हिन्दुत्ववादको लेखागार
पुस्तक: गीता
प्रेस एण्ड द
मेकिङ्ग अफ हिन्दू
इन्डिया
लेखक : अक्षय
मुकुल प्रकाशक : हार्पर
कोलिन्स, भारत, २०१५
पृष्ठ : ५४०+ मूल्य : ७९९
भारु (हार्ड कभर)
समीक्षक: उज्ज्वल प्रसाई
हिन्दुत्ववाद
राजनीतिक विचारधारा हो ।
सो विचारधाराको आधारभूमि
हिन्दू धर्म भएकाले
भारतका बहुसंख्यक मानिस हिन्दुत्ववादी
राजनीतिबाट प्रभावित छन् ।
त्यति मात्र होइन,
हिन्दुत्ववादी राजनीति वर्तमान भारतीय
सत्ताको मियो बनेको
छ । सो
विचारधाराको फैलावट र सफलता
भारतीय लोकतन्त्रका लागि खतरा
भएको उदारवादी र
वामपन्थीहरूको निचोड छ । हिजो जरा
गाड्दै गएको भनेर
दाबी गरिएको भारतको
लोकतन्त्रमाथि हिन्दुत्ववादको प्रभाव सवार भएपछि
उनीहरू चिन्तित छन् ।
त्यसैले हिन्दुत्ववादबारे अध्ययन गर्न उत्प्रेरित
भएका छन् ।
पत्रकार तथा अन्वेषक
अक्षय मुकुलको कृति
गीता प्रेस एण्ड
द मेकिङ्ग अफ
हिन्दू इन्डिया त्यही चिन्ता
र उत्प्रेरणाको दसी
हो ।
भारतीय जनता पार्टीका
नेता नरेन्द्र मोदीको
राष्ट्रिय राजनीतिमा उदयसँगै राष्ट्रिय
स्वयं सेवक संघ
(आरएसएस) जस्ता संस्थालाई भारतीय
समाजले अझ्ै सान्दर्भिक
मानेको पुष्टि भएको छ
। उत्तर प्रदेशमा
आदित्यनाथ जस्ता कट्टर हिन्दुत्ववादीको
विजयले उदारवादी र वामपन्थी
पार्टीका कमजोरी मात्रै उजागर
गरेको छैन, भारतीय
समाजलाई सदैव गाँजेको
‘हिन्दू मेजोरिटेरियन एरेगोन्स’ (अन्य समुदाय
विरुद्ध बहुसंख्यक हिन्दूहरूको अहंकार)
पनि सतहमा प्रकट
भएको छ । त्यो अहंकार
सामान्य र प्राकृतिक
परिघटना होइन ।
बरू सामूहिक र
संगठित प्रयत्न मार्फत हुर्काइएको
खास ऐतिहासिक अवस्था
हो । यस्तो
अवस्थासम्म पुग्न गरिएका धेरै
काममध्ये बौद्धिक अभ्यास र
प्रकाशन पनि हो
। हिन्दुत्ववादको सम्वद्र्धनका
लागि गरिएका तिनै
बौद्धिक अभ्यास, प्रकाशन र
‘प्रोपोगान्डा’ बारे अन्वेषण
गर्ने ध्येयले मुकुलले
‘गीता प्रेस’ लेखेका
हुन् ।
उत्तर प्रदेशको गोरखपुरमा अवस्थित
गीता प्रेस मुकुलको
अनुसन्धानको मुख्य क्षेत्र हो
। सो प्रेसका
निजी कागजात, उसले
प्रकाशन गरेका पत्रिकाका पुराना
अङ्क र अन्य
सन्दर्भ सामग्रीहरूको गहिरो अध्ययनको निचोड
किताबमा प्रस्तुत गरिएको छ
। साथै, गीता
प्रेस र त्यसका
विभिन्न प्रकाशनमा संलग्न मुख्य
व्यक्तिका जीवनी पनि उनको
अध्ययनको विषयवस्तु बनेका छन्
।
भारतीय र नेपाली
हिन्दू धर्मावलम्बीका घरघरमा पुगेका सस्तो
मूल्यका धार्मिक किताबहरूको प्रकाशक
गीता प्रेस हो
। गीता, रामायण,
महाभारत, हनुमान चालिसा, सरस्वती
वन्दना लगायतका अनेक किताब
छापेर वितरण गर्ने
काममा गीता प्रेसको
अग्रणी भूमिका छ । त्यसका साथै, हिन्दू
धर्मको प्रचारार्थ छापिने साना
ठूला पर्चाहरूको मुख्य
प्रकाशक पनि ‘गीता
प्रेस’ नै हो
। गीता प्रेसको
मुख्य अर्को काम
कल्याण नामक पत्रिकाको
प्रकाशन र बिक्री–वितरण हो ।
हिन्दू धर्म, दर्शन र
संस्कृतिको क्षेत्रमा काम गर्ने
नाम चलेका विद्वानहरूका
रचना प्रकाशन गर्ने
महत्वपूर्ण प्रकाशन हो कल्याण
। महात्मा गान्धीदेखि
एस राधाकृष्णनसम्मले कल्याण
मा लेखेका छन्
।
गीता प्रेसको स्थापना र
कल्याण जस्ता प्रकाशनको शुरूआत
खास उद्देश्य सहित
गरिएको थियो ।
प्रेसलाई व्यावसायिक रूपमा सफल
र दिगो बनाउने
एवं अनवरत काम
गरेर पत्रिका प्रकाशन
गर्ने काम चानचुने
प्रयत्नबाट सम्भव थिएन ।
बौद्धिक अभ्यास र लेखनमा
रुचि मात्रै भएर
धैर्यपूर्वक काम गर्न
सकिंदैन; त्यसका लागि विचारधाराप्रतिको
इमानदारी र अक्षुण्ण
लगाव पनि उत्तिकै
जरूरी हुन्छ ।
दुई मारवाडी व्यापारी
र हिन्दुत्ववादी विद्वानहरु—
हनुमानप्रसाद पोद्दार र जयदयाल
गोयन्दकामा एउटा धार्मिक
अभियानलाई व्यावसायिक रूपमा समेत
सफल पार्न सक्ने
लगन, धैर्य र
इमानदारी रहेको प्रमाणित भयो
। उनीहरूको अथक्
प्रयासले नै गीता
प्रेस र कल्याण
पत्रिकाको प्रकाशन हिन्दुत्ववादको बलियो
मौलो बन्न पुग्यो
।
सन् १९२१ मा
शुरू गरिएको सो
प्रेस र सन्
१९२६ मा शुरू
भएको कल्याण पत्रिकाको
प्रकाशन आजसम्म अविच्छिन्न चालू
छ । लेखकले
किताबका लागि अध्ययन
टुंग्याएको समय सन्
२०१४ को शुरूआतसम्ममा
गीता प्रेसमा छापिएका
७ करोड २०
लाख प्रति गीताका
पुस्तक बिक्री भइसकेका थिए
। त्यस्तै एक
करोड ९० लाखको
संख्यामा तुलसीदासका कृति बिक्री
भएको तथ्याङ्क छ
। त्यसबेलासम्म कल्याण
पत्रिकाका नियमित ग्राहकको संख्या
दुई लाख पुगेको
थियो भने सो
पत्रिकाको अंग्रेजी संस्करण कल्याण–कल्पतरु को ग्राहक
संख्या एक लाख
थियो ।
गीता प्रेसलाई सफलताको यो
उँचाइमा पु¥याउने
दुई व्यक्तित्वका बारेमा
पनि पुस्तक लेखकले
प्रशस्त जानकारी बटुलेका छन्
। मूलतः व्यापारमा
रुचि भएका दुई
मारवाडीहरू आखिर कसरी
हिन्दुत्ववादी विचारधाराका अनुयायी बन्छन्
? अनुयायी मात्र नभई उनीहरूले
आफ्नो सिंगो जीवन
सनातन हिन्दू धर्ममा
आधारित हिन्दुत्ववादी विचारधाराको प्रसार र
प्रवद्र्धनमा काम गर्न
पुग्नुका कारणहरूको खोजी गरिएको
छ । यी
दुई साधकहरूको हुर्काइ,
व्यक्तिगत संगत, बौद्धिक उन्नयन
र निजी जीवनका
उतारचढाव मार्फत ती कारणहरूलाई
पुस्तकले सतहमा ल्याएको छ
।
किताबको सबैभन्दा महत्वपूर्ण पक्ष
भनेको कल्याण पत्रिकाका
पुराना र विशेषाङ्कमा
प्रकाशित मुख्य सामग्रीको अनुसन्धान
हो । साथै,
गीता प्रेसले प्रकाशन
गरेका मोनोग्राफ शैलीका
प्रकाशनहरूको अध्ययन पनि उतिकै
रोचक छ । कल्याण पत्रिकामा मूलतः
भारतीय समाज, हिन्दू संस्कृति,
गौ रक्षा, नारी
अस्मिता, गर्भपतन, योग र
विज्ञान, भारत–पाकिस्तान
सम्बन्ध तथा मौलिक
भारतीय संस्कार माथि भएका
अतिक्रमण जस्ता विषय नै
पाठ्य खुराक हुने
गर्थे । संस्कृत
मिश्रित हिन्दी भाषाको प्रयोग
मार्फत ती विषयमा
जनमत निर्माण गर्ने
कोशिश गरिन्थ्यो ।
कहलिएका विद्वानहरुले लेखेका सामग्री प्रकाशन
गरिने भएकाले हिन्दुत्ववादमा
विश्वास नगर्ने तर धर्म
एवं दर्शनमा रुचि
भएका अध्येताहरूले नियमित
रूपमा कल्याण पढ्ने
गरेका थिए ।
पछिल्ला वर्षमा प्रकाशित कल्याण
मा भने उनै
पोद्दार र गोयन्दकाले
धेरै पहिले लेखेका
पुराना आलेखहरूका पुनः प्रकाशन
भइरहेको छ ।
गीता प्रेसले कल्याण पत्रिकाको
शुरूआत सँगै छापेका
केही कृतिहरू उल्लेख्य
छन् । नारी
अस्मिताबारे हनुमानप्रसाद पोद्दारले केही मोनोग्राफहरु
लेखेका थिए ।
सबभन्दा पहिले उनले धर्म
प्रश्नोत्तरी नामको पुस्तिका लेखे
जो गीता प्रेसले
अद्यापि प्रकाशन र वितरण
गरिरहेको छ ।
सो पुस्तिकामा पोद्दारले
महिलाले पूरा गर्नै
पर्ने जिम्मेवारीबारे व्याख्या
गरेका छन् ।
त्यसैगरी महिलाका यौनिकता, गृहस्थीका
रूपमा निर्वाह गर्नुपर्ने
भूमिका, सरसफाइ र समग्रमा
समाजका लागि उनीहरूले
दिनुपर्ने योगदान बारे पोद्दारले
सो पुस्तकमा चर्चा
गरेका छन् ।
पोद्दारसँगै यस्ता विषयवस्तु समेटिएका
पुस्तिका तयार पार्नेमा
जयदयाल गोयन्दका र स्वामी
रामसुखदास समेत थिए
। यीनै विषयवस्तु
वरपर रहेर सन्
१९४८ मा कल्याण
ले नारी अङ्क
समेत प्रकाशन गरेको
थियो । नैतिक
शिक्षा दिने हेतु
उनीहरूले कल्याण का शिक्षा
अङ्क र बाल
अङ्क पनि प्रकाशन
गरेका थिए ।
गौ रक्षाका खातिर कल्याण
मार्फत गरिएको पैरवी अर्को
उल्लेखनीय पक्ष हो
। कानून मार्फत
गाईको रक्षा गर्नुपर्नेमा
कल्याण पत्रिकाले शुरूदेखि नै
जनमत निर्माण गर्ने
अथक् प्रयास गरेको
थियो र अझ्सम्म
पनि गरिरहेको छ
। गौ हत्यालाई
जघन्य अपराध मान्नुपर्ने
र हत्या गर्नेलाई
सख्त कारबाही गर्नुपर्ने
भन्दै सो माग
पूरा नहुँदा आइपर्न
सक्ने खतरा समेत
औंल्याएर सामग्री प्रकाशन गरिएका
थिए । गौ
रक्षामा संवेदनशीलता नदेखाउने विरुद्ध
पनि गीता प्रेसका
लेखकहरू लक्षित थिए ।
गौ रक्षालाई उनीहरूले
संगठित आन्दोलनकै रूप दिएका
थिए । मोदीको
उदयसँगै गीता प्रेसले
सन् १९६० को
दशकमा तयार पारेका
संकथनको प्रसार पुनः शुरू
भएको छ ।
विश्व हिन्दू परिषद्को गठन,
राम जन्मभूमि अभियान,
कृष्ण जन्मभूमि अभियान
लगायतका अनेक क्रियाकलापमा
गीता प्रेसका प्रकाशकहरुको
सक्रिय सहभागिता थियो ।
ती क्रियाकलापबारे प्रचार
एवं तिनलाई बौद्धिक
आड दिने काममा
समेत उनीहरु दत्तचित्त
थिए । साथै,
हिन्दुत्ववादी विचारधारालाई राजनीतिक स्वरुप दिंदै
चुनाव मार्फत शक्ति
हत्याउने काममा समेत उनीहरूको
सक्रियता बढ्यो । अद्यापि
त्यो क्रम जारी
छ ।
एउटा सामान्य व्यावसायिक प्रकाशन
आफैंमा राजनीतिक र सांस्कृतिक
प्रतिष्ठान बन्न मुश्किल
हुन्छ । गीता
प्रेस हिन्दुत्ववादी आन्दोलनको
केन्द्र हो ।
गीता प्रेस फैलिएर
गीता वाटिका नै
बन्यो, त्यस्तो वाटिका जहाँ
राजनीतिक फूल फुल्छ,
ती फूलका वासनाको
तीव्र प्रसार हुन्छ
र त्यसले सिंगो
भारतीय समाजलाई तरंगित तुल्याउँछ
।
लेखक अक्षय मुकुलका अनुसार
धर्म प्रचारमा लगभग
बाइबल सोसाइटी को
हाराहारी प्रभाव पार्न सक्ने
संस्था हो— गीता
प्रेस । सो
संस्थाको अध्ययन— वर्तमान भारतीय
लोकतन्त्र अघिल्तिर चुनौतीका रुपमा
खडा भएको बलियो
हिन्दुत्ववाद बुन्ने एउटा सानो
आँखीझयाल हो ।
आँखीझयालबाट देखिएको दृश्य पूर्ण
हुन सक्दैन तर
जति गोचर हुन्छ
त्यो कम महत्वको
पनि हुँदैन ।
प्रसाई लेखक एवं स्तम्भकार हुन् ।

No comments:
Post a Comment