Thursday, January 19, 2017

२०७१ कार्तिक अंक _सपनाका व्यापारी र एनिमल फार्म_समीक्षक : अजयभद्र खनाल



चारखुट्टेको घरजम

लेखकः जर्ज अरवेल                                    अनुवादकः फणिन्द्रप्रसाद उपाध्याय

-समीक्षक अजयभद्र खनाल

कार्ल माक्र्सले लुइ नेपोलियनको अठारौं ब्रूमेर भन्ने आफ्नो पुस्तकमा लेखेका छन्; इतिहास दोहोरिन्छ, पहिलोपल्ट वियोगान्त दोस्रोपल्ट व्यङ्ग्यको रूपमा
 
इतिहासका पात्र घटना कसरी दोहोरिन्छन् भनेर विश्लेषण गर्ने क्रममा अन्य दार्शनिकले झैं माक्र्सले माथि उल्लिखित भनाइ अघि सारेका हुन् प्रायः नयाँ इतिहास रच्न खोज्ने पात्रहरू असफल हुन्छन् उनीहरूको सत्प्रयासको दुःखद् अन्त्य हुन्छ लाग्छ उनीहरू समयअगावै जन्मे वा समय उनीहरूको नवीन विचार ग्रहण गर्न सक्षम भएन त्यति हुँदाहुँदै पनि कालक्रममा तिनै पात्रलाई नक्कल गरेर हिरो बन्न खोज्ने नयाँ पात्रहरू देखा पर्छन्् तर उनीहरू मजाकिया वा नक्कली हिरोका स्तरभन्दा माथि उक्लन सक्दैनन् नेपाली समाजको सन्दर्भमा योे हामीले पनि कैयन् पटक नजिकैबाट देखेको कुरो भयो, तर चारखुट्टेको घरजम भन्ने पुस्तकको सन्दर्भमा भने ठीक उल्टो भएको देखिन्छ
 
त्यसो चारखुट्टेको घरजम मौलिक नेपाली उपन्यास नभएर ब्रिटिश भारतको मोतीहारीमा जन्मेका अंग्रेज उपन्यासकार जर्ज अरवेलको विश्वप्रसिद्ध अमर कृति एनिमल फार्मको अनुवाद हो एनिमल फार्म पहिलोपल्ट सन् १९४५ मा छापिएको थियो विश्वका अन्य सन्दर्भ समयमा पनि मिल्ने भएको कारण उपन्यास आज पनि लोकप्रिय
 
पुस्तकको नेपाली अनुवाद २०२७ सालमा पहिलोपल्ट फणिन्द्रप्रसाद उपाध्यायले गरेका थिए चारखुट्टेको घरजम शीर्षक दिएर नेपाल प्रज्ञाप्रतिष्ठानले पुस्तक छापेको थियो अनुवादकले आफ्ना दुई शब्दमा लेखेका थिए, “मूल ग्रन्थले मलाई एकछिन भए पनि हँसाएकाले अनुवाद गरेको हुँ यो किनेर पढ्नेलाई मलाई जस्तै हाँसो उठ्यो भने किन्दा खर्च भएको पैसाको सदुपयोग नै भएको अवश्य लाग्ला पहिलोपल्ट यो पुस्तकको नेपाली अनुवाद छापिंदा प्रमुख उद्देश्य मनोरन्जन रहेको देखिन्छ

वि.सं. २०७१ मा चारखुट्टेको घरजम फेरि छापिएको यो संस्करण पुस्तक मनोरन्जनको रूपमा भन्दा नेपाली समाजको दुःखान्तपूर्ण इतिहासको बिम्ब बनेर आएको १० वर्षे जनयुद्ध दोस्रो जनआन्दोलनमा अन्तर्निहित जनताका अपेक्षा कसरी दुःखान्तमा परिणत हुन सक्छन् वा दुःखान्तमा परिणत हुँदै गरेका छन् भन्ने दृष्टान्त पुस्तकले हामीलाई देखाउँछ यो पुस्तकको दोस्रो अनुवाद संस्करण छापिने साइत यसै वर्ष नै जुर्नुको कारण पनि यही नै हुन सक्छ अहिले यो पुस्तक नेपालको दुःखद् इतिहासको तीतो सन्देशको प्रतीकको रूपमा प्रस्तुत भएको त्यसैले यो पुस्तक पढ्दा हामी धेरैलाई हाँस्न मन नलाग्न सक्छ, बरु नरमाइलो लाग्न सक्छ

सामान्यतया पुस्तक समीक्षा गर्दा त्यसको कथावस्तु खोलिंदैन, किनभने कथा पढ्ने अधिकार पाठकको हो समीक्षकले उसको अधिकार हनन् गर्न मिल्दैन तर चारखुट्टेको घरजम समीक्षा गर्दा कथावस्तुबारे केही नबोली रहन सकिन्न पुस्तकको गहनताको यो एउटा मापदण्ड पनि हुन सक्छ त्यसैले यस आलेखले पुस्तकका केही पृष्ठभूमि विषयवस्तु केलाउने प्रयास गरेको

प्रजातान्त्रिक समाजवादी जर्ज अरवेल सोभियत संघको कम्युनिष्ट सत्ताका प्रमुख जोसेफ स्टालिनका आलोचक थिए   सन् १९४० को दशकमा सोभियत संघमा समाजवादी सपनालाई कुल्चिरहेका स्टालिनबाट बेलायतका बौद्धिक वर्ग निकै प्रभावित थिए अरवेललाई यो असह्य भयोे लोकतान्त्रिक मुलुकका बुद्धिजीवीहरू अधिनायकवादी प्रोपोगाण्डाबाट दिग्भ्रमित भएको उनलाई चित्त बुझ्ेन सुनौलो भविष्यको समाजवादी सपना देख्ने साधारण मानिसहरू सपना बेच्ने व्यापारीहरूबाट ठगिने नै भए तर बेलायती बुद्धिजीवी पनि ठगिइरहेका थिए
 
जसरी स्टालिनको अधिनायकवादी चरित्रले समाजवादको सुन्दर सपनालाई मजाक वियोग दुवै स्वरुपमा बदलिदियो, त्यो इतिहासको पनि संसारका विभिन्न भागमा पुनरावृत्ति भैरहेको देखिन्छ त्यस्तो परिबन्दबाट नेपाल पनि उम्किन सकेको छैन
 
एकदिन हिंड्दै गर्दा अरवेलले के देखे भने एउटा १० वर्षे केटो टाँगा तान्ने ठूलो घोडा लिएर साँघुरो बाटोमा गइरहेको थियो घोडा यताउता गर्न खोज्यो कि कोर्राले हानिहाल्थ्यो अरवेललाई लाग्यो यदि यस्ता जनावरहरू आफ्नो तागतबारे जानकार भए भने मनुष्यले तिनीहरूलाई नियन्त्रण गर्न सक्ने थिएनौं मानिसहरू जनावरलाई त्यसरी नै शोषण गर्छन्, जसरी धनी मान्छेहरू गरीबलाई
 
यो अनुभवले अरवेललाई नयाँ खालको कथा लेख्न प्रेरणा दियो कसरी क्रान्तिकारी सपनाहरू यथार्थमा बेचिन्छन् भन्ने सन्देश बोकेको पुस्तक एनिमल फार्म जन्मियो पुस्तकको सुरुआत सपनाबाटै हुन्छ
 
कुनै मुलुकका जनावरहरू (पुस्तकमा जनावर जनताको प्रतीकको रूपमा मान्छे मालिक) दुःखी छन्, तर तिनको दुःखको कारण देश गरीब भएर होइन देशको माटो उब्जाउ हावापानी असल देशले कैयौं जनावरलाई सजिलै पाल्न सक्छ, आफूहरूले कल्पना पनि नगरेको आराम इज्जत उनीहरूलाई मिल्न सक्छ जनावरहरू बूढो भएर काम गर्न नसक्ने भएपछि हरियो चौरमा चरेर, आरामसित उग्राउन चाहन्छन् उनीहरू किन दुःखी छन् ? उनीहरूको दुःखको कारण हो मालिकको रूपमा रहेको मान्छे मालिकले जनावरहरूको शोषण गर्छ, सबै उब्जनी चोर्छ जनावरहरूलाई जिउन मात्र पुग्ने खान दिन्छ, बाँकी आफैं लैजान्छ जब जनावर काम गर्न नसक्ने हुन्छन्, मालिकले तिनलाई मिल्काइदिन्छ, बेचिदिन्छ वा तलाउमा डुबाएर मारिदिन्छ मीठो सपना देख्नेहरू सजिलै ठगिन सक्छन् मालिकले जनावरहरूलाई झ्ुक्याउनका लागि प्रयोग गर्ने तीन प्रमुख माध्यम हुन्; सपना, शब्दजाल अपारदर्शी व्यवहार  

कथावस्तुले नेपालको अवस्था प्रतिबिम्बित गर्छ, मन छुन्छ नेपाली जनता, मुलुक सुन्दर पार्ने, विकास, सुखसाथ आफ्नै देशमा परिश्रम गरेर बाँच्ने सपना देख्छन् देशमा यथेष्ट प्राकृतिक स्रोत पैसा पनि श्रम गर्न इच्छुक मान्छेहरू पनि छन् अपेक्षा पुग्ने सम्भावना नभएका पनि होइन तर हुनसकेको छैन, बाधक छन् यस पुस्तकले बाधक निदान गर्ने बाटो देखाउँदैन तर यसबारे घोत्लिन हामीलाई प्रेरित गर्छ

कथावस्तुले सबैभन्दा पहिले सपना प्रस्तुत गर्छ, त्यसपछि परिवर्तनका सम्भावना देखाउँछ त्यसका बाधक पनि मुक्तिका लागि जनावरहरू क्रान्तिको बाटो रोज्छन् नारा बनाउँछन्ः सबै मान्छे शत्रु हुन्, सबै जनावर मित्र चारखुट्टे राम्रो, दुईखुट्टे नराम्रो सबै दुईखुट्टे हाम्रा शत्रु हुन् यसो गर्दा चराहरूलाई अप्ठेरो ¥यो अनि जनावरहरूले भनेपखेटा हस्तक्षेपको संयन्त्र नभएर गतिको संयन्त्र हो, त्यसैले खुट्टै हो

जनावरहरूले विद्रोह गर्छन्, विद्रोह सफल पनि हुन्छ तर के उनीहरूको सपना साकार हुन्छ ? पुस्तकको केन्द्रबिन्दु यही प्रश्न वरिपरि गुथिएको प्रश्नले सिर्जना गरेको मानव समाजको सबैभन्दा ठूलो अन्तर्विरोधलाई पुस्तकले व्यङ्ग्यात्मक तरीकाले प्रस्तुत गर्छ
 
जर्ज अरवेलले प्रस्तुत चारखुट्टे क्रान्तिमा होमिने धेरै जनावर कार्यकर्ता थिए तीमध्ये सबैभन्दा मिहिनेती कार्यकर्ता एउटा घोडा थियोबक्सर घामपानी नभनी सबै जनावरको हितको लागि निरन्तर सङ्घर्ष गर्ने एउटा असल कार्यकर्ता हो काम गर्न नसक्ने भएपछि एकदिन लड्छ सोच्छ, अब नेताहरूले वाचा गरेझ्ैं रिटायर भएर हरियो मैदानमा बाँकी जिन्दगी आरामसाथ बिताउँछु नभन्दै एउटा गजबको गाडी बक्सरलाई लिन आउँछ तर पछि जनावरले थाहा पाउँछन्, बक्सरलाई नेपोलियनले छाला व्यापारीलाई पो बेचेका रहेछन्
  
कथा नेपाली समाजको सन्दर्भसँग निकै मिल्दोजुल्दो हाम्रो देशमा पनि नेताहरूले कर्मठ कार्यकर्तालाई सजिलै धोका दिएका छन्, एनिमल फार्मका आन्दोलनकारी जनावर जस्तै खोलो ¥यो लौरो बिस्र्यो भन्ने नेपाली उखान जस्तै, कर्मठ कार्यकर्ता सबै कुरा बिर्सन्छन्

नेपालको सन्दर्भमा पुस्तकमा विवेचना भएको अर्को उपयोगी पाटो सामन्तवाद वा पूँजीवाद साम्यवादबीचको भिन्नता हो पूँजीवादमा मालिकद्वारा मजदूर काम गर्दा धेरै पेलिन्छन् साम्यवादमा मजदूर उत्तिकै पेलिन्छन्, तर स्वेच्छाले पूँजीवादमा गलत आइडियोलोजीका कारण जनावर दिग्भ्रमित हुन्छन्, साम्यवादमा सुन्दर सपनाका कारण आखिरमा जनावरहरूले त्यो स्वेच्छा पनि भ्रम रहेछ भन्ने थाहा पाउँछन् उनीहरूलाई तिनका नेता नेपोलियनले जुन सपना देखाएको थियो, त्यो सपना मात्र रहेछ
 
सामान्यतया के भनिन्छ भने पूँजीवादमा शोषण हुन्छ साम्यवादमा त्याग, पूँजीवादमा श्रमले पूँजी सिर्जना गर्छ, साम्यवादमा शक्ति एनिमल फार्म पढेपछि दुवैमा कुनै तात्विक भिन्नता नरहेको थाहा हुन्छ नेपालका ज्ञाता धेरैतिर पूँजीवादका मालिक साम्यवादका महान् नेतामा कुनै फरक देखिंदैन इमानदार कार्यकर्ता मजदूर एनिमल फार्मका जनावर जस्ता हुन्छन् जसको श्रम अर्काको फाइदाको लागि मात्र प्रयोग हुन्छ, केही फाइदा पाउँदैनन्

नेपालको राजनीतिक इतिहास पनि त्यस्तै एउटा सङ्घर्षको इतिहास हो, यो सङ्घर्षले अन्ततोगत्वा राजतन्त्र फालियो सामन्तवादको द्योतक संस्था अन्त्य भयो तर के राजतन्त्रलाई अस्वीकार गर्दैमा नेपालमा सामन्तवादको अन्त्य भएको मान्न सकिन्छ ?

हाम्रा नेताहरू राजतन्त्रलाई फालेकै भरमा ठूलो डिङ हाँक्छन्, तर उनीहरू आफूलाई राजाझ्ैं ठान्दछन् आफैं सामन्तवादी चरित्र देखाउन थालेका छन् एनिमल फार्मको चारखुट्टे नेपोलियन दुईखुट्टे बन्न खोज्छ नेपोलियन नेता भएपछि आफूलाई अरूभन्दा विशिष्ट बनाउँछ पछाडिको दुई खुट्टामा मात्र उभिन्छ सामन्तवाद भनेको सामाजिक संरचनाको एउटा विशिष्ट स्वरूप हो जहाँ हरेक नागरिकलाई राज्यले समान रूपमा व्यवहार गर्दैन राजा फाल्दैमा सामन्तवाद हट्दैन, किनभने सामन्तवाद भनेको समुद्रमा तैरिरहेको बरफ (आइसबर्ग) हो जसको नौ भागको आठ भाग जल सतहमुनि लुकिरहेको हुन्छ मुलुकमा राजालाई फालियो तर समाजको सतहमुनि लुकेर रहेको सामन्तवादको अन्त्य भएको छैन
 
नेपालमा झ्ुक्याउने सपना मात्रै देखाउनेको कमी छैन पात्रहरू पुस्तकका गाताहरूभित्र होइन वास्तविक जीवनमा सजीव छन् एनिमल फार्मका बक्सरहरूको सट्टा अब नेपाली नामधारीहरू छन् चारखुट्टेको घरजमले अङ््ग्रेजी पुस्तक एनिमल फार्मलाई नेपाली पाठकको पहुँचमा ल्याएको हामीलाई पूँजीवादी साम्यवादी सपना बाँडिने क्रममा समाजमा देखिंदै गरेका प्रवृत्तिलाई विन्यास गर्न प्रेरित गर्दै





No comments:

Post a Comment