ष उनको निरन्तर खोजपड्ताल गर्ने त्यसलाई विश्लेषणात्मक ढंगले प्रस्तुत गर्ने जाँगर सीप हो माक्र्सवादबाट प्रभावित भए पनि पुस्तकमा त्यो विचारधारा प्रस्तुत गर्न उनी त्यति चासो देखाउँदिनन् उनी आफ्नो कलमलाई आफ्ना मामा, आमा अरू सम्बन्धितहरूको जीवनका कथा कोर्न प्रयोग गर्छिन् पुस्तकको शुरूमा उनी आफ्नो शोध विधि बताउँछिन् धेरै वर्षसम्म उनले पुस्तकका पात्रहरूबारे अरूसित गरेका छलफल रेकर्ड गरिन् अन्तर्वार्तालाई लिपिबद्ध गरेपछि उनका ती पात्रका जीवनका विभिन्न पाटाबारे थप अध्ययन खोजबिन गरिन् शायद यसैकारण, इतिहासका अन्य पुस्तकमा नपाइने गहिरोपन गिड्लाको शब्दविन्यासमा पाइन्छ

आफ्ना समुदायका सदस्यले भोगेका पीडाबारे लेख्न पनि गिड्ला त्यति चासो देखाउँदिनन् हो, जात उनको आख्यानको केन्द्रविन्दुमा त्यसमा भारतीय समाजमा रहेको दलितको स्थितिबारे आक्रोश पनि भेटिन्छ तर गिड्ला भारतीय समाजमा विद्यमान सामाजिक दमनको मात्र कुरा नगरी, २०औं शताब्दीको भारतका विभिन्न पक्षबारे चर्चा गर्छिन् उनी दलितहरूलाई पीडितको रूपमा मात्र मान्न तयार छैनन्, उनका पात्रहरू विश्वका सक्रिय सहभागी हुन् जसलाई उनी दयाको आँखाले हेर्दिनन् आफ्ना नातेदारबारे लेख्दा गिड्ला भिन्नै बाटो लिन्छिन् उनी तिनको गल्ती कमीकमजोरीबारे जति स्पष्ट छिन् त्यति आफ्नो जातको कारण भोग्नु परेको वास्तविकताका बारे पनि छन्

समग्रमा हेर्दा, यो पुस्तकले व्यापक सन्दर्भलाई समेटेको पीडा दुःख तर ठट्टा, सम्झ्ना, दृढ अठोट खुशियाली ! पुस्तकको एउटा खण्डमा उनका मामाको विवाहको चर्चा सो विवाह भोजबारे लेख्दै गिड्ला दलित समुदायका पुरुषहरूले एउटा सुँगुर कसरी मारे, अनि खाए भन्ने विवरण दिन्छिन् सुँगुर मार्न अघिसरेका सबै मान्छे त्यो थाकेर नमरेसम्म खेदिरहन्छन् धेरै लेखकले यस्ता घटनालाई सामान्य मान्दै खासै महŒ दिंदैनन् तर लेखक गिड्लाका अनुसार सुँगुरलाई लखेट्ने क्रम, उनीहरूको समुदायको यो एउटा महŒवपूर्ण अवसर हो

लेखक गिड्ला आफैं पनि पुस्तकमा एउटा छोटो भूमिका भएकी पात्र हुन् उनले आफ्नो बाल्यकाल आफ्नी आमाका बारेमा तेस्रोव्यक्ति (थर्ड पर्सन) का रूपमा अर्थात् तृृतीय पुरुषमा लेखेकी छन् पुस्तकको पछिल्लो भागमा आएर मात्रै उनी आफैं (प्रथम व्यक्ति) भएर लेख्छिन् आफ्ना मामा जस्तै उनी पनि पिपुल्स वार ग्रुपकी सहयोगी बन्छिन् आमाको प्रोत्साहन पाएर अध्ययनमा अब्बल उनी वाराङ्गलमा इन्जिनियरिङकी विद्यार्थी बन्छिन्, त्यसपछि मद्रासस्थित इन्डियन इन्ष्टिच्यूट अफ टेक्नोलोजीकी आईआईटी, मद्रासको अध्ययन पूरा गरेपछि उनले संयुक्त राज्य अमेरिकामा अध्ययन गर्न जाने छात्रवृत्ति पाइन्

अमेरिका जानुअघिको उनको जीवनबारे पनि पुस्तकमा केही विवरण छन् लामो समय उनी न्यूयोर्कको एउटा बैंकमा कार्यरत रहिन् सन् २००८ को वित्तीय सङ्कटको समयमा उनको जागिर गयो हिजोआज उनी न्यूयोर्क शहरको मेट्रोमा काम गर्छिन् उनी भन्छिन्, यसले उनलाई आत्मसन्तुष्टि दिन्छ पुस्तकको दोस्रो संस्करणमा काम गर्दैछु भनेकी छिन्, गिड्लाले यस संस्करणबाट उनी आफूबारे लेख्न त्यति अनकनाउने छैनन् भन्ने अपेक्षा गर्न सकिन्छ निश्चय पनि उनको आफ्नै अनुभव जीवनको यात्रा दिशा उपयोगी खुराक हुनेछ

अधिकारी बूलेट एण्ड ब्यालोट बक्स स्टोरी अफ नेपाल्स माओइष्ट रिभ्योल्युसनपुस्तकका लेखक हुन्

No comments:

Post a Comment