जीवनको यात्रा
सरल अंग्रेजीमा अनूदित, संसारको सबभन्दा लोकप्रिय उपन्यास
दि अल्केमिस्ट
लेखक : पाउलो कोहेलो
समीक्षक : लिना बज्राचार्य
ब्राजिलियन लेखक पाउलो कोहेलोको द अल्केमिस्ट (१९८८) सर्वाधिक बिक्रीको इतिहास बनाएको साहित्यिक पुस्तक हो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीको स्रोत दिंदै विकिपीडियाले लेखे अनुसार यो पुस्तक अहिलेसम्म ५६ अन्तर्राष्ट्रिय भाषाहरूमा गरी ६ करोड ५० लाख प्रति छापिइसकेको छ । ४२ भाषामा अनुवाद हुँदै गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको यस पुस्तकको त्यो ठाउँ अरू कुनै किताबले लिन सकेका छैनन् ।
कथासार
“जब तिमी केही चीज सच्चा मनबाट चाहन्छौ, सबै संसार तिमीलाई त्यो चीज दिलाउन लागिपर्नेछ” भत्रे प्रचलित पंक्ति नै यस उपन्यासको सार हो । यसले कुनै पनि नयाँ काम गर्नका लागि सबैलाई उत्प्रेरणा प्रदान गर्छ । पाठकको ऊर्जा बढाउने प्रसङ्ग र कथनहरूका कारण यो पुस्तक केही गरेर आफूलाई उभ्याउने चाहना भएका व्यक्तिहरूका लागि प्रेरणाको स्रोत भएको छ । पाठकका मनमा सकारात्मकता बढाउनु नै यस किताबलाई सफलताको शिखरमा पु¥याउने रहस्य हो भत्र सकिन्छ ।
द अल्केमिस्ट जादूगरी कथामा आधारित एउटा उपन्यास हो । यसले सपना देख्ने र त्यसलाई साकार पार्ने आँट गर्ने मान्छेलाई प्रतिनिधित्व गर्छ । आफ्नो सपना साकार गराउनु छ भने पाइला चालिहाल्नुपर्छ, चमत्कार होला भनेर कुरेर बस्नु मूर्खता हो भत्रे यसको एउटा सार हो ।
कथाको प्रमुख पात्र सान्टियागो स्पेनको भेडा गोठालो त हो नै, आफ्नो सपना पछ्याएर बाँच्न चाहने संसारभरका युवाको प्रतिनिधि पनि हो । ऊ आफ्नो सपनालाई पछ्याउँदै जीवनको यात्रामा अगाडि बढ्छ र आफ्नो इच्छानुसार जीवनयात्रालाई मोड्दै जान्छ ।
सान्टियागो बारम्बार एउटा सपना देख्छ । सपनामा ऊ पिरामिड र त्यहाँ रहेको अनमोल धन देख्छ तर त्यस सपनाको अर्थ भने बुझदैन । त्यसैले आफ्नो कल्पना मात्रका भरमा ऊ सपनामा देखिएको धन हासिल गर्ने बाटो खोज्न थाल्छ । यात्राको क्रममा भेटेका एउटा राजाबाट उसले गन्तव्यका बारेमा जानकारी पाउँछ र ऊ त्यसै अनुसार अघि बढ्छ । उसले भेडाहरूबाट केही सिक्यो, जीवनको रहस्यका बारे पत्थरबाट पनि ज्ञान पाइन्छ भत्रे बुझयो । उसले विशाल मरुभूमिबाट प्रेम, जीवन, गन्तव्य, धैर्य, प्रयोग, साहस, जीवनको उत्साह र अन्य जीवनका सत्यहरूका बारेमा शिक्षा लिन्छ र आफ्नो लक्ष्यमा पुग्ने आधार तय गर्छ । सान्टियागो आफ्नो सच्चा प्रेमको पहिचान गर्छ र योग्य साथी कसरी चित्रे भत्रे कुरा पाठका रूपमा सिक्छ ।
सान्टियागोलाई सधैं दोहोरिने सपनाले हरेक दिन सताउँथ्यो । एक रात उसले अघिल्लो साता देखेको सपना पुनः देख्यो । सपनामा एउटा बच्चाले उसलाई लुकाइएको धन इजिप्टको पिरामिडमा छ भनेको थियो । सपनालाई केही रहस्यमय वस्तुहरूले घेरिएको महसूस भयो । रहस्य खोल्ने विचारले एउटा जिप्सी महिलालाई उसले सपनाको अर्थ सोध्यो । महिलाले सान्टियागोलाई इजिप्ट जाने सल्लाह दिइन् । आफूले प्रायः देखिरहने सपनालाई उसले विशेष महŒव दियो र एकजना जादूगर महिलालाई आफ्नो सपनाको बारेमा सोध्यो । महिलाले उसलाई भनिन्, “तिमी त यहाँ आफ्नो सपनाको बारेमा जात्र आएका हौ । सपना भनेको ईश्वरीय आभास हो । यदि ईश्वरीय शक्तिलाई विश्वास गर्ने हो भने मात्र तिमी त्यो आभासलाई महसूस गर्न सक्छौ र सपनाको बारेमा आफू मात्र सुत्र सक्छौ ।”
हरेक मान्छे युवावस्थामा पुगेपछि आफ्नो लक्ष्य कोर्न शुरू गर्छ र त्यसलाई हासिल गर्नका लागि मरिमेटेर लागिपर्छ भत्रे सन्देश छोड्न सफल छ, यो पुस्तक । लेखकको तर्क अनुसार मानिसको जीवनमा कुनै न कुनै लक्ष्य रहेको हुन्छ जुन प्राप्तिका लागि ऊ जीवनको यात्रामा निरन्तर अघि बढ्छ । चाहे उसको सपना पूरा हुने होस् वा नहुने जुनसुकै लक्ष्य भए पनि यात्रा रोक्दैन ।
सान्टियागो यात्राकै क्रममा रहेका बेला ऊसँग भएको सबै सामान लुटिन्छ र ऊ काम खोज्दै एउटा हीरा व्यापारीकहाँ पुग्छ । दयालु हीरा व्यापारीले सान्टियागोलाई धेरै सल्लाह दिन्छ । सान्टियागोले पनि हीरा व्यापारीलाई व्यापारमा खतरा मोल्नका लागि प्रेरणा दिन्छ । त्यो खतरा लिएर गरिएको काम सफल हुन्छ र सान्टियागो एक वर्षमा धनी बन्छ । धन कमाइसकेपछि सान्टियागोले आफ्नो इजिप्टको पिरामिडमा लुकेको धन खोज्ने सपना पूरा गर्ने सोच राख्छ । त्यसपछि सहारा मरुभूमि पार गर्दै गरेको लस्करमा मिसिन्छ, जहाँ उसले रसायन विद्या अध्ययन गरिरहेको एउटा अङ्ग्रेजलाई भेट्छ । सान्टियागोले रसायन विद्याको रहस्य एउटा इमेरल्ड पत्थरमा लेखिएको हुन्छ भत्रे थाहा पायो । त्यो रसायनले पित्तललाई पनि सुनमा परिणत गर्छ र सबै रोगलाई निको पार्छ । सान्टियागोले त्यो अङ्ग्रेज पनि त्यही लस्करसँग सहारा मरुभूमि जान लागेको थाहा पायो । त्यहाँ दुई सय वर्ष पुरानो रसायनविद् बसेको थियो । यात्राकै क्रममा सान्टियागो फातिमा भत्रे केटीको प्रेममा पर्छ । फातिमाले सान्टियागोलाई आफ्नो मनले भने अनुसार गर्ने र मनकै पछि लाग्न सल्लाह दिई ।
अल्केमिस्ट वा रसायन विद्या जात्रे व्यक्तिले सान्टियागोलाई लुकेको धनतर्फ जाने बाटो बतायो । सान्टियागो कुनै अघोषित गन्तव्यतर्फ लम्कन्छ । लक्ष्य प्राप्तिका आशामा निरन्तर, निःसन्देह अघि बढ्छ र अल्केमिस्टले उसलाई आफ्नो गन्तव्य चित्र सघाउँछ । विस्तारै सान्टियागोले क्रमशः विश्वमा निहित मानवीय आकांक्षा, पवनको भाषा, सूर्य, बादल, बालुवा र सम्पूर्ण विश्वलाई नै बुझछ ।
अन्त्यमा यति धेरै सङ्घर्ष, अध्ययन र जीवन यात्रा प्रसङ्गले यो पात्रले जीवन ज्ञान पायो । आफ्नो यात्रामा अकस्मात् देखापरेका विभित्र परिस्थिति, मानवीय संवेदना र वस्तुगत चीज आदिले उसलाई आफ्नो गन्तव्यमा पु¥यायो । आफ्नै जन्मभूमिमा नै धन रहेको थाहा पायो र धन त्यहाँ हुन्छ जहाँ हाम्रो मन हुन्छ । त्यसैले धन हाम्रो जीवनको यात्रा हो र यात्रामा गरिएका आविष्कारहरू नै सच्चा मानवीय धन हुन् भत्रे कुरा सान्टियागो एउटा भेडा गोठालोको माध्यमबाट मानिसलाई सन्देश दिन सफल छ, पुस्तक ।
निचोड
कोहेलोले सरल रूपमा जीवनका सूक्ष्म भागहरूको संयोजन गरेर सान्टियागोलाई एउटा प्रतिनिधि पात्रका रूपमा स्थापित गरेका छन् । सान्टियागो अनगिन्ती मानव पात्रका प्रतिनिधि हुन् । हरेक मानिसलाई आफ्नो जीवनमा दिशानिर्देशको पर्खाइ हुन्छ । उसको गन्तव्य पहिल्याउन र आफूसँग रहेका निहित सपनातर्फ अघि बढ्न मद्दत त्यस पर्खाइले पूरा गरोस् । अल्केमिस्ट एउटा यस्तो कृति हो जसले प्रत्येक मानिसको सपनालाई पछ्याएर सफलता हात पार्न आत्मविश्वास बढाउँछ । हरेक मानिसले सपनालाई पछ्याएर हिंड्न नसके जीवन केवल खालीपनको भण्डार, व्यथाको जग अनि असन्तुष्टिमा पिल्सिन्छ । जीवनको सबभन्दा ठूलो अड्चन नै असफलता देखिको डर हो । हरेक मान्छे आफ्नो जीवनमा सफलता पाउन त चाहन्छ तर त्यो हासिल गर्नका लागि तय गर्नुपर्ने यात्रामा आउन सक्ने हार, आफ्नो प्यारो चीजलाई गुमाउनुपर्ने डर आदिका कारण सत्यदेखि पर भाग्छ अनि जीवनलाई दुःख र पश्चात्तापको भुमरीमा जाक्छ ।
जो आफ्नो सपनाको बारेमा सचेत हुँदैनन्, त्यस्ता मानिसहरू जीवनमा अगाडि बढ्दैनन् । जतिसुकै भौतिक सम्पत्ति आर्जन गरे तापनि आत्मसन्तुष्टि प्राप्त गर्न पनि सक्दैन । यस कुराको उदाहरणका रूपमा पुस्तकले पत्थर व्यापारीलाई लिएको छ । व्यापारीले मक्का जाने सपना त देखेको हुन्छ तर पथप्रदर्शकको अभावले आफ्नो सपनालाई अगाडि बढाउन सक्दैन । सपनातिर पाइला अघि जाँदैन र समयसँगै उसको सपना धमिलिन्छ । कोहेलोले यस उपन्यास मार्फत यो अवगत गराएका छन् कि हामी सबै आ–आफ्नो जीवनका अभिनेता वा पात्र हौं । हामीले आफ्नो नियतिलाई सरल रूपमा चित्र सके मात्र चाहेको गन्तव्यमा सहजै पुगिन्छ । “मान्छेले केही चीजलाई भित्री आत्मादेखि चाहेको हुन्छ, तब पूरा विश्व नै त्यो चीजलाई उसको बनाइदिन लागिपर्छ” भत्रे नै यस किताबको चुरो हो ।
कथाको अन्त्यमा मात्र सान्टियागोले धन र भौतिक सुख त्यहाँ हुन्छ जहाँ मन हुन्छ भनेर बुझछ । त्यसपछि जीवनको सच्चा धन भनेको नै यात्रा हो । यो यात्राको बीचमा गरिने नयाँ अन्वेषण र प्राप्त हुने ज्ञान नै प्रत्येक मान्छेले जीवनमा हासिल गर्ने मूल धन हो । मानिसमा परिवर्तनसँग सामना गर्ने सामथ्र्य हुनुपर्छ भन्छ, पुस्तक । यसरी पुस्तकले मानवीय जीवनलाई लक्ष्य र यात्रासँग तुलना गर्दै पुस्तकभरि मानव जीवनलाई सुमार्गको पहिचान गर्न सुझव दिन्छ । सङ्घर्षमय जीवनको नालीबेली दिंदै पुस्तकले भौतिक सुख–सुविधाले मान्छे परिपक्व हुँदैन भत्रे दिशाबोध पनि गर्छ । जीवनको पर्याय नै सङ्घर्ष भत्रे मूलमन्त्र पुस्तकले छुटाएको छैन ।
No comments:
Post a Comment