विदेशी सहयोग : कोठाको हात्ती
पुस्तक : द माउन्टेन व्वाय एन्ड द फरेन एड सर्कस
लेखक : क्लाउड वविलियर प्रकाशक : वज्र बुक्स, २०१५
पृष्ठ : ४७ मूल्य : ३६.५० डलर
समीक्षक : मधुकरशमशेर जङ्गबहादुर राणा
क्लाउड वविलियरको पुस्तक द माउन्टेन व्वाय एन्ड द फरेन एड सर्कस पढेपछि मभित्र प्रश्न पैदा भयो, किन यस्तो शीर्षक राखियो ? पुस्तकको पछिल्लो गाता हेरेपछि पढ्ने र समीक्षा गर्ने प्रेरणा मिल्यो । विगत ६० वर्षदेखि नेपालले विकासमा विदेशी सहयोग प्राप्त गर्दै आएको छ । तर उपलब्धि के भयो त ? विदेशी सहयोगले हाम्रो भौगोलिक, सामाजिक र स्थानीय परिस्थितिसित नमिलेको ढाँचा लादिएको भान भयो, मलाई । औद्योगिक मुलुकका राजधानीमा तिनकै चासो परिपूर्ति गर्न ती ढाँचा प्रस्ताव गरिएका हुन् भन्ने तर्क बलशाली देखिन्छ ।
सन् १९९० पछिको कालखण्ड
सन् १९९० देखि नेपाललगायत अन्यत्र थोपरिएको एउटा एजेण्डा हो– उदारीकरण, निजीकरण र संरचनागत समायोजन कार्यक्रम । निजीकरणले नेपालमा राजनीतिक भ्रष्टाचारलाई प्रश्रय दियो । राज्यका जायजेथा बेचिए जसले सन् १९९७ मा शुरू भएको माओवादी हिंसालाई थप बल पु¥यायो । राष्ट्रिय ‘थिङ्क ट्याङ्क’ हरू चिन्तन होइन ठेक्कामा अनुसन्धान गर्ने समूह बने । नेपालको सिर्जनात्मक क्षमतामा निरन्तर ह्रास हुँदै गयो । प्रशासन संयन्त्र विदेशी सहयोगमा पूरै आश्रित बन्न पुग्यो । विदेशी परामर्शदाताले तयार पारेका र माथिबाट थोपरिएका योजना एवं कार्यक्रमले सेवाग्राहीलाई एउटा वस्तुको रूपमा लिए, सोच्ने र विचार गर्न सक्ने व्यक्तिका रूपमा होइन । विदेशी सहयोग असफल हुनुको एउटा कारण यो पनि थियो । विकासोन्मुख मुलुकका प्रशासनतन्त्रका असन्तुलनबारे विचार पुगेन । योजना तर्जुमा एउटा समूहले एक समयमा गर्छ भने त्यसको कार्यान्वयन अर्को समयमा नबुझने कर्मचारीले गर्छन्; जसलाई योजना तर्जुमा प्रक्रियाबारे जानकारी नै हुन्न । केही समयपछि ऊ अन्यत्रै सरुवा हुन्छ । नयाँ मान्छे आउने क्रम चल्छ । झ्न्डै ३० लाख डलर खर्च गरेर नेपाल विद्युत् प्राधिकरणका लागि तयार गरिएको वित्तीय नियमावली एउटा उदाहरण हो । यो अध्ययन रद्दीको टोकरीमा फालिएको थियो ।
विदेशी सहयोग : असफलता
नेपालमा विदेशी सहयोगको इतिहासमा यस्ता थुप्रै उदाहरण भेटिन्छन् । क्लाउड वविलियरको पुस्तकले विदेशी सहयोगका यस्तै कथा समेटेको छ । वविलियर स्वीट्जरल्यान्डको पहाडमा जन्मिएका थिए तर उनले त्यस ठाउँलाई आफ्नो मान्न सकेनन् । उनी न्यूजिल्यान्ड बसाइँ सरे अनि जीवनको लडाइँ लड्दै, लण्डनबाट विद्यावारिधि गरेपछि शिक्षा क्षेत्रमा काम गर्न शुरू गरे । उनको कार्यथलो एशिया र अफ्रिकाका ३० वटा मुलुक थिए । उनी भन्छन्, “मेरो काम थियो त्यहाँका भ्रष्ट र अक्षम सरकार अनि विदेशी सहयोगमा निर्भर दम्भी ब्युरोक्य्रासीलाई सल्लाह दिनु ।” उनलाई विदेशी सहयोगमा हुने भ्रष्टाचार र असफलताको प्रत्यक्ष अनुभव गर्ने मौका मिल्यो । उनी भन्छन्, “३० वर्ष र २७ वटा मुलुकको अनुभवले एउटा प्रष्ट मानचित्र दिएको छ ।” लेखक नोर्डिक मुलुकको सहयोगमा बङ्गलादेशमा शिक्षाका लागि कार्यान्वयन गर्दै गरिएको एउटा योजनाको उदाहरण दिन्छन् । त्यो सहयोगको ६ करोड डलर व्यक्तिगत प्रयोजनमा पनि लगिएको छ भन्ने प्रतिवेदन त्यही मुलुकका विशेषज्ञले दिएका थिए, तर खासै वास्ता भएन । अर्को उदाहरण हो, क्याम्बोडियाको जहाँ विदेशी योजना निर्देशकले अक्षम परामर्शदातालाई काम दिएको थियो, उसको तलबको केही भाग आपूmले पाउने शर्तमा ।
दशकौंको सहयोगपश्चात् पनि केही नभएको नेपाललाई उनले असफल राज्य भनेका छन् । लेखकका अनुसार यो असफलता राजनीतिक इच्छा शक्तिको कमी, दूरदृष्टिको अभाव र अक्षमताको परिणाम हो । आपूmले रोजेका योजनामा मात्रै लगानी गर्दा दाताहरू दङ्ग हुने क्रम प्रशस्त छ । वविलियरले नेपाललगायत धेरै देशमा मन्त्री र राजनीतिक नेताहरूले प्रत्यक्ष चलाएका गैरसरकारी संस्था पनि देखे । त्यसै भएर उनी भन्छन्, “राजनीतिक नेतृत्वले गैरसरकारी संस्था चलाउने प्रसङ्ग विकासोन्मुख मुलुकमा जहाँ पनि प्रशस्त पाइन्छ ।”
१४७ पृष्ठको पुस्तकको प्राक्कथनमा गे्रटा राणाले लेखेकी छन्, “यो पुस्तकले विदेशी सहयोगका संस्थालाई स्पष्ट र ठाडो आक्रमण गरेको छ । केही वर्षअघि छापिएको ग्राहम हानककको पुस्तक लर्ड अफ पभर्टी ले हामीलाई विदेशी सहयोगबारे सोच्न बाध्य पारेको थियो”, उनी भन्छिन्, “तर हानककको पुस्तकमा भावना थिएन । वविलियरको पुस्तक भावनाले भरिएको छ ।”
सहयात्रा
पुस्तक लेखकको आत्मकथा पनि हो जसमा उनको बाल्यकाल समेटिएको छ । दोस्रो विश्वयुद्धताका स्वीट्जरल्याण्डको स्थिति अविकसित मुलुकभन्दा फरक थिएन । आफ्नो गाउँका अप्ठेराबारे क्लाउड पुस्तकमा उल्लेख गर्छन् र त्यहाँको शिक्षा प्रणालीका कमी–कमजोरी पनि । शिक्षा प्रणालीलाई परिवर्तन गर्ने प्रबल इच्छाले उनी शिक्षा क्षेत्रमा लागे, शिक्षा समाजशास्त्रमा विद्यावारिधि गरे । अफ्रिकामा उनले सँगालेको अनुभव मननीय छ । त्यहाँको अनुभव समेट्दै उनी भन्छन्, “महिलाको मुक्तिविना कुनै पनि मुलुकले गरीबी निवारण, राजनीतिक स्थिरता तथा सामाजिक र आर्थिक रूपान्तरण गर्न सक्दैन । वविलियरका अनुसार अफ्रिकी समाज एकदमै पितृसत्तात्मक छ र महिला सशक्तिकरणका योजना स्वीकृत हुनै दिंदैन ।
लेखकको सुझव छ– ‘विदेशी सहयोग’ को नाम परिवर्तन गरेर त्यसलाई ‘आपसी सहयोग’ भन्नुपर्छ । यसले नयाँ साझ्ेदारीको मान्यता प्रतिबिम्बित गर्न सक्छ । उनी विदेशी सहयोग सरकारलाई दिनुको सट्टा स्थानीय समुदायलाई प्रत्यक्ष दिनुपर्छ भन्ने तर्क गर्छन् । यो समीक्षक प्रस्ताव गर्छ, सहयोगको रकम प्रत्यक्ष सेवाग्राहीको ब्यांक खातामा जम्मा गर्नुपर्छ । त्यसपछि मात्र विकास मागअनुसार चल्न सक्नेछ न कि सहयोग उपलब्धताको हिसाबले । यो बाटोले सहयोगकर्ताहरूबीच सेवाग्राहीको छनोटलाई आदर गर्दै एउटा प्रतिस्पर्धाको माहोल पनि बनाउन सक्छ । आफ्ना केटाकेटीलाई कुन स्कूलमा पढाउने वा कुन अस्पतालमा पठाउने जिम्मा सेवाग्राही घरपरिवारको हो, सहयोग उपलब्ध गराउनेको होइन ।
हिजोआज ब्यांङ्किङ सेवाको चरित्र नयाँ खालको र व्यापक भएपछि यस्तो बाटो सम्भव देखिन्छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक नागरिकले ब्यांक खाता खोल्नुपर्ने अभियान चलाउँदै छन् । लेखक आफू जन्मेको मुलुक स्वीट्जरल्याण्डको विकासबाट प्रभावित भए पनि उनको छनोट आफ्नो दोस्रो घर न्यूजिल्यान्ड हो । उनी भन्छन्, “न्यूजिल्यान्डको ‘निष्पक्षता’ र ‘सबै बराबर छन्’ भन्ने सिद्धान्त अन्य मुलुकले पनि आत्मसात् गर्नुपर्छ ।” वविलियर भन्छन्, “स्वीट्जरल्याण्डले आफ्नो मुलुकले लिने ब्यांकिङ क्षेत्र र त्यहाँ रहेका नेस्ले र अन्य रासायनिक कम्पनीहरूका गरीब विरोधी नीति परिवर्तन गर्नुपर्छ । स्वीसहरू विदेशीसित सामान्य रूपले सशङ्कित छन्, यद्यपि त्यहाँ दुई वर्ष अध्ययनरत रहँदा समीक्षकलाई स्थानीय परिवारहरूले जहिले पनि स्वागत गर्ने गर्थे ।
विकेन्द्रीकरणको महŒव
लेखकका अनुसार स्वीट्जरल्याण्डबाट नेपालले लिनुपर्ने महŒवपूर्ण पाठ विकेन्द्रीकरणको हो । विकेन्द्रित स्थानीय सरकार सहभागितामूलक विकास स्थापित गर्न अत्यावश्यक हुन्छ । न्यूजिल्यान्डले पनि विकेन्द्रीकरणको पाठ दिन्छ अर्को तरीकाबाट । त्यहाँ एकात्मक व्यवस्था भए पनि बजार व्यवस्था विकेन्द्रीकरण र परिवर्तनको माध्यम बनेको छ । वविलियर स्वीस ढाँचाभन्दा न्यूजिल्यान्डको ढाँचाप्रति बढी लगाव राख्छन् । तर दुवै रामराज्य होइनन्, छैनन् । उन्नतितर्फ लाग्दा हामीले आफ्नो समाजमा एकात्मता, निष्पक्षता, आत्मीयता र विमति स्वीकार्ने चरित्र विकास गर्नु जरूरी हुन्छ ।
क्लाउडका अनुसार सबै विदेशी सहयोग असफल भएका छैनन् । महिला समूह, समर्पित गैरसरकारी संगठन, एसोसिएसन र उपभोक्ता समूहसित वास्तविक सहकार्यमा गरिएका प्रयासले सेवाग्राहीलाई स्वावलम्बी बनाएका थुप्रै उदाहरण छन् । दक्षिण भारतको ऋषि भ्याली शिक्षण केन्द्र एउटा सफल उदाहरण हो । यसले विश्वलाई के देखाएको छ भने सिक्ने (ज्ञान आर्जन गर्ने) प्रयास रूपान्तरणकारी र चित्तबुझदो मात्रै होइन, खुशी दिने र गरीबी निवारणको प्रभावकारी विधि पनि बन्न सक्छ । लेखकले अफ्रिकी मुलुक सेनेगल र बुर्किना फासोका महिला एसोसिएसनहरूलाई पनि शिक्षा प्रदान गर्न सफल पंक्तिमा राखेका छन् । उनी भन्छन्, “त्यहाँका महिलाहरूको विकासमा भूमिका खेल्न अब कसैले रोक्न सक्दैन । नेपालका आमा समूह र उपभोक्ता समूहका यात्रा पनि यस्तै उदाहरण हुन् ।” ७
(अर्थशास्त्रका ज्ञाता राणाको यो समीक्षा पहिलो पटक द काठमाडौं पोस्ट (२०१६, अप्रिल १६) मा प्रकाशित भएको हो । अङ्ग्रेजीबाट अनुवादः युवराज सत्याल ।
No comments:
Post a Comment