ब्रेकिङ ट्रेल ः अ क्लाइम्बिङ लाइफ
लेखक ः अर्लेन ब्लूम
समीक्षक ः रवि वेन्जू
जीवनमा आइपर्ने आरोह–अवरोहलाई छिचोल्दै आफ्नो उद्देश्यको चुचुरोमा पुग्न सजिलो छैन । अप्ठ्याराहरूबाट विचलित नभई आफ्नो उद्देश्यसम्म पुग्न सक्ने व्यक्तिलाई हामी आदर्श ठान्छौं । उनीहरूको बाटो अनुशरण गर्ने प्रयास गर्छौं । सन् १९७५ मा जुन्को ताबेइले सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो महिला भएर बहादुरी देखाइन् । सन् १९९३ मा पहिलो नेपाली महिला आरोही हुने क्रममा नै पासाङ ल्हामु शेर्पाको निधन भयो । सन् २००८ मा नेपाली युवतीको एउटा समूहले सगरमाथाको सामूहिक आरोहण गरे । तर पनि पर्वतारोही भत्रे बित्तिकै मानिसका मनमा पश्चिमा वा नेपाली पुरुषहरूकै छवि आउँछ ।
पर्वतारोहण जस्तो पुरुषप्रधान साहसी काममा अघि सर्ने र त्यसमा सफल हुने महिलामध्येकी एक हुन् अर्लेन ब्लूम (जन्म सन् १९४५) । विश्वका विभित्र शिखरहरूको साहसिक यात्रा गर्न रुचाउने उनी सर्वोच्च शिखर आरोहणको प्रयत्न गर्ने प्रथम अमेरिकी महिला बनिन् । उनले अत्रपूर्ण प्रथम र उत्तर अमेरिकाको डेनाली शिखर चुमिसकेकी छिन् भने ३० भन्दा बढी हिमाल आरोहणको नेतृत्व गरेकी छिन् । अत्रपूर्णा यात्रालाई समेटेर उनले अत्रपूर्णा ः ए ओमन्स प्लेस नामक पुस्तक लेखेकी छिन् । वायोफिजिकल केमेष्ट्रीमा विद्यावारिधि हासिल गरेर स्ट्यानफोर्ड, बेललिस्ली र युनिभर्सिटी अफ क्यालिफोर्नियामा अध्यापनको अनुभव बटुलेकी ब्लूम हाल मानिस र वातावरणमा खतरनाक रसायनहरूको असर हटाउन उद्योगी, वैज्ञानिक र वातावरणविज्ञसँग समन्वय गर्दैछिन् ।
यिनै जुझरु आरोहीको आत्मकथा हो, ब्रेकिङ ट्रेल्स ः अ क्लाइम्बिङ लाइफ । २५ खण्डमा विभाजित यस कृतिमा उनले आफ्नो बाल्यकाल, युवावस्था, पर्वतारोहणका चुनौती, प्रेम, मित्रता, विछोड र मातृत्व भावलाई रोचक ढङ्गबाट प्रस्तुत गरेकी छिन् ।
आरोहण, अनुसन्धान र आमा
ब्लूमले आफ्नो पुस्तकका प्रत्येक खण्डमा नयाँ आरोहण र यात्राको वृत्तान्तका साथै आफ्नो बाल्यकालका सम्झ्नालाई उतारेकी छिन् । घटनाको वर्णन सँगसँगै आफ्नो अध्ययन, अनुसन्धान र ज्ञानबाट पाठकलाई प्रेरित गरिरहनु उनको लेखनको विशेषता हो । प्रेम, जीवन र मातृत्वको भावनाले ओतप्रोत यस कृतिले पाठकलाई भावुक बनाउँछ । प्रस्तुत कृतिले उनी हुर्किंदै गरेको बेलाको अमेरिकाको समाज, परिस्थिति र संस्कारलाई पनि उजागर गरेको छ ।
सन् १९४०÷५० को दशकतिर अमेरिकाको समाज, परिस्थिति र चालचलन आजको जस्तो उदारवादी भइसकेको थिएन । अरू महिलाहरूको हकमा त त्यतिबेलाको समाज संकुचित थियो भत्रे कुरा लेखिकाको भोगाइबाट प्रष्ट भएको छ । लेखिकाले त्यो बेला आफ्नो आरोहण यात्रा शुरू गरेकी थिइन् जुनबेला महिलाहरूलाई केवल खाना पकाउने र अह्राएको काम गर्ने आज्ञाकारी मानिसका रूपमा लिइन्थ्यो । आफ्नो बाल्यकालदेखि नै लेखिकाले त्यस्ता थुप्रै कुराहरूको सामना गर्नुपर्ने हुन्छ जसमा महिलाहरूलाई निरुत्साहित गरिन्छ । ११ वर्षकी छँदा उनलाई एउटा धार्मिक स्कूलमा प्रार्थना गाउने इच्छा थियो । त्यतिबेला गुरुले केटीहरूले प्रार्थना गर्न पाउँदैनन् भनेका थिए । उनलाई दुःख लाग्यो । भगवान् त्यति संकुचित त पक्कै छैनन् होला भनेर उनी सोचमग्न भइन् ।
बाल्यावस्थामा नै आफ्ना आमाबाबु अलग भइसकेकाले उनी आमाका साथ मावलामा बस्थिन् । पाँच वर्षकी छँदा घरको एउटा फोटो अल्बममा सबै सदस्यलाई पाउँछिन् तर बाबुको कुनै पनि फोटो देख्दिनन् । सानै उमेरदेखि उनमा आफ्नो बाबुलाई भेट्ने र माया पाउने लालसा थियो । चुरोटको धूवाँबीच रुमल्लिएकी आमा र घरको किचकिचे वातावरणबाट आजित उनी कुनै दिन आफ्नो बुबा आएर उनलाई त्यस माहोलबाट उद्धार गर्ने कल्पना गर्थिन् । यसरी एक संरक्षित बच्चाबाट कसरी उनी एक निडर, आत्मविश्वासी महिला बनिन् भत्रे कुरा रोचक ढङ्गबाट प्रस्तुत गरिएको छ, पुस्तकमा ।
अर्लेनले १९ वर्षको उमेरदेखि पर्वतारोहण शुरू गरेकी हुन् । पश्चिमी वासिङ्टनको माउन्ट आडम्स (१२ हजार २७६ फीट) नामक पर्वतबाट सन् १९६४ देखि शुरू भएको यात्रा १९९४ सम्म चल्यो । पहिलो आरोहण गर्दा उनी रीड कलेजमा उत्कृष्ट छात्रा थिइन् । जोन हल नामक साथीसँग उनले आफ्नो आरोहण यात्रा शुरू गरेकी हुन् । त्यसपछि उनले जोन हलसँग थुप्रै पर्वत चढिन् । यही आरोहण र यात्राका दौरान महिला भएकी कारणले थुप्रै ठाउँमा निकै पटक अपहेलित समेत हुनुप¥यो । जोन हलसँग पेरुको एक ज्वालामुखी पहाडको यात्रामा लाग्ने आवश्यक खर्च प्रबन्धका लागि आवेदन गर्दा उनको नाम सामेल गरिएन । तर उनले पेरुको यात्रा निकै साहसपूर्वक तय गरिन् । यात्रामा क्रमशः हेपाटाइटिसले च्याप्दा समेत त्यसको पर्वाह नगरी निरन्तर अघि बढिरहिन् । सन् १९६९ मा आफ्ना केही पुरुष साथीहरूसँग माउन्ट वाडिङ्टन ब्रिटिश कोलम्बियाको सबैभन्दा अग्लो चुचुरोको यात्राका क्रममा समूहले बाटो भुल्दा एक पुरुष सहयात्रीले महिला सहयात्री समूहमा हुनु हाम्रो दुर्भाग्य भनी टिप्पणी गरेका थिए । अझ् उनले कि त महिलाहरू राम्रो आरोही हुँदैनन् अथवा उनीहरू पूर्ण महिला होइनन् भत्रे कुरा गरेका थिए । त्यस्तो गाह्रो र अपहेलनापूर्ण परिस्थितिमा पनि उनले यात्रा सफलतापूर्वक तय गरिन् । उनको यस यात्राले इच्छाशक्ति र दृढता भए सफलता अवश्य मिल्छ भत्रे प्रेरणा दिन्छ ।
उनले महिलाहरूको मात्र समूहलाई नेतृत्व गरेको सन् १९७० को डेनाली आरोहण निकै रोमाञ्चकारी र महŒवपूर्ण भएको थियो । त्यस यात्राले महिलाहरू साहसिक कार्य गर्न बनेका होइनन् भत्रे धारणालाई गलत सावित ग¥यो । उनी भन्छिन्, “पर्वत चढ्नु भनेको ध्यान गर्नुसरह हो, हरेक पाइलामा एकाग्रता र सामन्जस्यको आवश्यकता हुन्छ । मैले कस्तो ठाउँमा पाइला राखें भत्रे कुराले मेरो जीवन र मरण निर्धारण हुन्छ ।”
सन् १९७१ देखि १९७३ सम्मको समय उनले आफ्ना दुई साथी टबी र जोइलसँग अफ्रिकाका पहाडहरू चढ्दै बिताइन् । त्यस्तै उनले इरान, जम्मूकाश्मिर, अफगानिस्तान र नेपालको पनि यात्रा गरिन् । यस यात्रामा भएका हरेक साना–ठूला घटनाक्रमलाई लेखिका आकर्षक ढङ्गबाट प्रस्तुत गर्छिन् । अफगानिस्तानमा उनले जिन्स पाइन्ट लगाएको देखेर छक्क पर्ने स्थानीयदेखि लिएर इथियोपियाको गरीबीको दृश्यलाई पनि उनले सजीव ढङ्गबाट प्रस्तुत गरेकी छिन् ।
उनको सबैभन्दा महŒवपूर्ण र साहसिक यात्रा हो, अत्रपूर्ण हिमशृंखला र सगरमाथा । उनले सन् १९७६ मा सगरमाथा यात्रा गरेकी थिइन् । सगरमाथाको चुचुरोसम्म नै नपुगे पनि उनी चुचुरोको निकै नजिक पुगेकी थिइन् । सगरमाथा चढ्ने क्रममा पनि उनले आफ्ना पुरुष सह–आरोहीहरूद्वारा अपहेलित हुनुप¥यो । यात्राको क्रममा बिरामी पर्दा महिलाहरू कमजोर हुन्छन् तर पुरुष बिरामी पर्नु सामान्य कुरा हो भत्रे एक साथीको टिप्पणीले उनलाई निकै दुःखी बनायो । उनले यी सबै कुरालाई नियाल्दै भनेकी छिन्, “महिलाहरू पुरुष समान मात्र स्वीकारिनका लागि पनि बलियो, उत्कृष्ट र धेरै अनुभवी हुनुपर्छ ।” सगरमाथा यात्राको क्रममा उनले हिमालय आरोहणलाई अरू बढी सङ्गठित र लागू गर्ने ज्ञान हासिल गरिन् र महिलाहरू मात्रको अत्रपूर्ण यात्राको सङ्कल्प पूरा गरिन् ।
सन् १९७८ मा अर्लेनले महिलाहरूको मात्र समूहलाई प्रतिनिधित्व गर्दै अत्रपूर्णको यात्रा सफलतापूर्वक तय गरिन् । यात्राका क्रममा उनी र उनका सहयात्रीहरूले भोग्नुपरेको कठिन परिस्थितिमा आफ्ना दुई सहयात्रीको निधन र चुचुरोमा पुगेको क्षणको खुशीलाई मनछुने ढङ्गबाट प्रस्तुत गरेकी छिन् । यो समूह नै ८ हजार मीटर उँचाइसम्म पुग्ने पहिलो अमेरिकी महिला समूह हो । यसै यात्रालाई समेटेर उनले अत्रपूर्णः अ विमेन्स प्लेस नामक प्रस्तुत कृति तयार गरेकी हुन् । त्यस्तै सन् १९८० मा महिलाहरूकै समूह बनाएर उत्तरी भारतको गर्शवाल क्षेत्रको भिगुपन्ठ नामक आइसपिक पनि सफलतापूर्वक चढिन् । डेनाली, अत्रपूर्ण र भिगुपन्ठको यात्रा सफलतापूर्वक तय गरेपछि महिलाहरूले पनि उच्च र कठिनतम हिमालहरू चढ्न सक्छन् भत्रे प्रमाणित भएको मान्छिन्, उनी । भिगुपन्ठलाई आफ्नो अन्तिम आरोहण मान्दै उनले फेरि नयाँ सपना बुनिन् ग्रेट हिमालयन रेन्जको पदयात्रा ।
सन् १९८१÷८२ सम्म उनले हिमालय क्षेत्रको यात्रामै बिताइन् । उनले यो यात्रा हुज स्वीफ्टसँग तय गरिन् । जसलाई उनले १९८० मा बे्रक्लीको एक पार्टीमा भेटेकी थिइन् । यी दुईले भूटानबाट आफ्नो यात्रा शुरु गरे । यात्राका क्रममा हरेक देशको संस्कृति, रहनसहनलाई सजीव चित्रण गरेकी छिन् । नेपाल यात्राको सन्दर्भमा उनले नेपालको अलौकिक सुन्दरताको वर्णन गरेकी छिन् । नेपालका भरियाहरूसँगको आत्मीय सम्बन्धको प्रशंसा पनि गरेकी छिन् । नेपाल यात्राका क्रममा यहाँका बासिन्दाको स्वागत, सत्कार र माया पाएर हर्षित हुँदाको अनुभवलाई पनि खुलेर वर्णन गरेकी छिन् । जुम्ला यात्राको क्रममा त्यहाँको संस्कृति देखेर उनी निकै अचम्मित भइन् । भारतमा महिलाहरू टाउकोमा भारी बोकिरहेका बेला पुरुषहरू हुक्का तान्दै गफ गरिरहेको र बच्चाहरू खाली खुट्टा भैंसी, गाई र बाख्रासँग खेल्दै गरेको दृश्यले नेपाल र भारतको जीवनमा समानता भएको लाग्यो उनलाई । इन्दिरा गान्धीसँगको भेटमा पनि उनले महिलाहरूको मिहिनेतको प्रशंसा गरिन् भने उनीहरूको परिस्थिति देखेर दुःखी पनि भइन् । उनी स्वामी विवेकानन्दले भनेको कुरा सम्झ्न्छिन्, “विश्वको प्रगतिका लागि सबैभन्दा महŒवपूर्ण कुरा भनेको महिलाको स्थितिमा सुधार हो । चरा एउटा पखेटाले उड्न सक्दैन ।”
अनुसन्धान
अर्लेन एक सफल आरोही मात्र नभएर सफल अनुसन्धानकर्ता पनि हुन् । उनी सानैदेखि पढाइमा अब्बल थिइन् । उनले कलेजमा हुँदादेखि नै ज्वालामुखी ग्याँसहरूको अनुसन्धान थालेकी थिइन् । आफ्नो अनुसन्धानबाट उनले प्यासिफिक नर्थवेष्ट र मेक्सिकन ज्वालामुखीहरू नजिक भविष्यमा फुट्न सक्ने र धेरै क्षति हुने कुरा पत्ता लगाइन् । जुन कुरा १४ वर्षपछि सन् १९८० मा सत्य सावित भयो । कलेजको अध्ययन सकेपछि केटी मान्छेलाई चाहिने अध्ययन पूरा भयो भत्रे सोचले परिवारले उनलाई बिहेको दबाब दिए । तर उनी आफ्नो दृढतामा विश्वास गर्दै विद्यावारिधि गर्न चाहन्थिन् । उनले विद्यावारिधि गर्ने क्रममा निकै सङ्घर्ष गर्नुप¥यो । सङ्घर्षका क्रममा उनलाई धेरैचोटि त्यहाँबाट भाग्ने कुरा मनमा नआएको पनि होइन तर उनले आफ्नो अध्ययन पूरा गरेरै छाडिन् । उनले जब आफ्नो विद्यावारिधि अनुसन्धानका लागि सुपरभाइजर बनिदिन प्राध्यापकलाई अनुरोध गरिन् । प्राध्यापकले उनलाई सीधै भनिदिए, ‘नो गल्र्स इन माई गु्रप’ यसले पनि उनलाई कति गाह्रो भयो भत्रे कुरा दर्शाउँछ । पुरुषको यस्तै खाले अहंले महिलालाई सङ्घर्ष गर्न प्रेरित गरेको कुरा पनि उनको पुस्तकले बताएको छ । पुरुष हुनुको घमण्डकै कारण महिलाले प्रगति गर्न सकेको खुलासा पुस्तकले गरेको छ ।
आरोहण र अनुसन्धानको बीचबीचमा उनले आफ्नो प्रेम र व्यक्तिगत जीवनलाई पाठकसामु प्रस्तुत गर्न हिचकिचाएकी छैनन् । रोव गोर्मेसलसँग वैवाहिक जीवनमा बाँधिएकी उनले ४१ वर्षको उमेरमा छोरी जन्माइन् । उनको आरोहणप्रति यति धेरै मोह थियो कि उनले सानी छोरीलाई समेत लिएरै यात्रा गरिन् ।
नेपाल यात्राका एक शेर्पा सहयोगीले मानिसको जीवन सुखी रहन तीन कुरा चाहिन्छ भनेका छन्– गर्नलाई केही काम, बस्नलाई कुनै ठाउँ र माया गर्नलाई कुनै व्यक्ति । मिहिनेत, लगनशील, आत्मविश्वास, साहस र दृढताले उनलाई यी तीनै कुरा प्राप्त गरायो । सफल आरोही, अनुसन्धानकर्ता र आमा बत्रु चानचुने कुरा थिएन तर उनले यसलाई हासिल गरेरै छाडिन् ।
उनले आफ्नो आरोहण यात्राका क्रममा केही सहयात्रीहरू गुमाइन्, अपहेलना र चुनौतीको सामना गरिन् । तर यी सब दुःख पीडाका बाबजूद पनि आफ्नो यात्रा तिरन्तर जारी राखिन् सपना पूरा गरिन् । जीवन जिउँदा बाधा÷अड्चन आउन सक्छ तर जसले दुःखसँग नडराई निराश नभई त्यसको सामना गर्दै अगाडि बढ्छ उसले नै सफलता प्राप्त गर्छ भत्रे प्रेरणा मिल्छ ।
हरेक मानिसले आफूलाई कमजोर नठानी आफ्नो लक्ष्य प्राप्तिका लागि अग्रसर हुनुपर्छ । विशेषगरी महिलाको हकमा त अझ् बढी सक्रिय हुनुपर्छ । ती सबै महिला जो आफ्नो उद्देश्यसम्म पुग्ने बाटो आफैं तय गर्न चाहन्छन् र सफल हुन चाहन्छन् उनीहरूका लागि यो पुस्तक निकै प्रेरणादायी सावित भएको छ ।
No comments:
Post a Comment