Monday, January 23, 2017

२०७२ भाद्र अंक_भित्री शक्तिका कुरा_समीक्षक : तुलसी नेपाल

भित्री शक्तिका कुरा
पुस्तक : रिजिलियन्स                                                 लेखक : आन्द्रे जोली र एन मारिया हेली
प्रकाशक : हेडलाइन पब्लिसिङ ग्रुप, २०१२                         पृष्ठ : ३२३
समीक्षक : तुलसी नेपाल
उथलपुथलको समयमा पनि किन केही व्यक्ति, परिवार, समुदाय, कम्पनी र पद्घतिहरू समालिन, टिकिरहन र प्रभावकारी हुन सक्छन् तर अरू टिक्न सक्तैनन् ? आफ्नो पुस्तक रिजिलियन्समा लेखकद्वय आन्द्रे जोली र एन मारिया हेलीले यो प्रश्नको जवाफ खोजेका छन् । यसअघि जलवायु परिवर्तनको सन्दर्भमा बढी प्रयोग हुने गरेको ‘रिजिलियन्स’ शब्द २०७२ वैशाख १२ को भूकम्पपछि अन्य सन्दर्भमा पनि नेपालमा व्यापक मात्रामा प्रयोग हुन थालेको छ । ‘उत्थानशीलता’ वा ‘पुनःउत्थानशीलता’ जस्ता नेपाली शब्दले रिजिलियन्स अवधारणाको मर्म बुझउँछन् वा बुझउँदैनन् भन्ने छुट्टै चर्चाको विषय हो, तर प्रयोगका हिसाबले यी दुवै शब्द चलेका पाइन्छन् । यस समीक्षामा चाहिँ ‘रिजिलियन्स’ लाई अभिव्यक्त गर्न ‘पुनःउत्थानशीलता’ शब्द प्रयोग गरिएको छ । प्रस्तुत पुस्तक ‘परिचय’ बाहेक नौवटा शीर्षकमा बाँढिएको छ ।

मूल्य अकासिएको मकै
पुनःउत्थानशीलता अर्थात् ‘रिजिलियन्स’ को मर्म बुझउन लेखकद्वयले सन् २००७ जनवरी ३१ मा मेक्सिकोको राजधानीमा भएको टोर्टिला (मकैको एउटा परिकार) दंगालाई लिएका छन् । मकैको मूल्य बढेपछि मेक्सिकनहरूले ठूलो प्रदर्शन गरेका थिए र त्यसले दंगाकै रूप लिएको थियो । टोर्टिला दंगा किन भयो भन्ने प्रश्नको जवाफ खोज्न लेखकद्वयले यसका कारकको पहिचान गर्ने प्रयास गरेका छन् । उत्तर अमेरिकी स्वतन्त्र व्यापार संस्था (नाफ्टा) का कारण मेक्सिकोको रैथाने मकैको बीउ विस्थापित भएको थियो । वास्तवमा केही मेक्सिकन ठालुहरूसँगको ‘नाफ्टा’ को गठबन्धनले नै मकैको मूल्य अकासिएको थियो । मेक्सिको र अमेरिकाको ऊर्जा, कृषि र भूमण्डलीय व्यापार तथा सामाजिक एवं राजनीतिक प्रणालीबीच रहेको अन्तरसम्बन्ध नै दंगाको मुख्य कारण थियो । यसबाहेक टोर्टिला दंगाबारे अन्य विश्लेषणहरू पनि छन् । यस्ता विश्लेषणले भन्छन्— मेक्सिकोको आन्तरिक राजनीति पनि दंगाको कारण हो । यसबाट के स्पष्ट हुन्छ भने वर्तमान विश्वमा विभिन्न अन्तरसम्बन्धहरूले यस्ता खाले घटनाहरू हुने गर्छन् । कतिपय संकट वा विपत्तिहरू एकअर्कासित जोडिएका हुन्छन् । एउटा घटनाले अर्कोलाई पनि चपेटामा पार्दै लैजान्छ र अन्ततः संकटको भुमरी नै सिर्जना हुन सक्छ । यसले प्रणालीको रूप लिन पुग्छ । त्यसैले यस्ता सन्दर्भहरूमा अन्तरसम्बन्धको सवाल र शृंखलालाई समेत हेर्ने र विश्लेषण गर्ने ‘प्रणाली–सिद्धान्त’ को कुरा पुस्तकले औँल्याएको छ । 

विपत् सिर्जित नवीन कोणहरू 
नेपालमा वैशाख १२ को भूकम्पपछि त्यसले पारेको भनिएका असरहरू सामाजिक, राजनीतिक एवं वैज्ञानिक प्रणालीसँग जोडिएका अन्तरसम्बन्धका परिणति पनि हुन् । वि.सं. १९९० पछिको सबैभन्दा ठूलो भूकम्प वि. सं. २०७२ मा गयो । हाम्रो मौजुदा राजनीतिक तथा सामाजिक प्रणालीले ससाना विपत्तिलाई समेत यसअघि सही ढंगले बेहोरेको थिएन । छलफलमा भने विपत्तिको पूर्वतयारी र सामनाबारे धेरै हल्लाखल्ला गरिएको थियो तर साँच्चै नै विपत्ति आइलाग्दा भने त्यस्ता तयारी र प्रणालीहरू प्रभावकारी रूपमा क्रियाशील हुन सकेनन् । बरु उल्टै मुख्य सचिव र सेना प्रमुखबीच कसले अग्रसरता लिने भन्ने खालका विवाद र अन्योलहरू सिर्जना भए । तत्काल गर्न सकिने उद्धारको काम पनि यस्ता अन्योल र विवादका कारण प्रभावित हुन पुगे ।

हाम्रो समाजमा परापूर्व कालदेखि चलिआएका सहयोग र सद्भावयुक्त सामाजिक प्रणाली पनि समयक्रममा फेरिँदै गएका छन् । वाद, व्यक्तिवाद र नवउदारवाद रूपी छालका सामु रहे–बँचेका केही प्रणालीहरूसमेत धरमराइरहेका छन् । तथापि, नेपालको सन्दर्भमा विपत्का बेला परोपकारी भावनाहरू प्रस्फुटन भए । समयको छोटो अन्तरालमै व्यक्तिगत परोपकारी भावनाले सामूहिक रूप लिँदै गयो । पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण एवं परदेशबाट समेत राहतका लागि स्वतःस्पूmर्त सहयोगहरू आउन थाले । यस्तो व्यवहारले गर्दा सर्वोच्च अदालतको प्रतिकूल आदेशका बाबजुद राजनीतिक वृत्तमा समेत संविधानको गाँठो फुकाउने ढोका खुल्न सम्भव भयो । त्यसैले यस प्रकरणले इङ्गित गरेका कुराहरूमा यथेष्ट विचार पु¥याउनु र विश्लेषण गर्नु आवश्यक छ । मेक्सिकोको टोर्टिला दंगा होस् वा नेपालको २०७२ को भूकम्प— दुवैले केही सामाजिक तथा राजनीतिक अन्तरसम्बन्धमा नवीन पाठहरू सिकाएका छन् । 

समय परिवर्तनशील छ तर परिवर्तनको परिणाम सधँै सकारात्मक नै हुन्छ भन्नेचाहिँ हुँदैन । लेखकद्वय भन्छन्— ‘परिवर्तनका ठूलठूला छालहरूलाई नियन्त्रण गर्न नसके पनि छालमा नडुब्ने डुंगाहरू बनाउने कला भने सिक्न सकिन्छ । भताभुंग हुने स्थितिबाट जोगिन विषम परिस्थितिमा समेत क्रियाशील रही सहज अवस्थामा पुग्ने संगठन, संस्था र प्रणालीहरूको निर्माण वा पुनःनिर्माण गर्न सकिन्छ, तर पुनःउत्थानशीलताको अवधारणा नबुझ्ीकन यस्तो रूपान्तरण सम्भव हुँदैन ।’

रूपान्तरणका विषय
पुनःउत्थानशीलतालाई विभिन्न क्षेत्रमा भिन्नभिन्न ढंगले व्याख्या गरिएको वा अथ्र्याइएको पाइन्छ । फलस्वरूप यसको ठ्याक्कै एउटै परिभाषा प्रस्तुत गर्न सहज छैन । पुल वा भवन जस्ता भौतिक संरचना र सन्दर्भमा पुनःउत्थानशीलताको सामान्य अर्थ ‘कुनै धक्का वा गडबडपछि फेरि पहिलेकै अवस्थामा फर्कनु’ भन्ने बुझ्न्छि । हालैको भूकम्पमा सडक, पुल, सञ्चार, शिक्षा, कृषि, पारिवारिक विघटन जस्ता विभिन्न क्षेत्रमा क्षति पुगेको छ । घर भत्केका कतिपय मानिसहरूलाई सुरक्षित छानो र त्रिपालसमेत दिन सकिएको छैन । अरू संरचना बनाउन त झ्न् अझ्ै कति समय लाग्ने हो भन्ने निश्चित छैन । तर, प्रश्नचाहिँ पहिलेको अवस्थामा पुग्ने मात्र हो कि त्योभन्दा पनि राम्रो बनाउने भन्ने हो । भूकम्पपछिको पुनर्निर्माणको सन्दर्भमा यो यक्ष प्रश्नको रूपमा तेर्सिएको छ । भूकम्प वा बाढी–पहिरोपछि कस्ता प्रणालीहरू पुनस्र्थापित हुन सक्छन् भन्ने अर्को प्रश्न हो । मनोविज्ञानमा ‘पुनःउत्थान’ भनेको व्यक्तिको मानसिक आघातलाई प्रभावकारी रूपले सम्बोधन गर्न सक्ने क्षमता हो । व्यवसायका सन्दर्भमा हेर्ने हो भने प्राकृतिक वा मानवनिर्मित विपत्तिपछि पनि व्यवसायलाई निरन्तर कायम राख्नका लागि आवश्यक जानकारी तथा स्रोतको जगेडा भन्ने बुझ्न्छि । पुनःउत्थानको सार अर्थ हो— परिवर्तित अवस्थामा पनि पूर्वावस्थाको निरन्तरताकै स्थिति पुनः प्राप्त गर्दै अगाडि बढ्न सक्नु । 

प्रणालीको भूमिका
पुस्तकले पुनःउत्थानशीलता प्रणाली र मनुष्यबीचको अन्तत्र्रिmयाबारे चर्चा गरेको छ । पर्यावरण र समाज विज्ञानमा ‘आकस्मिक परिवर्तन हुँदा प्रणाली, उद्यम वा व्यक्तिको आधारभूत लक्ष्य र निष्ठा कायम रहन सक्ने क्षमता’ लाई ध्यानमा राखेर लेखकद्वयले विवेचना गरेका छन् । नवीन वैज्ञानिक अनुसन्धानबाट व्यक्तिगत र मनोवैज्ञानिक पुनःउत्थानशीलता धेरै हदसम्म पैmलिएको, सुधार गर्न सकिने र प्रशिक्षण गर्न सकिने विषय हो भन्ने प्रमाणित भइसकेको छ । केही वर्ष अगाडिसम्मको स्थिति यस्तो थिएन । त्यसैले पुनःउत्थानशीलता मनुष्यको विश्वास, मूल्य र मान्यता मात्र होइन, बरु यो त उसको चरित्र, अनुभव र वंशाणुमा समेत रहेको हुन्छ र उसका बानी–व्यहोरामा झ्ल्किन्छ । भूकम्पपछि देखिएको एउटा सामूहिक व्यवहार यस्तै गुणको द्योतक हो । 

बानी–व्यहोरा परिवर्तन गर्न सो अनुरूप व्यवहार गर्नु आवश्यक हुन्छ । व्यक्ति–व्यक्ति क्रमशः सामूहिकतातर्पm जाँदा वा सकारात्मक परिवर्तनतर्पm उन्मुख हुँदा तीबीचको विश्वास र सहयोगको प्रसंग महŒवपूर्ण रूपमा अगाडि आउँछ । अप्ठ्यारो समयमा मानिसको सहकार्य गर्न सक्ने क्षमतालाई पुनःउत्थानशीलतासँग जोड्नुपर्ने हुन्छ । यस खाले चर्चामा ‘विविधता’ एउटा महŒवपूर्ण कडीको रूपमा रहन्छ । विविधताले समूहमा रहेका व्यक्तिको विविध ज्ञान, अनुभव र विचारका साथै लुप्त अवस्थामा रहेको व्यवहार र तत्काल हुने विध्वंसलाई समेत सम्बोधन गर्ने तरिका इङ्गित गर्छ । कुनै संरचनागत संकटको अवस्थामा एक–अर्कालाई सहयोग गरेर मुक्त हुन विविधता निकै सहयोगी पनि छ । 

समूहबाट समुदाय वा संगठनतर्पm उन्मुख हुने क्रममा नेतृत्वको प्रश्न महŒवपूर्ण हुन्छ । नेतृत्व तहमा रहने व्यक्तिले सम्बद्ध सबैलाई संगठित गर्ने, सञ्जाल बनाउने, विचार संश्लेषण गर्ने अनि ज्ञानको प्रणाली र विषयवस्तु एकत्रित गर्ने जिम्मा लिनुपर्छ । यस्तो जिम्मेवारीबाट नेतृत्वले समुदाय वा संगठनलाई पुनस्र्थापित अवस्थामा अनुवाद गर्न सक्ने विशेषता राख्छ । नेतृत्वले विपत्तिको बेलामा औपचारिक र अनौपचारिक कार्यसञ्जालबीच आपसी सहकार्य गराउन सक्छ । लेखकद्वयका अनुसार ‘अनुकूलनीय सञ्चालन प्रणाली’ भनेको यही हो । नेपालको सन्दर्भमा पनि चर्चामा रहेको प्रस्तावित उच्च स्तरीय पुनःर्निर्माण संयन्त्र वा प्राधिकरणलाई प्रणालीगत हिसाबले यस्तै सोचिएको होला । तर ‘यसको नेतृत्व कसले लिने’ भन्ने किचलो हेर्दा शंका उब्जने अवस्था सिर्जना भएको छ, किनभने यो प्रस्तावले विविधता, अनुवादक नेतृत्व, औपचारिक र अनौपचारिक कार्यसञ्जालबीचको सहकार्य जस्ता महŒवपूर्ण पक्षलाई ध्यान नदिई कर्मचारीतन्त्रको प्रणालीको रूपमा मात्र हेर्न खोजिएको छाँट प्रस्टै देखिन्छ ।

उता, लेखकद्वयले पहिले नै पुनःउत्थानशीलताको विषयलाई ‘समग्रता’ मा हेर्नुपर्ने हुन्छ भनेर आफ्नो पुस्तकमा सुझएका छन्् । लेखकहरूको तर्क छ— एकांकी वा एउटा पक्षबाट मात्र गरिएको विवेचना अपूरो हुन्छ । प्रणाली–प्रणालीबीचको अन्तरसम्बन्ध र त्यसले एक–अर्कालाई पार्ने सकारात्मक वा नकारात्मक असरलाई समग्र रूपमा बुझ्एिन भने समाधानका अन्य विकल्पहरू छुट्छन् । प्रणालीगत रूपमा यसरी हेर्दा यो सन्दर्भ निकै जटिल र पेचिलो देखिन्छ । उसो भए ‘केही गर्न सकिँदैन’ भन्दै आशा मारेर बस्ने त ? त्यसोचाहिँ पक्कै पनि होइन । लेखकहरूका अनुसार पुनःउत्थानशीलताको विधिले परिवर्तनका असर कम गर्ने वा निर्मूल पार्ने भिन्नभिन्न एवं परिपूरक प्रयत्नहरूको फेहरिस्ता दिन्छ । यस्तो फेहरिस्तामा रहेका कुराहरू हुन्—
समुदायको सशक्तीकरण; 
नयाँनयाँ विचार र प्रयोगहरूलाई प्रोत्साहन, र
विष्मयकारी एवं विनाशमूलक घटनाबाट रूपान्तरणका लागि तयार रहन आममानिसलाई सहयोग ।

यी सबै उद्देश्य प्राप्तिका लागि दीर्घकालीन र रूपान्तरणकारी कदम जरुरी हुन्छ । हुन त, प्रणालीको विकासको क्रममै पुनःउत्थानशीलता पनि अन्तर्निहित हुन्छ तर यसलाई समयको सान्दर्भिकतासँग जोड्नुपर्ने हुन्छ । उदाहरणका लागि मानव शरीर प्रणालीमा चिनीको मात्रा मिलाएर राख्ने अवयवहरू पर्याप्त हुन्छन् । तर पनि, हाल किन धेरै मानिसहरू मधुमेहबाट ग्रसित छन् ? यसको एउटा जवाफ हो, मानव शरीरका यस्ता प्रणालीहरू शिकारी युगका लागि उपयुक्त थिए, वर्तमान युगका लागि छैनन् । त्यसो भए समाधानको बाटो विवाद बढाउने हो कि व्यवहार परिवर्तन गर्ने ?

हामीलाई रुचिकर लाग्ने प्रणाली मात्र पुनःउत्थानशीलताको चरित्र भएका हुन्छन् भन्ने होइन । हामीले नरुचाउने प्रणाली पनि पुनःउत्थानशील हुन्छन् । उदाहरणका लागि जीवाणुहरूले आफ्नो जीवनदायिनी तŒव (मेटाबोलिज्म) लाई आवश्यकता अनुसार घटाउँदै वा बढाउँदै आपूmलाई दीर्घकालसम्म बचाइराख्छन् । आतंकवादी समूहरू पनि यस्तै हुन्छन् । यी दुवैले उपयुक्त समय पाएको ठहराएपछि आक्रमण गर्छन् । यस्तो अवस्थालाई लेखकद्वय ‘महसुस, मात्रा र एकत्रीकरण’ (सेन्स, स्केल एन्ड स्वार्म) कार्यनीति भन्छन् । त्यस्ता प्रणाली कसरी दीर्घजीवी बन्छन् र तिनले आफ्नो काम कसरी उपलब्धिमूलक ढंगले अगाडि बढाएका हुन्छन् भन्ने बुझ्ेर समाज कल्याणका लागि उत्पादन बढाउने उपयुक्त रणनीतिहरू बनाउन सकिन्छ ।

लेखकद्वय भन्छन्— कुनै पनि प्रणालीको आयु तथा पुनःउत्थानशीलताको शुरू र अन्त्य अनि विकल्पको छनोट र प्रतिबद्धता, परिवर्तनका लागि उनीहरूको व्यक्तिगत र सामूहिक प्रतिक्रिया तथा कार्यक्षमतामा भर पर्छ ।

व्यक्तिगत पुनःउत्थानशीलता, विध्वंशपश्चात् सामूहिक सहकार्य, समूहको ज्ञान, विविधताको अभिवृद्धि र समुदायको पुनःउत्थानशीलता कसरी बढाउने भन्ने कुरालाई उदाहरणसहित उपलब्धिका उपायबारे पुस्तकमा विवेचना गरिएको छ । यसका साथै पुस्तकमा यस्ता विषयले समग्र समाजको सन्दर्भमा के अर्थ राख्छन् भन्ने कुराको व्याख्या पनि प्रस्तुत छ ।

पुस्तकको निचोड हो, पुनःउत्थानशीलतातर्पmको यात्रा नैतिक खोजको यात्रा हो । यो चस्माले हामीलाई एक–अर्काबीचका सम्बन्ध, हामी र हाम्रा समुदाय, संस्थाहरू अनि मानव र पृथ्वीबीचका सम्बन्धहरूलाई आवश्यकता अनुसार खोज्न र समायोजन गर्न सहयोग गर्छ । हामीले के सम्झ्नु जरुरी छ भने पुनःउत्थानशीलताको कुनै गन्तव्य हुँदैन । यो समग्रतातर्पm सधैँ उन्मुख रहने दीर्घकालीन विचार हो । प्रयत्नहरू असफल हुन सक्छन् र सफल प्रयत्नहरू पनि क्रमशः क्षीण हुँदै जान सक्छन् । प्रणालीमा नयाँनयाँ शक्तिहरू भित्रिँदै गएका हुन्छन् । त्यस्ता शक्तिहरूले प्रणालीलाई कमजोर पार्दै वा बलियो बनाउँदै लैजान सक्छन् । त्यसैले पुनःउत्थानशीलतामा निरन्तर अनुगमन, पुनर्ताजगी र पुनप्र्रतिबद्धताको प्रयत्न आवश्यक भइरहन्छ । यस्ता प्रयत्नले सोचे अनुरूपकै परिणाम दिन्छन् भन्न सकिँदैन । व्यवहारमा वा रणनीतिमा अनिश्चितता अन्तर्निहित हुन्छ । तर, हामीसँग अर्को दिन र अर्को अवसर उपलब्ध भइरहन्छ । त्यसैले लेखकद्वय भन्छन्— पुनःउत्थानशीलताको हिसाबले हरेक दिन एउटा मौका हो । हरेक दिन पहिलो हो ।

(समीक्षक नेपाल झेलुंगे पुल कार्यक्रममा टोली प्रमुखको रूपमा संलग्न छन् । ग्रामीण पूर्वाधारका विषयमा विशेष चासो राख्छन् ।)

No comments:

Post a Comment